एक्लै २५ गाई स्याहार्छन् रेशम :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एक्लै २५ गाई स्याहार्छन् रेशम

१४ माघ, पोखरा । ‘खुरुक्क विदेश नगएर किन गोबर सोहोरेर बसेको होला,’ केही छिमेकी र इष्टमित्रको भनाईप्रति उनी कुनै वास्ता गर्दैनन् । ‘विदेश भन्नमात्र हो,’ बर्षौ वितेशमा बिताएर पनि असन्तुष्ट ३८ बर्षका रेशम गुरुङ भन्छन् ‘गरे यही हुँदो रहेछ, पहिला विदेश, विदेश भनेर गल्ती गरिएछ ।’

लेखनाथ १ खल्यार्ड गाई फार्म खोलेका उनले २५ गाई पालेका छन् । सबैकाम उनी र श्रीमती शर्मिलाले मात्रै गर्छन् । स्कुलको पढाई नभ्याउँदै उनी १८ बर्षको उमेरमा विदेश हानिए ।

खाडी मुलुकमात्र हैन, कोरिया, थाइल्याण्ड, मलेसिया र इराक पनि पुगे । तर पैसा कमाउनुको सट्टा विभिन्न हन्डर ठक्कर पाएपछि उनी व्यावसायिक गाई पालनमा लगेका हुन् । ‘उमेरमै विदेश गएर कमाएकार बुढेसकाललाई जोहो गरौं भन्ने थियो,’ उनी भन्छन् ‘तर सोचेजस्तो रहेन छ, यहीँ केही गरौं भनेर गाई पालनमा लागेको हुँ ।’ उनी इराक पुगेका बेला हर्निया भएको र नेपाल फर्किएर अप्रेसन गरेपछि फेरि जानेक्रममा झन्झट बेहोर्नु परेपछि व्यवसाय थालेको बताएका छन् ।

आफ्नै २० रोपनी जग्गामा पहिला उनले एक दुईवटा गाई पालेका थिए । पछि प्राविधिकलाई भेटेर सल्लाह लिएपछि उनले तीनबर्ष पछि यसलाई व्यवसायीक रुप दिएको कान्तिपुर दैनिकमा खबर छ । अहिले रेशमले ११ दुहुना, ८ व्याउने गाईछन् भने अन्य बाछा बाछी रहेका छन् ।

5 Comments on “एक्लै २५ गाई स्याहार्छन् रेशम”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु