फोन अनलक गर्नु अब ‘गैरकानुनी’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

फोन अनलक गर्नु अब ‘गैरकानुनी’

के तपाई कुनै ‘सर्भिस अट्याच’वाला स्मार्टफोन ‘अनलक’ गरेर चलाउने बिचार गर्दैहुनुहुन्छ ? यदि त्यसो गर्दै हुनुहुन्छ भने त्यस्तो काम गैरकानुनी ठहर्ने छ । तपाईले अदालतमा मुद्दा खेप्नुपर्ने छ र २ हजारदेखि ५ लाख डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

खासगरि अमेरिका लगायत बिकशित मुलुकमा अहिले बिभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीहरुले सस्तो दरमा सर्भिस अट्याचवाला स्मार्टफोन बेच्दै आएका छन् । यस्तो फोन किन्ने ग्राहकले सम्झौता अबधिभर किस्ताबन्दीमा कमभन्दा कम रकम तिरेर चलाउन पाउँछन । तर, अनलक गरेर अर्को सेवा प्रदायकको सिम राख्न पाउँदैनन् ।

तर, पछिल्ला दिनमा यसरी सेवा अबधि नसकिदै अनलक गर्ने र सस्तो मूल्यमा तेस्रो मुलुकमा पठाउने चलन बढेको थियो ।

शनिवारदेखि अमेरिकामा लागू भएको डिजिटल कपिराइट कानुनअनुसार अब यसरी अनलक गर्नु अपराध मानिने छ । ‘डिजिटल मिलेनियम कपीराइट एक्ट’ले सेवा प्रदायकको अनुमति बेगर फोन अनलक गर्नुलाई गैरकानुनी हुने ब्यबस्था गरेको छ ।

तर, तपाईले पहिलै नै फोन अनलक गर्नुभएको छ भने तपाईलाई कुनै समस्या नपर्ने एवीसी न्यूजले जनाएको छ । यस्तो ब्यबस्थालाई अमेरिकी डिजिटल अधिकारसम्बन्धी बिज्ञले आलोचना गरेका छन् । ‘ग्राहकले पैसा हालेर किनेको चिजलाई उनीहरुले जे चाह्यो त्यो गर्न पाउनुपर्छ’ रिबेका ज्याक्हेले भने-’यो राम्रो कानुन हैन् ।’

नयाँ नियमबाट टेलिफोन सेवा प्रदायकहरु भने खुसी छन् । यसले गर्दा उनीहरुको ग्राहक सेवा अबधि नसकिदै अन्त सर्ने सम्भावना कम हुनेछ । नयाँ कानुनअनुसार अब टेलिफोन सेवा प्रदायकले अनलक गर्ने ग्राहकबिरुद्ध मुद्दा हाल्न सक्नेछन् । अपराधिक प्रयोजनका लागि अनलक भएको पाइए अपराधिक मुद्दाकै रुपमा कारवाही हुने छ ।

सोसल मिडिया तथा डिजिटल मिडिया कानुनबारे ज्ञाता ब्राड सेरका अनुसार सेवा प्रदायकले उपभोक्ताबिरुद्ध मुद्दा हालेमा कम्तीमा २ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्छ । अनलक गरेका फोन बेच्ने बिक्रेतालाई करिव ५ लाख डलर जरिवाना र जेल सजायँसम्म हुनसक्छ ।

तर उनले टेलिफोन सेवा प्रदायक कम्पनीहरु यति आक्रामकरुपले उपभोक्ताविरुद्ध लाग्लान र मुद्दा हाल्न तम्सिएलान भन्ने नलागेको बताए ।

3 Comments on “फोन अनलक गर्नु अब ‘गैरकानुनी’”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु