निमुसंगम घर्ती
१२ माघ , दाङ । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटीले बर्तमान सरकार बैधानिक भएकाले बिपक्षी दलको आन्दोलनका कारण सरकार नढल्ने दाबी गर्नुभएको छ । एकीकृत माओवादीका नेता समेत रहेका बोगटीले बिपक्षीले आन्दोलन थाले भन्दैमा सरकार नछोड्ने स्पष्ट पार्नुभएको हो । यो अबस्थामा सरकार छोडे देशमा अस्थिरता र अस्तव्यस्तताको अबस्था सृजना हुने बताउनुभयो।
एमाओबादी दाङको सातौँ जिल्ला सम्मेलनलार्इ शुक्रवार घोराहीमा सम्बोधन गर्दै मन्त्री बोगटीले सबै दलहरुकोवीचमा नागरिकहरुका एजेण्डामा सहमति र बिर्वाचनको सुनिश्चितता नहुदा सम्म सरकार छोड्न नसकिने भन्दै बिपक्षिहरुलाई आन्दोलन नभई बार्ता र छलफलमा आउन आग्रह गर्नुभयो ।बिपक्षीहरुको आन्दोलनलाई पानीको फोकाको संज्ञा दिदै मन्त्री बोगटीले बिदेशि डलरले आन्दोलनमा उक्साएको आरोप लगाउनुभयो । देश बर्बादी तर्फ गैरहेको प्रति नागरिकहरु चिन्तित रहेको भन्दै उहाँले सहमति छोडेर आन्दोलन किन गरेको भनि प्रतिपक्षीहरुलाई प्रश्न गर्नुभयो।
बिपक्षीहरु बर्तमान सरकारलाई दोष देखाएर चुनाब नहोस भन्ने चाहेको र उनीहरुसँग कुनै नागरिकका एजेण्डा नभएको आरोप लगाउनुभयो ।
Bipak6i haruko andolan kursi prapti ho.
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
नेका र एमालेले मिडियालाइ युज एण्ड थ्रो गर्दै आएका छन. प्रस्तुत प्रकरणमा पनि नेका र एमाले संग जनता बीच जाने साहस न भएकोले मिडियालाइ प्रयोग मात्रै गरेका हुन्. जनताले बुझेका छन. मिडिया भित्र पनि आवरण भित्र राजनीतिक अभिष्ट प्राप्त गर्नेहरु नांगिएका छन.
Like or Dislike:
17
3
[जवाफ फर्काउनुहोस्]
नेता जी को कुरो ठिकै हो तर बिपक्ष्य लाई पनि कुर्सि कै खाचो छ
धेरै भयो मन्त्रि नबनेको बिहानपख सम्म पनि आखा मा निन्द्रै पर्दैन भन्छन अझै एमालेको त दात बाट पसिना बगेको छ रे …
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
tehi paani ma dubera marchas hos gares
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hahaha yes guy’s kura sahi ho tapai haru ko ma lai pani teastai lagi rako chha…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
त्यही त भन्या, यस्तो राम राज्य फेरि कहिले र कसले कल्पना गर्न सक्छ ? यस्तो राष्ट्रवादी र देश भक्त सरकार ‘ नभुतो नभविश्यति’ नै हुनेछ ! यी विपक्षीहरु वित्थामा जनतालाइ दु:ख दिन्छन; हैन त मन्त्रीज्यु ?
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
अर्का को बुइ मा रमाउदै छन् कांग्रेस एमाले थुक्क भ्रस्ट हो लाज लाग्दैन पार्टीको एजेन्डा खोइ केको आन्दोलन ? डलरको बलमा उफ्रेका पत्रकार हरुको तेही हो त पार्टीको एजेन्डा अब हामी सबैले चिनिसकेका छौ देखि सकेका छौ १५ बर्से कांग्रेस एमालेको सासन डाकाभ्रस्ट हरुलाई /
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
भ्रस्ट माओबादी नेपालको रोग हो. यसको निर्मुल पार्नै पर्छ.
काँग्रेस र एमाले पनि गतिला भने होइनन.
सब चोरहरु नेता बनेका छन्.
जनताले चाही पुर्पुरोमा हात राखेर बस्ने मात्र हो.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]