महिलाहिंसा विरुद्धको अभियानमा एनआरएन महिला फोरमको एक्येवद्दता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

महिलाहिंसा विरुद्धको अभियानमा एनआरएन महिला फोरमको एक्येवद्दता

काठमाण्डौ । गैरआवासिय नेपाली संघ एनआरएन महिला फोरमले नेपालमा चलिरहेको महिलाहिंसा विरुद्धको अभियानमा एक्येवद्दता जनाएको छ । काठमाडौंको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्ध धर्ना कार्यक्रमको शुक्रवार गैरआवासीय नेपाली संघ महिला फोरमको ऐक्यबद्धता र समर्थन जनाउन सहभागीता जनाएको हो । धर्ना कार्यक्रममा महिला फोरम संयोजक रंजु थापाले त्यहाँ सहभागी भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग कुरा गर्दै नेपालमा दिन प्रतिदिन महिला हिंसामा वृद्धि भईरहेकोमा चिंता व्यक्त गर्दै सबै जना मिलेर यसको समाधान गर्नु पर्ने बताउनु भयो ।

उहाँले गैरआवासिय नेपाली संघ महिला फोरम महिला हिंसाविरुद्धको अभियानमा र महिलाहरु हितको कार्यको लागि सहयोग गर्न सदा तत्पर रहने जानकारी दिनु भयो । उहाँले आजको महिला हिंसा विरुद्धको धर्ना कार्यक्रममा आएर ऐक्यबद्धता जनाइ दिनु भएकोमा गैरआवासीय नेपाली संघका महासचिव तेञ्जी शेर्पा र सल्लाहकार डा। जुगल भूर्तैलका साथै महिला फोरमको व्यानरमा सहभागीता जनाइ दिनु भएकोमा पौरखीका अध्यक्ष मंजु गुरुङ्गका, महिला उद्यमी मंचका पूर्व अध्यक्ष प्रमिला रिजालका साथै प्रथम समावेशी महिला सगरमाथा आरोहण दलका सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु