प्रेस काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश यादव नियुक्त :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रेस काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश यादव नियुक्त

चलचित्र विकास बोर्डमा पप्पु

१२ माघ, काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश अबधेशकुमार यादवलाई नियुक्त गरेको छ । शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश यादवलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस काउन्सिलमा पत्रकार पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति गरिँदै आएकोमा पूर्वन्यायाधीशलाई प्रेस काउन्सिलमा ल्याइएको यो पहिलो घटना हो ।

को हुन् यादव ?

कानुन र मानविकीमा स्नातक अध्ययन गरेका ६६ वषर्ीय यादव वि.सं. २००३ साल माघ १९ मा सप्तरीमा जन्मुभएको हो । ०६७ मंसिर २ मा सर्वोच्चको स्थायी न्यायाधीश बन्नुभएकोमा ०६८ माघ १८ मा उमेरका कारण १४ महिनामै उहाँले अवकाश पाउनुभएको थियो ।

सर्वोच्च अदालतमा उहाँकै एकल बेञ्चले ओखलढुंगाका एमाओवादी सभासद् केशव राईको ज्यान मुद्दा अघि नबढाउन अन्तरिम आदेश दिएको थियो । द्वन्द्वकालका मुद्दालाई शान्ति सम्झौताअनुसार हल गरिनुपर्ने यादवले आदेश दिएपछि एमाओवादी सभासद् राईको मुद्दा ओखलढुंगा जिल्ला अदालतमै रोकिएको छ । यही कारण कतिपयले सर्वोच्चमा यादव माओवादी कोटामा न्यायाधीश बनेको आरोपसमेत लगाउने गरेका छन् ।

अठार वर्षको वकालती पेशापछि यादव ०४८ सालमा पुनरावेदन अदालत दिपायलबाट न्यायाधीश बन्नुभएको हो । उहाँ नेपाल वारको सगरमाथा उपाध्यक्षसमेत बनिसक्नुभएको छ । सुर्खेत, बिराटनगर, हेटौडा, पाटन, तुलसीपुर आदि पुनरावदेश अदालतमा जिम्मेवारी सम्हालिसकेपछि यादव ०६५ भदौ ९ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रुपमा प्रवेश गर्नुभएको थियो । सरल मिजासका यादव वामपन्थी पृष्ठभूमिका हुनुहुन्छ ।

विकास बोर्डमा पप्पु

मन्त्रिपरिषद्को बैैठकले चलचित्रकर्मीहरुको आन्दोलनलाई बेवास्ता गर्दै सञ्चारमन्त्री राजकिशोर यादवको प्रस्तावअनुसार धर्मेन्द्र मरहथ्वा पप्पुलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । सरकारको निर्णय लगतै आन्दोलनरत चलचित्रकर्मीहरुले भने सरकारको निर्णय अस्वीकार्य भएको भन्दै आन्दोलन नरोक्ने बताएका छन् । उनीहरुले चलचित्र क्षेत्रमा सक्रिय व्यक्तिलाई नै बोर्डको अध्यक्ष बनाउन माग गर्दै आएका छन् ।

11 Comments on “प्रेस काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश यादव नियुक्त”
  • Skue wrote on 25 January, 2013, 13:33

    Baburam Le dubayo nepla lai.

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 25 January, 2013, 13:54

    aba medeshi le desh bihar lai sumpine bhaye..

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    harry Reply:

    Oie Kamal!! Tero jasto manche yo sansar ma Kaam chaina. Madhesi nabhako bhaye Ta jasto Dalal Bhutan tirai hundis. Tero bau lai sodh tero baaje haru kaha baat aayeka. Madhesi sang jealous jatti gare ni gar. No Madhesh means there is no Nepal!!!

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Govin Jo Reply:

    madhesi ley uchcha pad paaudaimaa usley nepal bihar laai sumpanchha bhannu hudaina. usmaa pani nepalipan chha, u pani swatantra nepali bhayera baachna chaahanchha. katipaya madhesiharumaa pahadey nepaliharu bhandaa badhi raashtriya bhawanaa paainchha. sakaaraatmak soch raakhau.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 25 January, 2013, 13:55

    yo maobadi le pani nahune na naramro kam garera charcha kamaune bhayo

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 25 January, 2013, 13:55

    huna ta jangali harulai desh kasari chalaune k thaha ni

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali kanchha wrote on 25 January, 2013, 14:01

    Ye Pappu kaun hai bey Baburam ? Abey baburam tune Nepal ka kabada kar diya….chullu bhar pani mein dub marr

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • milan gurung wrote on 25 January, 2013, 14:18

    bauram le desh vadayo aba sachcha maobadile nai yaslai ghokrethyak lauchhan

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • anjali wrote on 25 January, 2013, 14:24

    khattam nai paro lau yo khate baburamle….

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • राजेश wrote on 25 January, 2013, 15:49

    पूर्व न्यायाधीश अबधेशकुमार यादव अत्यन्त योग्य व्यक्ति हुनु हुन्छ. वहाँलाई न्याय क्षेत्रको लामो अनुभव प्राप्त छ. वहाँको नेतृत्वमा प्रेस कौन्सीलले देशमा पत्रकारिताको सही विकासमा उचित काम गर्ने विश्वास लिएका छौं. पूर्व न्यायधीश अवधेसकुमार यादव जी लाई धेरै धेरै शुभकामना तथा बधाई.

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • jim wrote on 25 January, 2013, 23:07

    anubhabi ,yogya ,sikchit , hun bhane un ko niyukti lai nakarakmat dhangale lina hunna…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु