१४ माघ, काठमाडौं । शहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लीग फुटबल सोमबारबाट सुरु हुँदैछ । राउण्ड रोबिन लीगको आधारमा संचालन गरिने प्रतियोगितामा १३ क्लबले भाग लिनेछन् ।
लिग विजेताले ४ लाख पुरस्कार पाउने छ भने उपविजेताले २ लाख, तेस्रोले १ लाख र चोथो हुनेले ५० हजार पाउने छन् । उत्कृष्ट किपर, डिफेन्स, फरवार्ड, मिडफिल्ड र प्रशिक्षकलाई जनही २५ हजार दिइनेछ भने सहभागी टिमलाई तयारी बापत एक लाख पचास हजार प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
शसस्त्र प्रहरी बलको खेल मैदान, हल्चोकमा हुने उद्घाटन खेलमा पुल्चोक स्पोर्टसले कुमारी क्लबको सामना गर्नेछ भने अर्को खेलमा च्यासल र सातदोवाटो युवा क्लब आमने सामने हुनेछन् ।