ब्राजिलको रात्रिकालिन क्लबमा आगलागी हुँदा २ सय ४५ को मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ब्राजिलको रात्रिकालिन क्लबमा आगलागी हुँदा २ सय ४५ को मृत्यु

१४ माघ, काठमाडौं । ब्रजिलको दक्षिणी शहर शान्टामारियास्थित एक रात्रिकालिन क्लबमा आगलागी हुँदा कम्तीमा २ सय ४५ जनाको मृत्यु भएको छ । आगलागीमा परी सयौं घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

स्थानीय मिडियाका अनुसार स्टेजमा फायरबर्कको प्रदर्शन भइरहेका बेला आगलागी सुरु भएको थियो । २ हजार मानिस सहभागी हुन सक्ने क्लब आगलागीको समयमा भरिभराउ थियो ।

क्लबबाट बाहिर निस्कने एउटामात्रै ढोका भएका कारण धेरैको निसास्सिएर र भौगदौडका क्रममा कुल्चिएर मृत्यु भएको हुन सक्ने बताइएको छ । अग्नि नियन्त्रकहरुले क्लबको पर्खाल भत्काएर उद्धार गरेका थिए ।

क्लबमा अधिकांश विश्वविद्यालयका छात्रहरु रहेको अनुमान गरिउको छ । अहिले आगो नियन्त्रणमा आएससकेकेा छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु