१३ माघ, काठमाण्डौं । भारतले नेपाललाई २० वटा एम्बुलेन्स सहयोग गरेको छ । भारतको ६४ औँ गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न सामाजिक सङ्घसंस्थालाई राजधानीस्थित भारतीय दूतावासमा आयोजित एक समारोहकावीच २० वटा एम्बुलेन्ससहित चारवटा बस र पुस्तकहरु सहयोग गरेको हो ।
भारतीय राजदूत जयन्त प्रसादले देशका १८ जिल्लाका अस्पताल, परोपकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई ती सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा राजदूत प्रसादले भारतको राष्ट्रिय झण्डा फहराई राष्ट्रपति प्रणव मुखर्जीको सन्देश पढेर सुनाउनुभएको थियो । भारतले सन् १९९४ देखि नेपालको ७० जिल्लाका विभिन्न अस्पताल र संस्थाहरुलाई ३८२ वटा एम्बुलेन्स सहयोगस्वरूप प्रदान गरिसकेको बताएको छ ।
२६ जनवरीकै दिन भारतमा संविधान जारी भएको थियो । सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समाजवादी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई भारतलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ ।
राजदूत जयन्तको शुभकामना
गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले पनि आज एक विज्ञप्ति जारी गर्दै भारत विश्वको सबैभन्दा विशाल र एक सदैव स्थिर लोकतान्त्रिक मुलुक भएको र अर्थतन्त्र लगातार बढ्दै गएकोले निर्धारण गरिएका लक्ष्यहरू प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
लोकतान्त्रिक, समुन्नत एवम् समृद्ध नेपाल निर्माणका लागि शीघ्र निर्वाचन सम्पन्न गर्ने प्रयास र नयाँ संविधान लेख्ने काममा जुटेका नेपाली जनता र सरकारलाई भारतीय जनता र सरकारका तर्फबाट शुभकामना पनि व्यक्त गर्नुभएको छ । नेपालमा रहेको भारतीय दुतावासले पनि काठमाडौंमा बिहान विशेष कार्यक्रम गर्दै छ । गणतन्त्र दिवसको अवसर पारी दुतावासले हरेक वर्ष विभिन्न सामाजिक संस्थाहरूलाई एम्बुलेन्स तथा बस प्रदान गर्दै आएको छ ।
सहयोगको मामिलामा भारत उदार छ. अन्य मुलुकको सहयोग जनता सम्म पुग्दैन. भारतीय गणतंत्र दिवसको अवसरमा भारतीय जनतालाई हार्दिक शुभकामना.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]