१२ माघ, भैरहवा । अभिनास बाल आश्रमका प्रबन्ध निर्देशक आशिष थापालाई जिल्ला अदालत रुपन्देहीले १५ वर्षे जेलसजाय तोकेको छ ।
न्यायाधीश ओमकार उपाध्यायको इजलासले थापालाई १५ वर्ष जेलसजाय र पीडित दुई बालिकालाई १/१ लाख क्षतिपूर्ति दिन आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार अनिलकुमार शर्माले बताउनुभयो ।थापाविरुद्ध २०६९ जेठ २९ गते जिल्ला प्रशासनमा जाहेरी दर्ता भएको थियो ।
थापाविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाइ हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा २०६९ असार २१ गते अभियोगपत्र दर्ता भएको थियो । थापाले आश्रमका दुई बालिकालाई जबर्जस्ती करणी गरेको र पाँच जनालाई जबर्जस्ती करणीको उद्योग गरेको जिल्ला अदालत रुपन्देहीले ठहर गरेको श्रेस्तेदार शर्माले बताउनुभयो । रासस
yesta mula ko ta u … katera phalnu parne.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
laji haina samaj batanai bahis kar garnu parcha……………yasta lai ani saudi arab pathaideiya pani huncha kam garna ko lagi sathai saudima home madee ko karna pathaidinus……………………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]