सशस्त्रमा जागिर लगाइदिने भन्दै पैसा असुल्न खोज्ने पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

सशस्त्रमा जागिर लगाइदिने भन्दै पैसा असुल्न खोज्ने पक्राउ

१४ माघ, धरान । सशस्त्र प्रहरी जवानमा जागिर लगाइदिने भन्दै पैसा असुल्न लागेको आरोपमा प्रहरीले विनोदकुमार पोखरेललाई पक्राउ गरेको छ ।

पाँचथरको नवमी डाँडाका लक्ष्मण घिमिरेबाट ५० हजार रुपैयाँ लिन लागेको अवस्थामा उदयपुरको कटारी ४ घर भई इटहरी ५ मा बस्ने २६ वर्षीय पोखरेललाई पक्राउ गरेको हेा । शुक्रबार राति पक्राउ परेका उनलाई आईतबार जिल्ला प्रसासन कार्यालयबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

पैसा लिन लागेका बेला प्रहरीले पोखरेलसहित तीन जनालाई पक्राउ गरेपनि दुई युवा खानपानमा मात्र सहभागी भएको भन्दै विनेादकुमारलाई मात्र कारबाही चलाएको छ । उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु