त्रिलोचन कोइराला
अबुधाबी । प्रबासमा स्थापना भएका संघसस्थाहरुले साझा सबालमा सहकार्य गर्दै निष्कर्षका लागि आफ्नु गतिबिधि गर्नु पर्ने एक अन्तरक्रियाका सहभागीहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ युएई शाखाले युएर्इमा विभिन्न उदेश्यले संस्था स्थापना गर्ने र स्थापना भएका सस्था क्रमस निष्कृय हुने क्रम बढेकोकाले शुक्रवार दुबईको सिन्धापन्जब होटलमा भएको युएर्इका संघसंस्थाको अवस्था र औचित्य बिषयमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले युएर्इका संघसंस्थाहरुले सहकार्य निष्कर्ष तथा एकतामा जोड दिनुपर्ने बताएका हुन् ।
अन्तरक्रियामा बोल्ने अधिकांश बक्ताहरुले प्रवासि नेपालीहरुले बिभिन्न उदेश्यले सात दर्जन बढि संघसंस्था स्थापना गरेपनि एक दर्जन जति मात्र संघसंस्था युएर्इमा सकृय रहेका निष्क्रिय संस्थाको संख्या बढि रहेको बताए । युएर्इमा राजनीतिक, जातीय, धार्मिक, साहित्यिक, क्षेत्रीय लगायतका संघसंस्था स्थापना भएपनि युएर्इमा उदेश्य अनुरुपले संघसंस्था संचालित नभएको बक्ताहरुले बताउँदै अब संघ संस्था किन खोलियो किन निष्कृय भयो खोजि गरिनु पर्ने बताएका छन् ।
अन्तरक्रियामा संस्थाको नामबाट गलत क्रियाकलाप बढेको संघसंस्थाहरुलाई रेखदेख गर्नु पर्ने नेपाली समाजलाई परिमार्जित गरेर अधिकार सम्पन छाता संस्था बनाउनु पर्ने , जनसंख्या बडे संगै सेवामुलक संघसंस्था खोलिनु पर्ने भएपनि यहाँ संघसंस्थामा राजनीति बडी भएको,,समाजमा प्रतिस्ठा कमाउन संस्था खोल्ने प्रचलन रहेको तर नाम भन्दा काममा मुल्यांकन गरिनु संस्थाहरुलाई उद्धेश्यका तथा उनीहरुको गतिबिधिका आधारमा राम्रो नराम्रो छुट्याउनु पर्ने , प्रबासमा सेवाको लागि मात्र संस्था स्थापना गरिने हुँदा पदको लडाई गर्ने नेतृत्वहरूले आत्मालोचना गर्दै नेतृत्व हस्तान्तरण तथा उत्पादन गरिनुपर्ने, सस्था व्यक्तिवादी भन्दा समाजबादी हुनुपर्ने सेवामुलक कार्यक्रम भन्दा प्रचारमूलक कार्यक्रम बढि गर्न नहुने लगाएतमा आवाज उठेका थिए ।
यूएर्इका लागि नेपाली राजदूतावासका महामहिम राजदूत धनाझय झाको प्रमुख आतिथ्य, नेपाल विश्व सहयोग महासँघका अन्तर्राष्ट्रिय अध्यक्ष मणि नेपालीको बिशिष्ठ आथित्यमा सम्पन्न अन्तरक्रियामा युएर्इमा क्रियाशील दुर्इ दर्जन बढि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । शाखा अध्यक्ष अर्जुन दाहालको सभापतित्व भएको कार्यक्रमको सञ्चालन भने सचिब निमेष गिरीले गरेका थिए ।
ak dam good hami laini in famganu hola hajur
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]