बिजुली नजाने होटलको जलस्रोत बैठक फुस्सा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

बिजुली नजाने होटलको जलस्रोत बैठक फुस्सा

भारतलाई पानीको चासो, नेपाललाई बिजुली

१२ माघ, काठमाडौं । लोडसेडिङ हुँदा पनि सधैं झलमल्ल हुन्छ राजधानीको पाँचतारे सोल्टी होटल । अन्यत्र जस्तो लोडसेडिङ हुँदा यस होटलमा कुनै असर पर्दैन । यसले गर्दा लोडसेडिङ हुँदा र नहुँदा सोल्टीमा बैठक बस्नेलाई कुनै फरक पर्दैन ।देशमा चर्को लोडसेडिङ भैरहेका बेला यही सुविधासम्पन्न होटलमा बिहीबार र शुक्रबार नेपाल-भारत जलस्रोतसम्बन्धी बैठक भयो । बैठकमा सहभागी हुन भारतबाट आएका १२ सदस्यीय प्रतिनिधिमण्डल त्यही होटलमा बास बसेकाले लोडसेडिङको अनुभूति गर्ने कुरै भएन।
घर र कार्यालयमा लोडसेडिङ खेपेका नेपाली प्रतिनिधिमण्डलले पनि बैठक अवधिभर बत्ति गएको महसुस गर्नु परेन ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोडसेडिङ १२ घण्टामा सीमित गर्ने बताएलगत्तै राजधानीमा भएको नेपाल-भारत जलस्रोत बैठकले बिजुली आयातबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा थियो । तर, बैठक कर्मकाण्डी पारामै सकिएको छ । पहिलेका एजेण्डामा बाहेक अरु विषयमा बैठकमा छलफल नै नभएको उर्जा मन्त्रालयले जनाएको छ ।’छलफलमा तत्काल विद्युत्त आयातबारे कुनै एजेण्डा नै थिएन’ उर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलले भन्नुभयो-’समग्र जलस्रोतका विषयमा पहिलेदेखि उठ्दै आएका मुद्दामै छलफल केन्दि्रत भयो ।’
दुबैका फरक चासो
अहिले मात्र होइन, पहिलेदेखि नै भारतले नेपालको पानीमा आँखा गाडिरहेको छ । त्यसैले पनि उसको चासो पानीमा छ । यसपटकको जलस्रोत बैठकमा पनि भारतको चासो पानीमै थियो । त्यसैले बैठकमा त्यहाँका जलस्रोत संशाधन मन्त्रालयका सचिवले नेतृत्व गरेका थिए । तर नेपालबाट चाहिँ उर्जा मन्त्रालयका सचिवले बैठकको नेतृत्व गरे । नेपालको चासो पानीमा भन्दा उर्जामा रहेकाले उर्जाकै पदाधिकारी बैठकमा सहभागी भएका हुन् ।
‘चासो र एजेण्डा नै फरक भएपछि बैठक फलदायी हुने त कुरै भएन नि’ जलस्रोत सम्बन्धी विशेषज्ञ वाई.बी. थापाले भन्नुभयो-’पानी गुमाउने भनेको नदी गुमाउने हो, नदी गुमाउने भनेको भूभाग गुमाउने हो, त्यसैले नेपालले भारतीय चासोबाट सधैं सतर्क हुनुपर्छ ।’
3 Comments on “बिजुली नजाने होटलको जलस्रोत बैठक फुस्सा”
  • kumar wrote on 25 January, 2013, 10:07

    उम्केको माछा ठुलो हुन्छ र उम्केको कुरा फर्कन पनि गर्र्हो छ त्यसैले जस्तोसुकै अवस्था आएपनि राष्ट्रको सम्पति सन्धिको नाम दिदै नउम्काउनुहोला

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • रोबिन wrote on 25 January, 2013, 11:06

    कुनै पनि हालत मा कोशी उच्च बाध बनाउन नदिनु होला ! हामीलाई चाहिने बंगलादेश सम्म को छोटो बाटो को बारेमा कुरा आगाडी बढाउन जरुरि छ !

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna .Bangkok wrote on 26 January, 2013, 3:37

    Nepalko hitbiparit kunai kadam chalnu hunna,feri pani fasaula indiale

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु