विपक्षीको सरकार विरोधी आन्दोलन जारी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

विपक्षीको सरकार विरोधी आन्दोलन जारी

१३ माघ, काठमाण्डौं । सरकार विरुद्ध आन्दोलन सुरु गरेका विपक्षि दलहरुले आज पनि देशभर धर्ना प्रर्दशन लगायतका कार्यक्रम जारी राख्ने भएका छन् ।

विपक्षिदलले एकीकृत नेकपा माओवादीको भक्तपुर जिल्ला सम्मेलनमा सहभागी हुन जाने प्रधानन्त्री बाबुराम भट्टराई, एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा उपप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरुलाई भक्तपुर प्रवेशमा रोक लगाउने तयारी बिपक्षीहरुले गरेका छन् ।

भक्तपुरको ५५ झ्याले दरबार परिसरमा हुने एकीकृत माओवादीको सभामा सहभागी हुन जाने नेताहरुलाई लक्षीत गर्दै अरनिको राजमार्ग अन्तर्गत सल्लाघारी सडक खण्डमा बिपक्षी दलका कार्यकर्ताहरुले बिहानै देखि बाटो अबरुद्ध पारेका छन् ।

बिपक्षीहरु बिहानै देखि बन्द हड्तालमा उत्रिएपछि दैलेखको जस्तो अवस्था आउने तर्फ ध्यान दिई सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी हितमणी नेपालले जानकारी दिनु भयो ।

विपक्षी तथा प्रदर्शनकारीलार्इ छल्दै प्रधानमन्त्री तथा एकीकृत माओवादीका शीर्ष नेताहरु कार्यलय स्थल पुगेका छन् । कालोझण्डा बोकेर बिरोधमा उत्रिएका बिपक्षी दलका कार्यकर्तामाथि प्रहरीले सामान्य लाठीचार्ज गर्दा तीन जना घाइते भएका छन् । लाठ्ठी चार्जबाट दुर्लभ थापा, पूर्ण परियार र रोशन पौडेल समान्य घाइते भएका हुन् । तीनै जना कांग्रेस कार्यकर्ता हुन् ।

3 Comments on “विपक्षीको सरकार विरोधी आन्दोलन जारी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु