गरिबी न्यूनीकरणसम्बन्धी कार्यक्रम प्रभावकारी वनाउन निर्देशन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

गरिबी न्यूनीकरणसम्बन्धी कार्यक्रम प्रभावकारी वनाउन निर्देशन

 १४ माघ, काठमाण्डौ । गरिबी न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन तथा कार्यक्षेत्रमा सुधार ल्याउन आवश्यक सुझावसहितको प्रस्ताव तयार गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कोष सञ्चालक समितिको बैठकले कोषको सचिवालयलाई शीघ्र प्रस्ताव तयार गर्न निर्देशन दिएको हो ।

 कोषका उपाध्यक्ष युवराज पाण्डेका अनुसार कोषका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै गरिब वर्गसम्म त्यसको प्रतिफल पुर्‍याउने गरी सुझाव प्रस्ताव तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । गरिबी न्यूनीकरणका निम्ति कार्यरत सरकारी एवम् गैर सरकारी निकायहरूसँग समन्वय गर्दै कार्यक्रममा दोहोरोपन आउन नदिन कोषले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्रीले बैठकमा जोड दिनुभएको उहाँले बताउनुभयो ।

 सरोकारवालाहरूसँग छलफल गरी चाँडोभन्दा चाँडो प्रस्ताव तयारीमा कोषको सचिवालय जुट्ने जानकारी पनि उपाध्यक्ष पाण्डेले दिनुभयो । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु