१२ माघ, काठमाडौं । दैलेखबाट २२ पत्रकार विस्थापित भएको घटनाबारे नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलले उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारको ध्यानाकर्षण गराएको छ । धम्कीका कारण दैलेखका पत्रकारहरु विस्थापित भएको भन्दै शुक्रबार महासंघको प्रतिनिधिमण्डलले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
मन्त्री गच्छदारले दैलेखबाट पत्रकारहरू विस्थापित भएको भन्ने समाचार र घटनालाई आफूले अत्यन्त गम्भीरताका साथ लिएको बताउनुभयो र यस सम्बन्धमा आफूले मातहतका निकायलाई तुरुन्तै विशेष निर्देशन दिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।
पत्रकार महासंघका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री गच्छदारले पत्रकारको सुरक्षाका लागि सरकार संवेदनशील रहेको र दैलेखमा पत्रकारहरु विस्थापित हुनुपर्ने अवस्था नरहेको भन्दै सुरक्षा निकायलाई जानकारी नदिई त्यहाँका पत्रकारहरु सुटुक्क बाहिरिएको आरोप लगाउनुभयो । उहाँले जिल्ला फर्केर ढुक्कसँग काम गर्न विस्थापित पत्रकारहरुलाई आग्रहसमेत गर्नुभयो ।
गृहमन्त्री उल्टै पत्रकारसँगै खनिए
आफ्ना गम्भीर पेशागत समस्या लिएर गृहमन्त्रीलाई भेट्न गएका अगुवा पत्रकारसित गृहमन्त्रीले उल्टै गुनासो पोख्नुभयो । मन्त्री गच्छदारले दैलेखका कुन पत्रकारलाई कसले धम्की दियो, त्यसको नाम र मोबाइल नम्बर उपलब्ध गराउन माग गरेपछि महासंघ अध्यक्ष शिव गाउँलेले मनोवैज्ञानिक धम्कीका कारण दैलेखका पत्रकारहरु विस्थापित भएको जवाफ दिनुभयो । अध्यक्ष गाउँलेले पत्रकारको सुरक्षाको प्रवन्ध गर्नसमेत गृहमन्त्रीलाई आग्रह गर्नुभयो । जवाफमा मन्त्री गच्छदारले आवश्यक परे दैलेखमा एक पत्रकारका लागि एक सुरक्षाकर्मीको व्यवस्था गर्ने बताएको भेटमा सहभागी पत्रकार महासंघका महासचिव ओम शर्माले बताउनुभयो ।
दैलेखमा पत्रकार विस्थापित हुनुपर्ने अवस्था नरहेको भन्दै घटनालाई मिडियाले बढाइ-चढाइ गरेर आतंक सिर्जना गरेको गृहमन्त्रीको आरोप थियो । “दैलेखमा पर्याप्त सुरक्षाकर्मी परिचालित छ, गुप्तचर निकाय सक्रिय छ, दैलेख अहिले शान्त छ । तर, अनावश्यक हल्ला मच्चाएर वातावरण भयावह बनाइएको छ ।” गृहमन्त्रीको आरोप थियो । दैलेखका सिडिओलाई गोली हान्न आदेश दिएको प्रचार पनि झुटो रहेको भन्दै मन्त्री गच्छदारले मिडियाको आलोचना गर्नुभयो ।
गृहमन्त्रालयमा भएको छलफलमा पत्रकार महासंघका उपाध्यक्ष यशोदा तिम्सिनाले झापामा मारिएका पत्रकार यादव पौडेलको विषयमा तयार पारिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । जवाफमा मन्त्री गच्छदारले प्रतिवेदन सार्वजनिक गर्न आफुलाई कुनै समस्या नरहेको तर सार्वजनिक भएमा पत्रकारको गरिमा नै संकटमा पर्ने दाबी गर्नुभयो । पत्रकारहरु पनि विभिन्नखाले अनैतिक धन्दामा लागेको र सभ्य समाजलाई लज्जित बनाउने कार्य गरेको गृहमन्त्रीको आरोप थियो ।
मन्त्री गच्छदारसँगको छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष गाउँले, उपाध्यक्ष तिम्सिना र महासचिव शर्माका साथै केन्द्रीय सदस्यहरु दामोदर तिमल्सिना, बालकृष्ण बस्नेतसमेतको सहभागिता थियो ।
सिंहदरबार अगाडि प्रेस यूनियनको धर्ना
यसैवीच पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई कारवाहीको माग गर्दै नेपाल प्रेस युनियनने देशभर प्रदर्शन गरेको छ । यसैक्रममा शुक्रबार अनामनगरको हनुमानस्थानमा धर्ना दिएको छ ।
