कापी कलम किन्न पढाई छोडेर भारी बोक्छन विद्यार्थी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कापी कलम किन्न पढाई छोडेर भारी बोक्छन विद्यार्थी

१४ माघ, उदयपुर । सरकारी विद्यालयमा १० कक्षासम्मै शुल्क तिर्नु पर्दैन, पाठ्यपुस्तक निःशुल्क छ तर घरखर्च र कापी कलम जुटाउन उदयपुरको विकट गाउँका अधिकांश विद्यार्थी हिउँदमा पढाई छाडेर भरिया बन्ने गरेका छन् ।

विकट क्षेत्रका दर्जनभन्दाबढी गाविसका कक्षाकोठा यो समयमा खाली हुन्छन् । विद्यालय आउने गरिब बालबालिका फलफूल, तरकारी र अन्य भारी बोकेर सहरबजार जान्छन् । पढाइमा ध्यान नदिँदा ती क्षेत्रका विद्यालयमा उत्तीर्ण प्रतिशत पनि कम रहेको कारोबार दैनिकमा खबर छ ।

कमाएर परिवारमा आर्थिक सहयोग गर्नुपर्ने र वर्षभरिको पढाई खर्च जुटाउनुपर्ने ध्येयले उनीहरुलाई पढ्ने रहर मारेर भारी बोक्नुपर्ने बाध्यता छ । कतिपयले बिरामी बोकेरसमेत पढाई खर्चको जोहो गर्छन ।

जिल्लाकै विकट भनेर चिनिने नामेटार, बाराहा, आँपटार, बलम्ता, जाँते, लाफागाउँ, लिम्पाटार, रौतालगायत बालबालिका कलिलै उमेरमा ढाकर बोक्न बाध्य भएका छन् ।

2 Comments on “कापी कलम किन्न पढाई छोडेर भारी बोक्छन विद्यार्थी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु