रात्रिबसले अनुदान नपाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रात्रिबसले अनुदान नपाउने

१३ माघ, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले अब रात्रिबस सञ्चालनका लागि थप अनुदान बन्द गरेको छ । महानगरपालिकाले यातायात व्यवसायीलाई २० लाख रुपैयाँ दिएर गत १ भदौदेखि उपत्यकामा रात्रिबस सेवा सुरु गराएको थियो । व्यवसायीहरुले सरकारबाट पनि २५ लाख रुपैयाँ सहयोग पाएका थिए ।

६ महिनासम्मका लागि रात्रिबस सञ्चालन खर्चवापत ४५ लाख रुपैयाँ पाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले १४ ओठा रात्रिबस सञ्चालनमा सञ्चालनमा ल्याइएको थियो । तर महासंघले रात्रिबस सञ्चालनमा घाटा भइरहेको जनाएको छ । यता महानगरपालिकाले भने थप रकम थप रकम दिएर रात्रिबस सञ्चालन गर्न नसकिने स्पष्ट जनाउ दिइसकेको छ ।

‘रात्रिबस सञ्चालनका लागि थप रकम दिन सकिँदैन,’ महानगरका प्रशासन विभाग प्रमुख साधुराम भट्टराईले भने, ‘विकल्पमा अरु सहयोग गर्नचाँही हामी तयार छौं ।’ घाटा भएको भन्दै व्यवसायीहरुले थप आर्थिक सहयोग माग गरेपछि महानगरपालिकाले सो कुरा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसम्म पुर्‍याएको खबर राजधानी दैनिकले छापेको छ । ‘व्यवसायीहरुले आर्थिक सहयोग माग्नुभएको छ, यसलाई हामीले मन्त्रालयसम्म चाहिँ पुर्‍याएका छौं,’ भट्टराईले भने ।

2 Comments on “रात्रिबसले अनुदान नपाउने”
  • Hem wrote on 26 January, 2013, 7:23

    Aase vaera pani business chalxa?? Ghataa hunxa vane sewa banda gare vaigo ni ‘ ra arko kura ghata hunxa vanne pahilei thaha thiena ra tinerlai? Thyo vane kina suru gare ta sewa? Tei 45 laakh ko laginai ho ta??

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • subash chandra ghale wrote on 26 January, 2013, 14:14

    nepal governament le lyaye ko plan kunchhai tike ko xara ? khali dhukuti rityaune matra ho ?? pahile programms lyaye paxi majja le tesko advantage and disadvantage ramro sanga study garnu parxa ra po tikxa?? kamse kam ratri bus chalna lai ta ratri kalin market ko pani management garnu paryo, indusrty chalaune sanga or ar byabasaye sanga sarsalha garera ratrikalin market ko management gare ko vaye hundred % ratri bus ghata ma jane thiyena. sayad yo ta nepal ko governament lai thaha thiyo ratri market vayena vane ratri bus chaldaina vanne, kun chahi ko swartha pura garna thiyo ani???

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु