हरेक आमाबाबुलाई आफ्नो सन्तान आफूभन्दा पनि प्रिय लाग्छ । तर, भारतमा एक आमाले आफ्नी ११ वर्षीया छोरीलाई बेचिदिएकी छिन् ।
भारतको राजस्थान राज्यको झरखण्डकी एक महिलाले आफ्नो छोरीलाई लिलामीमा राखेर साढे ६ लाख भारुमा बेचेकी छिन् । खरिद विक्रि सम्झौता दश रुपैयाँ स्टाम्प कागजमा गरिएको छ र रकम किस्तामा दिने सहमति भएको छ । पहिलो किस्ता बराबर २ लाख भने आमाले लिइसकेकी छिन् ।
जन्म दिने आमाले बेचेको थाहा पाएपछि बालिका विरोध गर्दै बस्तीबाट भागेकी थिइन् । किनकेलमा संलग्नहरुले उनीलाई लखेटेपछि एक होटलमा पसेकी बालिका फर्निचरमा लुकिन र त्यहाँ रहेका कसैले पुलिसलाई खबर गरिदियो ।
प्रहरीले बालिकाको आमासँग खरिदकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकी ती क्रुर आमाले भने पञ्चालयले आफूमाथि लगाएको साढे ४ लाखको जरिवाना तिर्न आफूले छोरीलाई बेच्न खोजेको बताएकी छिन् ।
उनका अनुसार बालिकाको विवाह माधोपुरमा एकसाग पक्का गरिएको थियो । तर, आमाले केही समयमा नै छोरीलाई फिर्ता ल्याएपछि गाउँ पञ्चायत बस्यो र उक्त कदमलाई गलत ठहर गर्दै अर्थिक जरिवाना तोक्यो । युवतीको परिवारलाई केही पैसा दिएर विवाह गरिन्छ ।
बालिकाले आफूलाई आमाले बेचेको र कन्जरी बस्तीमा लगेर अनैतिक कार्य गर्न दबाव दिएको बताएकी छिन् । आफूलाई कुटपिट समेत भएको भन्दै उनले मुम्बईमा बेच्ने कुरा भएपछि आफू भागेको प्रहरी समक्ष बनाएकी छिन् । बालिकालाई अहिले बालिका गृहमा राखिएको बीबीसीले जनाएको छ ।
Kasari patyaunu’ tara pani patyaunai paryo…. Sayad tyo thau asabhya xa’ shikchya ko ujyalo bata dherai manxe tadha xan tyaha.. Natra kasari tyasto huna sakxa?? Manabiya mulya manyata nai nava jasto….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Indians show too much in their Bollywood movies but look at the reality.
This story sounds like 100 s of years ago.
Feudal society.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
In the holy Bible recorded this word of God in Isaiah chapter 49 and verse 15
Can a woman forget her sucking child, that she should not have compassion on the son of her womb? yea, they may forget, yet will I not forget thee. said Lord . this is earthly love can be like that but our Living God he never forsake and forget us. thats true word of God.
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
very bead news no good
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]