फुटबल हिंसामा संलग्न २१ लाई मृत्युदण्ड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

फुटबल हिंसामा संलग्न २१ लाई मृत्युदण्ड

१३ माघ, काठमाडौं । इजिप्टको एक अदालतले एक वर्षअघि फुटबल मैदानमा दंगा गरेको र विपक्षी समर्थकमाथि आक्रमण गरेको अभियोगमा २१ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।

इजिप्टको पोर्ट सेयद स्टेडियममा स्थानीय अल आश्री र कायरोको अल आहली क्लबबीचको लिग खेलका क्रममा भएको हुलदंगामा ७४ जनाको ज्यान गएको थियो । अल अश्रीका समर्थकले विपक्षी समर्थकलाई आक्रमण गर्नुका साथै अल आहली क्लवका खेलाडीलाई लखेट्न मैदानमै प्रवेश गरेका थिए ।

अदालतका न्यायधीशले थप ५२ जना आरोपीमाथिको फैसला भने मार्च ९ तारिखमा सुनाउने बताएका छन् ।

2 Comments on “फुटबल हिंसामा संलग्न २१ लाई मृत्युदण्ड”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु