१३ माघ काठमाडौं । पूर्ण बुढा र सुदीप डंगोलले प्रथम राष्ट्रिय मार्सल आर्ट महोत्सवको किक बक्सिङतर्फ शनिबार स्वर्ण जितेका छन् । पुरुषको ७० केजीमा पूर्ण तथा ७५ केजीमा सुदीपले स्वर्ण जितेका हुन् ।
पुरुषको ५० केजीमा प्रकाश विष्ट, ५५ केजीमा नरेन्द्र महर्जन, ६० केजीमा पूर्ण सुनवार तथा ६५ केजीमा देवेश श्रेष्ठ पहिलो भए । महिलाको ५० केजीमा कमला श्रेष्ठ तथा ५५ केजीमा निरु दुवालले शीर्ष स्थान कब्जा गरे । नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघद्वारा आयोजित महोत्सवको आईटीएफ तेक्वान्दोको पुरुष २०-२५ केजीमा सुनील लामा, २६-३० केजीमा सम्राटदीप राउत, ३१-३५ केजीमा विशाल महर्जन तथा ३६-४० केजीमा अनुज भारती पहिलो भए ।
महिलाको २०-२५ केजीमा आकृति कुँवर, २६-३० केजीमा मुस्कान राजथला, ३१-३५ केजीमा निश्मा बस्याल तथा ३६-४० केजीमा विनिता तिमल्सिनाले स्वर्ण जिते । टंगिलमोडाको पुरुष २५ केजीमा अजय लामा, ३० केजीमा आदर्श लिम्बू, ३५ केजीमा दीपेन्द्र चौधरी, ४० केजीमा रवि राना तथा ४५ केजीमा अनिल खड्का पहिलो भए ।
महिलाको २५ केजीमा दुर्गा शाही, ३० केजीमा जगा सिंह, ३५ केजीमा विनिता पुलामी तथा ४० केजीमा कमला उखेताले स्वर्ण चुमे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महोत्सवअन्तर्गत प्यान्क्रेसनको पुरुष २५-३० केजीमा आशिष मगर, ३०-३५ केजीमा मनीष कार्की, ३५-४० केजीमा वाङछे शेर्पा, ४०-४५ केजीमा सुगम बन्जारा, ४५-५० केजीमा विजय खड्का, ५०-५५ केजीमा प्रवेश कुमाल, ५५-६० केजीमा सुशान्त थापा तथा ६०-६५ केजीमा साजन शाही पहिलो भए ।
तीनदिने महोत्सवमा ६ सय खेलाडीले ९० स्वर्ण, ९० रजत र १ सय ४० कांस्य गरी जम्मा ३ सय २० पदकका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।