‘त्रिमूर्ति पुरस्कार’ घनश्याम शर्मालाई :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

‘त्रिमूर्ति पुरस्कार’ घनश्याम शर्मालाई

त्रिमूर्ति निकेतनले ‘त्रिमूर्ति पुरस्कार’ घनश्याम शर्मालाई प्रदान गरेको छ । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि कथा सिर्जनाका माध्यमबाट विशिष्ट योगदान गर्नुहुने शर्मालाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ रहेको छ ।

शर्माकै निबासमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्मा, उपाध्यक्ष प्रा.डा.उषा ठाकुर, त्रिनारीरत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रति र सदस्यसचिव नरेन्द्रराज प्रसाईले शर्माको साहित्यिक योगदानको चर्चा गर्दै हालको स्थितिप्रति दुक्ख व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिमूर्ति निकेतनका कोषाध्यक्ष उषा शेरचनले व्यक्तिगत रूपमा शर्मालाई पाँच हजार रूपियाँ प्रदान गर्नुभयो ।

शर्माको जन्म २०२१ सालमा अछाममा भएको थियो । उहाँका ‘धुलोमा उडेका सपनाहरू’ (२०६०), ‘अभिशप्त समय’ -२०६४) र ‘छिरिङ डोल्मा र अनाम सहिदहरू’ (२०६८) नामक कथाका कृतिहरू प्रकाशित छन् । साथै उहाँका विभिन्न पत्रपत्रिकामा झन्नै १ सय वटा फुटकर रचना प्रकाशित भैसकेका छन् ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका इन्जिनियर घनश्याम शर्मा २०६८ साल बैशाख २६ गतेदेखि अचेतन अवस्थामा हुनुहुन्छ ।

3 Comments on “‘त्रिमूर्ति पुरस्कार’ घनश्याम शर्मालाई”
  • Prakash wrote on 27 January, 2013, 6:52

    Derai ramra Katha haru ka dhani SHARMA prati swasthalabh ko kamana. Sammanita hunu vayako ma badhai.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajendra Thapa wrote on 28 January, 2013, 5:45

    धेरै धरै धन्यवाद छ । यस्तो अवस्थामा पनि कथाकार घनश्याम शर्मालाई त्रिमूर्ति निकेतन गुठीले सम्झेकोमा ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mamata karki wrote on 1 February, 2013, 3:56

    thanks alot

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु