१३ माघ, तेह्रथुम । जिल्ला स्वास्थ्य कार्यालयले बिरामी उपचारका लागि गाउँको स्वास्थ्य चौकीमा पठाएको औषधि बाटैमा म्याद सकिएर पुग्ने गरेको छ । सदरमुकामबाट आधा दिनको पैदल दूरीमा रहेको पौठाक उपस्वास्थ्य चौकीमा अत्यावश्यकीय औषधिसमेत म्याद समाप्त भएपछि मात्र आइपुग्ने गरेको हो ।
दैनिक २५ जनासम्म बिरामी उपचारका लागि आउने स्वास्थ्य चौकीमा उपचारमा नभई नहुने अन्य उपकरणसमेत बिग्रेका छन् । स्वास्थ्य चौकीका बिरामीको प्रेसर नाप्ने एसफागमो बीपी इन्टि्रमेन्ट मेसिन बिग्रेको बर्षौ बितिसकेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा पटक पटक जानकारी गराएर माग गर्दासमेत उपलब्ध नभएको स्जास्थ्य चौकीका कार्यालय प्रमुख सिनियर अहेब रुद्रनारायाण् झाले जानकारी दिए ।
‘Payo banduk vayo haldaar, niyam kanun thaa xaina’ chor harule aru k nai garna sake ra!! Thukka baburame ani tero cabinet….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]