युनियनको धर्नामा ऐक्यवद्धता जनाउँदै पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखबाट २२ जना पत्रकार विस्थापित हुनुले मुलुकको लोकतन्त्र नै विस्थापित भएसरह भएको बताउनुभयो । अध्यक्ष गाउँलेले पत्रकारहरूलाई जिल्ला फर्केर काम गर्ने वातावरण तयार नपारे देशैभरिका सञ्चारमाध्यममा काम बन्द गरेर पत्रकारहरु सडकमा उत्रिने चेतावनी दिनुभयो ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले दैलेखका पत्रकारमाथि केही भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभयो । उहाँले सत्तारुढ दलका कार्यकर्ताले पत्रकारलाई धम्की दिनु र राज्यले तिनीहरूलाई संरक्षण दिनुलाई निन्दनीय बताउनुभयो । युनियनका सल्लाहकार तथा पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले लोकतन्त्रका लागि पत्रकार फेरि एकपटक सडकमा उत्रिनुपर्ने अवस्था आएको बताउनुभयो । कार्यक्रममा युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, सल्लाहकार कवीर राणा, ब्रोडकास्टिङ एसोसिएसन नेपाल -बान) का महासचिव कुमार भट्टराईलगायतले दैलेखका पत्रकारलाई निर्भिकतापूर्वक जिल्लामा काम गर्ने वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।
विभिन्न जिल्लामा प्रदर्शन
दैलेखका पत्रकार विस्थापित भएपछि राजधानीलगायत देशका विभिन्न जिल्लामा पत्रकारहरुले प्रदर्शन गरेका छन् । पत्रकार थापाका हत्यामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै सप्तरीको राजविराजमा प्रेस युनियनको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।
त्यसैगरी न्ोपाल प्रेस युनियन झापाले सदरमुकाम चन्द्रगढीमा विरोध प्रदर्शन एवं धर्ना कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पत्रकार चन्द्र भण्डारी, प्रेस युनियनका केन्द्रीय सदस्य कृष्ण हुमागाईं, नेपाल पत्रकार महासङ्घका पूर्वाञ्चल संयोजक मोहनकाजीलगायतले पत्रकारलाई धम्की दिने कार्य अविलम्ब रोक्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारीको विरोध
यसैवीच प्रेस चौतारी नेपाल पूर्वाञ्चल क्षेत्रीय समन्वय समितिले शुक्रबार एक प्रेस विज्ञप्त जारी गर्दै एनेकपा माओवादीका कार्यकर्ताले दैलेखका पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि २२ जना पत्रकारहरु बिहीबार दैलेख छाड्न बाध्य भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीका अध्यक्ष प्रकाश खतिवडा र सचिव भीमज्वाला राईद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘सत्ताको बागडोर सम्हालिरहेका दलका नेता, कार्यकर्ताबाट पत्रकारलाई मार्नेसम्मको धम्की दिनु र कार्यक्षेत्रबाटै विस्थापित बनाउनेसम्मका हर्कतले राज्यसत्ता सञ्चालन गरिरहेको दल नै प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छैन भन्ने कुरा प्रष्ट गरेको छ । पत्रकारलाई जिउँदै गाडेर मार्ने व्यक्तिहरुलाई जोगाउने र त्यस्ता हत्याराहरुलाई कारवाहीको लागि आवाज उठाउने पत्रकार तथा सञ्चार माध्यमहरुलाई विस्थापित गर्ने प्रधानमन्त्री र तिनको पार्टी एमाओवादी प्रेस स्वतन्त्रताको हत्यामा लागेको पुष्टि गरेको छ ।’
Shiva gaule Patrakar Mahasangha Ko Chief Hoina Rahechha. Kinaki UML karyakarta Ho Vaner Nango Dekha Paryo. Dailekhako Patrakar haru Mano-baigyanik Dhamki Le Bisthapit vako Re ? Jalee FATAHA, sabai Sabai ‘ALL’ Patrakar ko Pida Bolnu Parne Byakti UML & Congress Ko janda Boker Maoist Ko Khedo Khandai Chha. Shiva Gaule le Mahasanga Bata Rajinama Dinu Parchha. Sotantra Byakti Mahasangha ko Chief Hunu parchha.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
Rajiv Neupane Reply: January 25th, 2013 at 5:03 pm
tapai mahodaya chai ko ni…….ki dhamki dine manchhe nai tapai ho….?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
देकेन्द्रको मुदा उठाएर धेरै डलर कमाय।।।।।।अब दैलेख बाट शुर्खेत ।।सुर्खेत बाट काठमाडौं आएर दलर मा मस्ती गर्ने योजना हो यिनिहरुको ।।।।।।।।।।।।।।।। पार्टी को पत्रकार भएपछी दु:ख पाईन्छ ।।।।।।।।।।।।।।।।। निस्पक्ष पत्रकार ले कहिले नि एस्तो निएती भोग्नु परेको छैन संसार मा
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]