नबराज पन्थी
कुवेतसीटी । नेपाली जनप्रगतिशील मन्च कुबेतको दोस्रो अधिबेसन शुक्रबार सम्पन्न भएको छ। कुबेतको आबासियास्थित अप्सरा हलमा आयोजित अधिबेसन संयोजक कुमार झापालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम केन्दीय सदस्य तथा एसिया प्यासेफिक ईन्चाज युबराज चौलागाईको प्रमुख अतिथि हुने भनिए तापनि प्रबिधिक कारणले उहाँ आउन नसक्नु भएपनि टेलिफोनबाटै शुभकामना सन्देश दिनु भएको थियो । कार्यक्रमको संचालन दिपक बिष्ट, श्याम पराजूली र कमल राईले संयुक्त रुपमा संचालन गरेका थिए ।
स्बागत मन्तब्यवाट भाइराम चौलागाईले उपस्थित सबैलाई स्वागत गरेका थिए भने उद्घाटन समारोह पछि महान शहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै राष्टिय गान गाएर सुरु भएको थियो त्यस्तै गरि कार्यक्रममा शुभ कामना दिने क्रममा एनआरएनएका राजेन्द्र तामाङ्, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष सुजन केसी, मरुभुमि कोसेलीका प्रधान सम्पादक तोया दाहाल, माउण्ट एभरेष्ट क्लबका अध्यक्ष धर्मराज गिरी, मगर संघ कुवेतका उपाध्यक्ष मनु भुजेल, जनजागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री, नेपाल कुबेत सास्कृतिक मन्चका अध्यक्ष टिकाराम आचार्य, शिब लिम्बु, इन्द्र पोखरेल, माया न्यौपाने, ,पत्रकार जय आले र आनन्द आचार्य लगायतका ब्याक्तिहरुले शुभकामना मन्तब्य राख्दै मन्चको आगामी कार्यकाल सफल रहोस् भनि अधिबेशनले सक्षम र कुशल नेतृत्व चयन गर्ने कुरामा आफुहरु आशाबादी रहेको बताएका थिए ।

कार्यक्रममा लाली गुरास साँस्कृतिक परिवार र नेपाल कुवेत साँस्कृतिक मन्चका कलाकारहरुले जनबादी सांगेतिक प्रस्तुति पस्किदा त्यहाको बातावरण साच्चै नै रमणीय बन्न पुगेको थियो । उद्घोषक तथा आयोजकका तर्फबाट बोल्ने क्रममा दिपक बिष्टले गरेका जोशिला भाषणले अधिबेसनलाई निकै तताएको थियो यसै क्रममा बिष्टले, आफ्नो पार्टीले महान जनयुध्दका भाव र मर्म बिर्सेर नेतृत्व तह सुविधाको दल दलमा फसिरहेको पनि आरोप लगाउदै युध्दकालका घाइते तथा बिर महान शहिदहरु प्रति र परिवारलाई पार्टीले उपेक्षित गरेको गुनासो पनि गरेका थिए । उद्घाटन सत्रको समाप्ति पछि नयाँ नेतृत्व चयन गर्न अधिबेसन बन्द सत्रमा प्रबेस गरेको थियो बन्द सत्रको कार्यक्रममा कार्य समिति चयनको लागि तोया दाहाल, मनु भुजेल र कुमार झापालीको संयुक्त निर्बाचन आयोग गठन गरि परिवेक्षेकको जिम्मा सुजन केसी र शिब कोइरालालाई दिईएको थियो ।
नेतृत्व सर्वसहमति नहुने भएपछि चुनावी प्रकियामा जान बाध्य भएको थियो । नेतृत्वको लागि दाबेदारी गर्दै ठाकुर प्रसाद पौडेल, गौतम आम्गाई र दिपक बिष्टले आफ्नो उमेद्दवारी दर्ता गराएका थिए । सबैले सहमतिमा जान आग्रह गरेपछि सहमतिमा सहजता होस् भनि विष्टले उमेद्वारी फिर्ता लिएका थिए । भने पौडेल र अम्गाइ बिच सहमति प्रयास असफल भएपछि मतदान प्रक्रियामा जानु परेको थियो । मतदान प्रक्रियामा वाट ठाकुर प्रसाद पौड्याल अध्यक्ष पदमा बिजय भएका थिए। यसै गरि उपाध्यक्षको दाबेदारीमा ३ जनाको कोटामा ६ जनाले आफुलाई प्रस्तुत गरेका थिए ।
एक जना महिलाको सिट आरक्षण गरिएको उक्त पदमा ३ जना महिलाले दाबी गरेपछि सहमतिमा आउन हम्मे हम्मे परेको थियो तर अन्तमा सबैले दलितको पनि प्रतिनिधित्व हुने गरि अमृता दर्नालकोमा सहमति हुन आग्रह गरेपछि सर्बसहमतिमा अमृता दर्नाल, आइ.पी भटराई र दावा थोकर चुनिएका थिए । यसै गरि महासचिब देब घर्ती, सचिबमा श्याम पराजुली, कोषाध्यक्षमा महिला प्रतिनिधि तारा पौडेल र सहकोषाध्यक्षमा अर्जुन महत सदस्यहरुमा माया न्यौपाने, भिम केसी, कर्मा घोले, राजेन्द्र श्रेष्ठ, गणेश घोरासैनी, बिनोद बाराइली, दिनेश गुरुङ सर्वसम्मत चुनिएका थिए ।