३१ बर्षदेखि एउटै सचिव :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

३१ बर्षदेखि एउटै सचिव

१३ माघ, रोल्पा । निजामति सेवामा कर्मचारी सरुवाबारे निकै चर्चा हुन्छ । सरुवाकै लागि ठूलो चलखेल र सत्ताको दूरुपयोग गरेर सरुवा बढुवा भएका धेरै घटना खुबै सुन्नमा आउँछ । कर्मचारी लामो समय एकै ठाउँ बस्न नपाउनु समान्यजस्तै लाग्छ । डुब्रिङ गाविस सचिव कम्मन गिरी भने ३१ बर्षदेखि यही काम गरिरहेका छन् ।

०३८ माघ १ देखि डुब्रिङबाटै गाविस सचिवको जागिरे जीवन सुरु गरेका गिरी आन पनि त्यही कार्यरत रहेका छन् । गाविसका राजनीतिक दल सेवाग्राही उनको कामबाट प्रभावित भएपछि उनलाई कसैले सरुवा गर्नै प्रयास गरेन । ‘अहिलेसम्म मेरो सरुवाको कुरो उठेको कहिल्यै सुनिन,’ उनले भने, ‘सेवाग्राहीहरु सायद म यही बसेको रुचाउँछन् होला । धेरै ठाउँमा मन नपर्ने कर्मचारीलाई माथिल्लो निकायबाट सत्ता, शक्तिको आठडमा सरुवा गरिएको सुनिन्छ । मेरो हकमा त्यस्तो केही भोग्नुपरेन ।’

डुब्रिङ  ९ खाराका गिरी लगातार एउटै गाउँमा काम गर्न पाउँदा साह्रै उत्साहित भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु