१३ माघ काठमाडौं । विश्व नम्बर एक भिक्टोरिया अजारेन्काले अष्ट्रेलियन ओपन टेनिसको उपाधी जितेकी छिन् ।
शनिबार सम्पन्न फाइनलमा चीनकी ली नालाई २-१ को सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन अजारेन्काले उपाधी रक्षा गरेकी हुन् । यससँगै उनले विश्व नम्बर एकको बरियता पनि कायमै राखेकी छिन् ।
मेलबर्न पार्कमा पहिलो सेट ६-४ ले जितेकी ली नाले घुँडाको चोटका कारण त्यसलाई निरन्तरता दिन सकिनन् । त्यसको प्रत्यक्ष फाइदा उठाउँदै अजारेन्काले दोस्रो सेट ६-४ ले जितिन् ।
तेस्रो तथा निर्णायक सेटमा पनि लिनाले अजारेन्कालाई कडा चुनौती दिएपनि चोटका कारण उत्कृष्ट पुनरागमन गर्न सकिनन् र तेस्रो सेट ६-३ ले अजारेन्कालाई सुम्पिँदै उपविजेतामा चित्त बुझाइन् ।