१२ माघ, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारको छ ।
पहिलो खेलमा भुटानलाई ८ विकेटले हराएको नेपालले शुक्रबार भएको आफ्नो दोस्रो खेलमा युएईलाई ८६ रनले पराजित गरेको हो । जितसँगै २ खेलबाट ४ अंक जोडेको नेपाल समूह ए को शीर्ष स्थानमा छ । समान अंक जोडेको हङकङ रन रेटमा पछि रहँदै दोस्रो स्थानमा छ ।
पहिले व्याटिङ थालेको नेपालले निर्धारित २५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । नेपालका लागि सीता मगरले सर्वाधिक ४६ र सरिता मगरले अविजित ४१ रन बनाइन् । यस्तै नेरी थापाले १६ रन बनाउँदा रोशनी बोहोराले ७, रुविना क्षेत्रीले ४, नेरी राजोपाध्यायले ४ तथा मधु थापाले ३ रन बनाइन् ।
जवाफमा मैदान उत्रिएको युएई २२ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ५९ रन बनायो । उसका लागि हृयुमेरी तसमीनले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
युएईलाई सस्तैमा समेट्ने क्रममा सोनी खड्काले ५ ओभरमा १ मेडन राख्दै १७ रन दिएर ३ विकेट लिइन् भने करुणा भण्डारीले मात्र ५ रन दिएर २ विकेट हात पारिन् । यस्तै रुविना क्षेत्री, नेरी थापा र सरिता मगरले समान १-१ विकेट हात पारिन् ।
wow,congrate!
Like or Dislike:
14
0
[जवाफ फर्काउनुहोस्]
Congratulation ! Expecting same progress in days to come.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
BABAl 6 TA YAR GAME TA DIDEE BAINEE HARUKO TA
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
congratuletion
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congratulation!!! keep it up
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Many many congratulations to all players. Keep it up in the days to come.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Congratulations My best Keep in up As soon as possible! All The Best……………
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
great job girls keep it up, outstanding.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
congratulation nepali women cricket teem ke garnu nepalko brasta chari neta harulaipo laj saram chhaina hera nelapi janatako pragati….???
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]