पूर्वाञ्चलमा साहित्य मेला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पूर्वाञ्चलमा साहित्य मेला

१२ माघ, काठमाडौं । साझा प्रकाशनले राजधानी बाहिर पहिलोपटक बिराटनगरमा पुस्तक प्रदर्शनी तथा साहित्य मेला शुरु गरेको छ । तीनवटा अञ्चल मेची, कोशी र सगरमाथाका साहित्यिक प्रतिनिधिले संयुक्त रुपमा उद्घाटन गरेको मेला २१ गतेसम्म चल्नेछ । ‘समुन्नत समाज परिस्कृत संस्कार, पठन संस्कृतिको विकास-सबैको हातमा किताब’ भन्ने नाराका साथ साझा प्रकाशन क्षेत्रीय कार्यालय परिसर निलसदन विराटनगरमा प्रदर्शनी भएको हो ।

प्रदर्शनीमा देशका चार हजारभन्दा बढी प्रकाशन गृह र एक हजारभन्दा बढी लेखकले आफ्नैतर्फबाट प्रकाशित गरेका विभिन्न भाषा, साहित्य, कला, आर्थिक, सामाजिक, भौगोलिक, ऐतिहासिक, पुरातात्विक, राजनीतिक, धार्मिक, विधा, विषय, क्षेत्र र वाङ्मयका १० हजारभन्दा बढी शीर्षकका पुस्तक समावेश गरिएको छ । यस्तै भारतीय प्रकाशन गृहबाट छापिएका नेपाली भाषाका पुस्तक पनि प्रदर्शनीमा राखिएका साझा प्रकाशन सञ्चालक समितिका सदस्य अनिल पौडेलले अनलाइनखबरसित भन्नुभयो । प्रदर्शनीमा राखिएका पुस्तकमा विशेष छुट दिने व्यवस्था गरिएको छ ।

प्रदर्शनीको पहिलो दिन नै अवलोकनकर्ताको भीड लागेको पौडेलले बताउनुभयो । ‘राजधानीमा भन्दा पनि राम्रो र व्यवस्थित भएको प्रतिकृया आएको छ’ पौडेलले भन्नुभयो-’मेलामा नेपाली मूलका भारतीय लेखक र साहित्यकारहरुको पनि जमघट हुनेछ ।’

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु