आज मिति २०६९ साल माघ महिनाको १४ गते आइतबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले एकीकृत नेकपा माओबादी अध्यक्ष प्रचण्डले बैशाखमा चुनाब हुने सुनिश्चित भए सरकार छाड्न तयार भएको बताउनु भएको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराइले जेठ दोस्रो साताभित्र निर्बाचन गर्न अझै सम्भव भएको बताउनु भएको छ, भन्दै समाचारपत्र दैनिकले प्रमुख समाचार छापेको छ । कान्तिपुर दैनिकले हेलिकप्टर सवारीमै प्रधानमन्त्रले २ करोड खर्च गरेको भन्दै प्रमुख समाचार छापेको छ । नागरिक दैनिकले ‘महाधिवेशनबाट क्रान्तिको नयाा दिशा’ गठबन्धनमा धारणा बाझिँदै लगायतका समाचारलाई प्रमुख ;mमाचारकारुपमा छापेको छ ।