सुनचाँदीको मूल्य घट्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सुनचाँदीको मूल्य घट्यो

१४ माघ, काठमाण्डौ । साताको कारोवार हुने पहिलो दिन  आइतवार सुनचाँदीको भाउ घटेको छ । गत साताको तुलनामा छापावाल सुनको प्रतितोला ८ सय रुपैयाँले घटेको आइतवार प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसअघि गत साता छापावाल सुन प्रतितोला ५८ हजार ६ रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी तेजावी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेको छ । गत प्रतितोला ५८ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको तेजावी सुन आइतवार घटेर ५७ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा कमी आएको हुँदा नेपालमा पनि मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । विवाह व्रतबन्ध लगायतका शुभसाइत तथा लगनको मौसम भएकाले बजारमा दैनिक ४० किलो सुनको माग रहेको भए पनि दैनिक १५ किलोमात्र सुन आपूर्ति हुने गरेको संघले जनाएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ गत साता प्रतितोला ११ सय ३० रुपैयाँमा कारोवार भएको चाँदी आइतवार प्रतितोला २० रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ ।

One Comment on “सुनचाँदीको मूल्य घट्यो”
  • प्रविण कुमार के.सी. wrote on 28 January, 2013, 8:52

    गरिबलाई सुनको भाउ घटेर के फाईदा हुन्छ र बरु सकिन्छ भने नुनको भाउ घटाईदिनु नि ।

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु