भारतविरुद्धको इङ्ग्ल्याण्ड ७ विकेटले विजयी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भारतविरुद्धको इङ्ग्ल्याण्ड ७ विकेटले विजयी

१४ माघ, काठमाडौं । भारतविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेट इङ्ग्ल्याण्डले ७ विकेटले जितेको छ । यससँगै श्रृखला भारतलाई सुम्पिसकेको इङ्ग्ल्याण्डले पाँच एकदिवसीय श्रृखला २-३ मा सकेको छ ।

भारतले प्रस्तुत गरेको २ सय २७ रनको विजयी लक्ष्य इङ्ग्ल्याण्डले इयान बेलको शतकको मदतमा ४७ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । बे्लले अविजित १ सय १३ रन बनाए भने इयान मोर्गान ४० रनमा अविजित रहे ।

धर्मशालामा पहिले व्याटिङ थालेको भारतले अन्तिम २ बल बाँकी छँदा सबै विकेटथुमाएर २ सय २६ रन बनाएको थियो ।

खराव सुरुवात गरेको भारतको पारी सुरेश रेनाले सम्हालेका थिए । उनले ८३ रन बनाए । भारतलाई मध्यम स्कोरमा समेट्ने क्रममा टिम ब्रेसननले ४ तथा स्टीवन फिन र जेसी ट्रेडवेलले २-२ विकेट लिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु