आज मिति २०६९ साल माघ महिनाको १३ गते शनिबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले विभिन्न फौजदारी अभियोगमा खोजीको सूचिमा रहेका ‘बाहुन डन’ उपनामले चर्चित रमेश पौडेल नेकपा एमालेमा प्रवेश गरेको समाचारलाई खाजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् । ‘बाहुन डन’लाई एमाले नेता केपी ओलीको उपस्थितिमा शुक्रबार रामेछापको सदरमुकाम मन्थलीबाट एमालेमा प्रवेश गराइएको हो । यस्तै कान्तिपुर दैनिकले कमरेड लालध्वजको पुनरोदय र सञ्चार बिहीन दैलेख शीर्षकमा प्रमुख समाचार छापेको छ । नागरिक दैनिकले दलमा गुण्डाको दबदबा, राष्ट्रपति थप अघि बढ्ने बेला, द्वन्द्वले कोरेको कंगो अनुहारलगायतका समाचारलार्इ प्रमुख प्राथमिकताकासाथ छापेको छ ।