स्थापितलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

स्थापितलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

स्थापितलाई मैले ल्याएको हो, हटाएको हैन : हिसिला

१२ माघ काठमाडौं । प्रधानमन्त्री पत्नी हिसिला यमी र काठमाडौं उपत्यका विकास प्राधीकरणमा सर्वोच्च अदालतको अन्तरिम आदेशद्वारा आजै पुनःस्थापित आयुक्त केशव स्थापितवीच यतिबेला सम्बन्ध चिसिएको छ । विगतमा राम्रो रहेको उहाँहरुको सम्बन्धमात्रै चिसिएको छैन, स्थापितले प्राधीकरणबाट विस्थापित हुनासाथ हिसिला र उनकी सहयोगीले आफूसँग पैसाको बार्गेनिङ गरेको सार्वजनिक आरोप नै लगाइसक्नुभएको छ ।

प्राधिकरणको आयुक्तमा नियुक्त भएको ९ महिनामै सरकारले हटाएपछि स्थापित हिसिला यमीसँग रिसाउनुभएको हो । यद्यपि सर्वोच्चले स्थापितलाई तत्काल नहटाउन शुक्रबार अन्तरिम आदेश दिएको छ । सरकारले स्थापितलाई हटाएर गत माघ ४ गते योगेश्वरकृष्ण पराजुलीलाई प्राधीकरणको आयुक्त बनाएको थियो ।

प्राधीकरणबाट हटाइएपछि पुर्नबहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका स्थापितको गुनासो छ, ‘प्रधानमन्त्रीसित त मेरो राम्रो थियो, उहाँले कुनै काममा दबाब दिनुभएन तर, उहाँका आसेपासे र नजिकका मान्छेले पनि हैरान गरे ।’ हिसिलातर्फ संकेत गर्दै स्थापित भन्नुन्छ- ‘कहिले यसलाई त कहिले उसलाई नियुक्ति गर् भनेर बारम्बार दबाब दिएर हैरान गर्नुभयो ।’

आफूलाई बिनाकारण सरकारले हटाएको भन्दै स्थापित असन्तुष्ट हुनुहुन्छ । ‘प्रधानमन्त्रीज्यूले निकै कर गरेर मात्रै जिम्मेवारी लिएको हुँ, मलाई अहिले स्पष्टीकरण दिने मौका समेत दिइएन ।’ राजधानीको विकास निर्माणका लागि आफूले दर्जनौं योजना बनाए पनि मन्त्रिपरिषद्ले स्वीकृत नगरेको उहाँले गुनासो गर्नुभयो । ‘मैले कति योजना बनाएँ, पठाएँ, वास्तै गरिएन’ स्थापितले भन्नुभयो-’किन भएन भनेर बल्ल म अब खोज्दैछु ।’

काम नगरी श्रीमतीसँग फिनल्याण्ड घुमेको आरोप

एमाओवादी नेतृसमेत रहनुभएकी प्रमपत्नी हिसिला यमीले स्थापितसँग पैसा मागेको भन्ने आरोपलाई ‘पूर्ण झुठ’ बताउनुभयो । ‘स्थापितलाई प्राधीकरणमा ल्याउनमा चाँहि मेरो भूमिका थियो, तर कसरी र के कारणले हटे, थाहा छैन । मैले लगाएको गुन उनले यसैगरी तिर्दैछन्, यसका लागि म उनलाई धन्यवाद दिन चाहन्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै यमीले भन्नुभयो-’मेरो विचारमा कुरामात्रै ठूलो गर्ने तर, केही पनि काम नगरेका कारण उनलाई सरकारले हटाएको हुनसक्छ ।’

स्थापितले प्राधीकरणमा कुनै योजना नल्याएको र गफमात्रै गरेको भन्दै यमीले अनलाइनखबरसँग भन्नुभयो- ‘उनी प्राधीकरणमा गएका बेला श्रीमती लिएर फिनल्याण्ड डुल्न गए, तर, कामचाँहि एउटै गरेनन् । फिनल्याण्ड अरुलाई नै लाने कुरा थियो, तर श्रीमतीलाई पो लिएर गएछन् ।’

काठमाडौंका पूर्व मेयरसमेत रहनुभएका स्थापितले आफ्नो छोरो फिनल्याण्डमा पढिरहेको शुक्रबार एक दैनिकलाई दिएको अन्तरवार्तामा खुलासा गर्नुभएको छ । तर, छोरो भेट्ने निहुँमा श्रीमान-श्रीमती नै फिनल्याण्ड गए पनि राज्यकोषकै पैसाबाट स्थापित दम्पत्तिले सो भ्रमण गरेको स्रोतको आरोप छ ।

सर्वोच्चले भन्योः निर्णय कार्यान्वयन नगर्नु

न्यायाधीश गिरिशचन्द्र लालको एकल इजालशले स्थापितलार्इ हटाउने निर्णय माघ २२ गतेसम्मका कार्यन्वयन नगर्न नगारउन आदेश दिएको छ ।

आदेशमा दुवै पक्षलाई छलफलका लागि २२ माघमा बोलाइएको छ भने विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । आफूलाई कानून विपरित उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तबाट हटाइएको भन्दै स्थापितले ८ माघमा सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । ४ माघमा बसेको मन्त्रिपरिषदको बैठकले स्थापितलाई हटाई उनको ठाउँमा योगेश्वरकृष्ण पराजुलीलाई नियुक्त गरेको थियो ।

24 Comments on “स्थापितलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश”
  • kamal wrote on 25 January, 2013, 8:47

    k gare pani baburamkai beijjat.Commision nadiyera ta hola ni nikaleko Stapit lai hoina. Phone garera paisa commision chahiyo bhanne ani tyo kura midia ma ayo bhanera bidesh ghumeko arop lagaune kasto hai hamri Netri Yami. Ris uthera auchha yo rachesni aimai dekhi

    Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    lucky Reply:

    काम नगर्ने अनि ठुल्ठुल्ला कुरा मात्रै गरेर कहाँ हुन्छ ट बिकास,

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 18 Thumb down 49

    [जवाफ फर्काउनुहोस्]

    चैनपुरबेसिको गणेश Reply:

    हिसिला बदमास त हुन् नै, उनैले भनेकी छिन नि केसबलाई मैले नै यहाँ ल्यायको हु. अनि थाहा भै हाल्छ नि उनि मन परेको मान्छेलाई नियुक्त गर्दी रहिछन भन्नि कुरा त, अहिले झगडा भयो भनेर हुदैन, खास कुरो चाही यी दुबैजना महा बदमास हुन्, पैसामा कुरो मिलेन होला अनि झगडा पर्यो नि!!!!

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    nirmal Reply:

    ho thik ho..

    Like or Dislike: Thumb up 0 Thumb down 0

  • Sabi wrote on 25 January, 2013, 9:01

    Hisila yami timile ta bikasko kaamma makho mareko pani news chaina Keshab esthapitle ta khi garera jantako maan jiteko cha jhuto aarop nalagau

    Well-loved. Like or Dislike: Thumb up 68 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Deshbhekta wrote on 25 January, 2013, 9:08

    Hisila la aarop lagaya jasto kesab isthapit kam nagarne manchhe ho bhanera kasle patauchha ra ?? Timiharu ko party ma bigarne ra dhost garne matra chhan ta ani timiharulai kasari isthapit man parchha ta??? Maobadi ko arko asali rup isthpit ko interview bata dekhinchha! Yini haru corruption garnako lagi aayaka hun,

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • B Sharma wrote on 25 January, 2013, 9:32

    PM hisila ko corruption yek yek gari yesari nai bahira aauchha, kunai pani din nepali janata lee tesko byaj ta aasulchhan hola ni ki kaso.

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • gurkhe wrote on 25 January, 2013, 9:34

    hisilia is spoiling the little left so called good image of dr.baburambhattarai globally….i wonder why baburam is not getting this…..he should kick her out from his life if he really wants to develop nepal.

    Like or Dislike: Thumb up 20 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • harikrishna adhikari wrote on 25 January, 2013, 10:32

    YO DES KO HALAT AJAKO AWASTHAMA AUNUMA HISILA JASTA SAMANTI RA RASTRAGHATI HARUKO HAT CHHA BHANNUMA KUNAI SANKA CHHAINA.

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • राजेश गुप्ता wrote on 25 January, 2013, 10:51

    स्थापित जस्तो प्ले-ब्वाय माथी विश्वास गर्नु हिसीलाको कमजोरी थियो.

    Like or Dislike: Thumb up 6 Thumb down 25

    [जवाफ फर्काउनुहोस्]

  • राजेश wrote on 25 January, 2013, 10:56

    स्थापित जस्तो प्ले-ब्वाय माथी विश्वास गर्नु हिसिलाको कमजोरी थियो.

    Like or Dislike: Thumb up 6 Thumb down 24

    [जवाफ फर्काउनुहोस्]

    kamal Reply:

    Ye rajesh k ko play boy ni timri didi bahini lai dhoka diyera unile??hehe

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    avi bhattarai Reply:

    yettiko biswasilo ra vision vayeko manchhe aru dekhauna sakchhau sathi………….. yojana bana bhanne ani paisa nadine ani kasari garun ta sthapit le kam

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipu ! wrote on 25 January, 2013, 12:19

    दुबै जना (हिसिला र केशव) भ्रष्टहरुको टकरावले गर्दा कुरा नमिले जस्तो छ ।

    Like or Dislike: Thumb up 6 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • loken wrote on 25 January, 2013, 12:48

    good decision made my supreme court. hisila re………..
    namai sunda pani kharab lagne aimai……….

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ER JI wrote on 25 January, 2013, 13:28

    स्थापित जस्तो प्ले-ब्वाय माथी विश्वास गर्नु हिसिलाको कमजोरी थियो.

    Like or Dislike: Thumb up 3 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

  • Purusottam Aryal wrote on 25 January, 2013, 13:56

    ek dam thick kina bina cause karbahi gareko ta.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj wrote on 25 January, 2013, 15:32

    पाठकहरु ! स्थापितलाई नियुक्त गर्ने वेलामा एकै दिन दुइवटा क्याविनेट वसेको रहेछ; पहिलो बैठकले स्थापितको योग्यता अनुसार नियुक्त गर्ने वाटो खोल्यो भने दोश्रोले उनलाई नियुक्त गर्‍यो | अव अहिले कुरो कहाँ मिलेन त ! सुत्रका अनुसार दरवारको वरिपरि ३०० मिटरसम्म दुई तलेभन्दा अग्लो घर वनाउन नपाउने पुरानो नियम प्राधिकरणको सिफारिसमा क्यविनेटले वदल्यो; त्यो वापत स्थापितले राम्रो रकम एक्लै कुम्ल्याएको आरोपमा उनलाई हिसिलाको दवावमा बाबुरामले हटाएका हुन | अव भन्नुस्, को ठीक को बेठिक ?

    Like or Dislike: Thumb up 4 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Deshbhekta wrote on 25 January, 2013, 16:44

    कुनै बेला अरुलाई जस्ताइ मलाई पनि विश्वाश थियो, कम्निस् हरु साचिकै जनताका प्रिय हुँदा रहेछन, उनिहरुले बुर्जुवा सामन्न्तीहरुले झै देशको धुकुतीमा धाबा बोलदैनन, कम्निस्त माओवादीहरु नैतीकताको पक्का, देशको प्रगतिलाइनै आफ्नो प्रगती सम्झिन्छन, तर आज मैले नेपालक माओबादी २०५२ साल देखीको गतिबिधी निहाली रहेछु, लगातार निहाली रहेछु, अब त मलाई मलाई पुरा क्लियर भयो कि माओबादी अब नेपाल मा कुनै पनि सकारात्मक परिवर्तन ल्याउने छैन, अब त माओबादीको अगाडि खुखार माफियाहरु र भर्स्तहरु पनि फिका फिक्का लग्न थालिसक्यो ! हेर्दा हेर्दै के द्रिस्य देख्नु परीरहेछ !

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raju Tamrakar wrote on 25 January, 2013, 16:53

    Dui paisako somat nabhayeki vrasta aaimai. Usle socheki huna sakchha yo desh ko janne sunne hu vanera tara Hisila yo desh ko sabai vanda kharab ani vrasta mahila ho. Galama dui chadkan hane pani ris namarne khalko behave dekhauchhe.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • चैनपुरबेसिको गणेश wrote on 25 January, 2013, 16:58

    हिसिला बदमास त हुन् नै, उनैले भनेकी छिन नि केसबलाई मैले नै यहाँ ल्यायको हु. अनि थाहा भै हाल्छ नि उनि मन परेको मान्छेलाई नियुक्त गर्दी रहिछन भन्नि कुरा त, अहिले झगडा भयो भनेर हुदैन, खास कुरो चाही यी दुबैजना महा बदमास हुन्, पैसामा कुरो मिलेन होला अनि झगडा पर्यो नि!!!!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Hem wrote on 25 January, 2013, 20:28

    Hataeko hoina re la thikai xa, tara ‘maile lyaeko ho’ vannuko artha k? K tyo damva hoina? Lyaunu hataunu kina manxe ko hatma? System khai ta ? Kina rajnitik niyukti?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • पुरुषोत्तम wrote on 25 January, 2013, 23:51

    केशव स्थापितजीलाइ बधाइ । अब भने उपत्यकामा भत्केका सडहहरु राम्ररी बनाउनुहोस् । विशेष गरी सर्वसाधारणका सम्पत्तिमा कम क्षति हुने गरी शहरको पुनर्निर्माण गर्नुहोस् यही शुभकामना । यदि तपाइ सही हुनुहुन्छ भने जीत तपाइकै हुनेछ ।

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • tirtha man maharjan wrote on 27 January, 2013, 6:23

    yo sab newar harulai nasahane bramhaman haru prakast ko phal ho kesab stahpit lai hataune chal. nadaraunu ks g ramro kam garnu hami timro sath chau.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु