१४ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन रियल मडि्रडले क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा गेटाफेलाई पराजित गरेको छ ।
आइतबार भएको एक पक्षिय खेलमा रियलले ४-० को जित निकालेको हो । रियलले चारै गोल दोस्रो हापमा गरेको थियो । ५३ औं मिनेटमा सर्जिओको गोलबाट अग्रता लिएको रियल मडि्रडका रोनोल्डोले ६१ औं मिनेटमा अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ११ औं मिनेटभित्र तेस्रो गोल गर्दै हृयाट्रिक पुरा गरे ।
जितपछि रियल मडि्रडको २१ खेलबाट ४३ अंक भएको छ । लिग लिडर बार्सिलोनाभन्दा रियल अझै १२ अंकले पछि छ । २० खेलबाट ५५ अंक जोडेको बार्सिलोनाले ओसासुनासँग खेल्दैछ ।