प्रतिबद्धता पूरा गर्न उपाध्यक्ष क्षेत्रीको आग्रह :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रतिबद्धता पूरा गर्न उपाध्यक्ष क्षेत्रीको आग्रह

 १४ माघ, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक उन्नयनमा सघाउन गरिएका प्रतिबद्धता पूरा गर्न विश्व व्यापार सङ्गठनका सदस्य मुलुकहरूलाई आग्रह गर्नुभएको छ ।

 स्विटजरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक मञ्च बैठकको क्रममा शनिबार भएको वाणिज्य मन्त्रीहरूको बैठकमा नेपाली प्रतिनिधिमण्डलका क्षेत्रीले व्यापार विस्तारसँगै गरिबी घटाउने र भोकमरीबाट अतिकम विकसित मुलुकलाई मुक्त गर्ने सङ्गठनको प्रतिबद्धता पूरा हुन नसकेको बताउनुभयो ।

 संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित स्थायी नेपाली नियोगका अनुसार उपाध्यक्ष क्षेत्रीले बजार सम्मको पहुँच, गैरकर व्यवधान, निषेधात्मक उत्पत्तिको प्रमाण, व्यापारसम्बन्धी भौतिक पूर्वाधारको अभावले अतिकम विकसित मुलुकको व्यापारको संभावनालाई नराम्ररी प्रभावित पारेको बताउनुभयो ।

 विश्व व्यापारमा अतिकम विकसित मुलुकहरू ज्यादै पछाडि परेको स्मरण गराउँदै उहाँले समावेशी, विकासमैत्री एवम् बहुपक्षीय व्यापार पद्धतिमा आधारित वाणिज्य-व्यापारलाई नवौं मन्त्रीस्तरीय बैठकले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको उक्त नियोगले आइतवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु