१३ माघ, काठमाण्डौं । चीनले नेपालका लागि नयाँ राजदूतको नाम प्रस्ताव गरेको छ । वर्तमान राजदूत याङ होउलानलाई बढुवा गरी चीन फिर्ता बोलाए पछि चिनियाँ विदेश मन्त्रालयले ऊ छुनथीलाई नयाँ राजदुतका लागि प्रस्ताव गरेको हो ।
नयाँ राजदुत छुनथीको नाम प्रस्ताव गर्दै एग्रीमोका लागि नेपालमा नाम समेत पठाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागबाट विदेशमन्त्रालयमा सरुवा हुनुभएका छुनथीलाई पहिलो पटक राजदुतका रुपमा नेपाल पठाउन लागिएको हो ।
पछिल्लो समयमा नेपाल प्रति चासो बढाएको चीनले राजनीतिक र बिदेश मामिलामा खारिएकालाई नेपाल पठाउने नीति अन्र्तगत छुनथीलाई नेपाल पठाइएको हो । उहाँ नेपाल सरकारले एग्रीमो स्वीकृती गरे लगतै नेपाल आउनुहुनेछ ।
Welcome to Nepal……
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
फ्री तिब्बत आंदोलन विरुद्ध चीनको तैयारी
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]