१४ माघ, काठमाण्डौ । नेपाः राष्ट्रिय पार्टीले डा केशवमान शाक्यको अध्यक्षतामा ४६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । पार्टीको प्रथम महाधिवेशनले डा शाक्यलाई पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।’हाम्रो आफ्नो शासन नेवाः स्वशासन’ भन्ने नाराका साथ शुक्रबार सुरु भएको सो महाधिवेशनले जनताको राष्ट्रवाद, राज्यको पुनःसंरचनामा पाँचवटा भौगोलिक प्रान्त तथा १६ जातीय प्रदेश कायम गर्न पार्टी क्रियाशील रहने निर्णयसमेत गरेको छ ।
नवनिर्वाचित अध्यक्ष डा शाक्यले केही दिनमा पार्टीको बैठक बसेर केन्द्रीय समितिका सदस्यबाट त्यसको जिम्मेवारी तोकिने बताउनुभयो ।उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्थामा दल र समुदायबीच राजनीतिक तथा सामाजिक संवादको माध्यमबाट राष्ट्रिय सहमति कायम गर्न पार्टीले भूमिका खेल्ने उल्लेख गर्नुभयो । त्यसैगरी धर्म निरपेक्ष, गणतन्त्र, सङ्घीयता, समावेशी र सामाजिक न्यायका पक्षधरसँग गठबन्धन गरी मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि नेपाः पार्टी दृढ भएर लाग्ने अध्यक्ष डा शाक्यले बताउनुभयो । रासस