१४ माघ, काटमाण्डौं । कतिपय सरकारी कर्मचारीलाई काम र जातअनुसार राँगाको जिब्रो, कान, थुतुनो, आँखा र गाला पारिश्रमिकबापत दिईदै आएको छ भन्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । तर, संस्कृति मन्त्रालयअन्तर्गत पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका कर्मचारीले आजपर्यन्त पारिश्रमिकस्वरुप राँगाको यस्तै अंग पाउँदै आएका छन् ।
पशु अंग भाग पाउने कर्मचारीले नोकरीको स्थायित्व र सरकारका अन्य कर्मचारीसरह तलब, बिदा तथा भत्ता सुविधाबारे बर्षौदेखि गर्दै आएको मागप्रति भने कहिल्यै पनि सम्बद्ध निकायले सुनुवाई नगरेको गोरखापत्र दैनिकमा खबर छ ।
काम अनुसार अमालकोट कचहरीका द्धारेलाई राँगाको जिब्रो, जयबागेश्वरीका पुजारीलाई राँगाको देब्रे आँखा र थुतुनो, पञ्चप्रधानलाई दाहिने आँखा, वनडिठ्ठालाई कान र कार्यरत महानेलाई राँगाको दायाँ र बायाँ गाला दिइने गरेको छ ।
Chahine kura po garnu parchha….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
haina kasto khal ko aachama ko talab
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो सम्भवत : पृथ्वी नारायण शाहको पाला देखि चल्दै आएको सामन्ती प्रथाको निरन्तरता हो ! आजको युगमा राँगाको नाक, कान, आँखा, जिब्रो, पुच्छर जस्ता अंगहरु भाग लगाएर कर्मचारीलाई दिने चलनले प्रशासनिक व्यवस्थामा अझै पनि असभ्यताको परिचय दिन्छ ! एकाईसौं सताव्दीमा पनि यस्तो प्रथा कायम राख्नु भनेको एकदमै लाजमर्दो कुरा हो ! अत : यस्तो असभ्य चलनलाई तत्काल हटाएर चाडबाडको बेलामा त्यहाँ कार्यरत कर्मचारीहरुलाई पनि अन्य कर्मचारी सरह बिदा लगायत अतिरिक्त पारिश्रमिक सुबिधा दिने ब्यवस्था कार्यान्वयन गर्न सम्वन्धित निकायको ध्यान जान जरुरि देखिन्छ !
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
youta tauko ley 4 karmachari k khelo ho yaar……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
haahahaahahhahahahahaha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]