गरिब विद्यार्थीले अनुदान सहयोग नपाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गरिब विद्यार्थीले अनुदान सहयोग नपाउने

१४ माघ, काटमाण्डौं । उच्च माध्यमिक विद्यालय र स्नातक तह अध्ययनका लागि गरिब विद्यार्थीलाई वितरण हुँदै आएको ठूलो रकमको अनुदान सहयोग आगामी बर्षदेखि समाप्त हुने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत गरिब विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्न विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिद्धारा अनुदान वितरण हुँदै आएको थियो ।

अहिलेसम्म कोषबाट १० करोड रुपैयाँ अनुदान सहयोग वितरण भएको छ । त्यस्तै सात करोड रुपैयाँ वितरणको तयारी अवस्थामा छ । तर, आगामी जनवरीदेखि सकिन लागेको कार्यक्रमको कुनै विकल्प खोजिएको छैन् । समितिका पदेन अध्यक्ष रहेको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर गणेशमान गुरुङले अहिलेसम्म अर्को विकल्प तयार नभएको बताए ।

यस आर्थिक बर्षमा भने समितिले १५ करोड २६ लाख ९९ हजार रुपैयाँ वितरण गर्ने लक्ष्य राखेको समितिका निर्देशक प्रकाश घिमिरेले जानकारी दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु