प्रचण्ड र बाबुराम दुबै पदलोलुप :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रचण्ड र बाबुराम दुबै पदलोलुप

-मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल

एमाओवादी अध्यक्ष प्रचण्डले यसैसाता मोहन वैद्यलाई ‘दोस्रो मोहनविक्रम सिंह’ को संज्ञा दिनुभएको थियो । तर, वास्तविक मोहनविक्रम सिंहले चाहिँ प्रचण्ड, बाबुराम र मोहन वैद्यलाई के भन्नुहुँदो हो ? सिंहको आरोप छ- वैद्य र राजावादीहरु एकठाउँमा उभिन्छन् । अनलाइनखबरले नेकपा मसालका महामन्त्री सिंहसँग एमाओवादी, माओवादी र मुलुकको तत्कालीन राजनीतिक स्थितिबारे कुराकानी गर्दा उहाँले भन्नुभयो-’प्रचण्ड र बाबुराम माक्र्सवाद लेनिनवादबाट धेरै तल गिरिसकेका छन् ।’ 

अहिले सरकारमा एमाओवादीले खेलेको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–अहिले संविधानसभा नभएको अवस्थाबाट फाइदा उठाएर उनीहरु यो सत्तालाई लामो समयसम्म कायम राख्ने र लम्ब्याउने प्रयत्न गरिराखेका छन् । उनीहरु राष्ट्रिय सहमतिको सरकार बन्न दिँदैनन् । सहमतिको सरकार नबने चुनाब हुँदैन । अध्यादेशमार्फत् राष्ट्रपतिलाई दबाव दिएर उनीहरु आफ्नो शासन लम्ब्याउन चाहन्छन् । उनीहरुको यो कार्यप्रणालीले लोकतन्त्रलाई मात्रै होइन, स्वयं उनीहरुलाई पनि फाइदा गर्दैन । यसबाट भोलि कुनै पनि दिशाबाट नयाँ शक्तिहरु पैदा हुन सक्छन् र बहुदलीय प्रणालीलाई, माओवादीलाई र हामी सबैलाई खत्तम गर्न सक्छ । त्यसैले उनीहरुले अहिले जुन प्रकारको नीति अपनाइरहेका छन्, यो गम्भीर प्रकारको गल्ती हो ।

सेना र एमाओवादीवीच सम्बन्ध सुधि्रन थालेको बताइँदैछ, उनीहरुले कुनै पनि बेला ज्ञानेन्द्रसँग मिलेर लोकतन्त्र मास्ने सम्भावना छ कि छैन ?

–एमाओवादी भनेको अवसरवादी र ‘क्यारिअरिस्ट’ हो । उनीहरुले कुनै सिद्धान्त र नीतिका आधारमा काम गर्दैनन् । आफ्नो क्यारिअर बनाउनका लागि जुनबेला, जुन शक्तिसँग पनि मिल्न सक्छन् । हामीले यो कुरा बारम्बार भन्दै आएका छौं । जो सँग सिद्धान्त हुन्छ, उसले सिद्धान्त मिल्नेसँगमात्रै सहकार्य गर्छ, तर जो अवसरवादी छ, ऊ जोसित पनि मिल्न सक्छ । उदाहरण त हाम्रै अगाडि छँदैछ, विगतमा यिनीहरुले राजावादीसँग मिलेर बहुदलीय व्यवस्था मास्न प्रयत्न गरे । भारतसँग मिलेर आफ्नो फाइदा उठाउने प्रयत्न गरे । अमेरिका गएका बेला नेपालमा दुईसय वर्ष समाजवाद आउँदैन भने । यी सारा चिजले गर्दा यिनीहरु कुनै पनि बेला कुनै पनि समूहसित मिल्ने सम्भावनालाई हामी अस्वीकार गर्दैनौं ।

एमाओवादीले सत्ता कब्जा गर्ला त ?

–यो उनीहरुको अपरिपक्व सोचाइ हो । दाङमा हतियार कब्जा गरेका बेला उनीहरुले काठमाडौं कब्जा गर्ने कुरा गरेका थिए । त्यसपछि प्रचण्ड सरकारमा भएका बेला सेनापति रुक्माङ्गद् कटवालका टाउँमा कुलबहादुर खड्कालाई ल्याएर सत्ता कब्जा गर्न खोजेका थिए । त्यसमा पनि सफल भएनन् । यिनीहरु सोच्न त सोच्छन्, तर सोच्दैमा त्यो पूरा हुन सक्दैन । उनीहरु अपरिपक्व किसिमले सोच्छन् । तर, यसरी लोकतन्त्रलाई कमजोर पार्ने काम गरियो भने यसको फाइदा प्रतिक्रियावादी र विदेशी शक्तिहरुले उठाउँछन् ।

तपाईहरु कांग्रेस, एमालेसहित ९ दलको संयुक्त आन्दोलनमा हुनुहुन्छ, कहिले आन्दोलन सफल होला ?

–समयबारे अहिले हामीले केही पनि विश्लेषण गरेका छैनौं ।

आन्दोलन दीर्घकाल जान्छ कि चाँडै टुंगिन्छ ?

–अहिले आन्दोलनको पक्ष अत्यन्तै कमजोर छ भन्ने हाम्रोे विश्लेषण रहेको छ । लोकतान्त्रिक आन्दोलनको पक्षमा भएका शक्तिहरु अहिले विभाजित छन् । स्वयं नेपाली कांग्रेस र एमालेको ठोस नीति र भूमिका छैन । यसले गर्दा आन्दोलनले छिटै सफलता हासिल गर्छ भन्ने देखिन्न ।

आन्दोलनमा के कमजोरी देखिएका छन् ? यसलाई सुधार्ने उपाय के हो ?

–आन्दोलनको विषयमा कांग्रेस र एमालेसँग ठोस कार्यक्रम छैन । उनीहरुमा ढुलमुल प्रकारको चरित्र छ । हामी कांग्रेस एमालेसँग आन्दोलनमा सहकार्य गरिरहेको भए पनि वैद्य पक्षलाई समेत भट्टराई सरकारविरुद्ध आन्दोलनमा लिएर जानुपर्छ भन्ने हाम्रो सोचाइ छ । वैद्य पक्ष राष्ट्रियताको पक्षमा आन्दोलनमा आउँछ भने लिएर जानुपर्छ भन्ने हाम्रो सोचाइ रहे पनि उनीहरुलाई संयुक्त आन्दोलनमा आउन अप्ठ्यारो परेको छ । यिनीहरु प्रचण्डभन्दा पनि बढी जातिवादको कट्टर समर्थक छन् । कांग्रेस, एमालेमा यस्तो छैन । अर्कोतिर हामी संघीयताको विरोध गर्छौं, उनीहरु संघीयताको समर्थन गर्छन् । अर्कातिर डेकेन्द्र थापाको प्रश्नले पनि अप्ठ्यारो पारेको छ । सबै दलहरु डेकेन्द्र हत्याको विरोधमा छन्, वैद्य पक्षले डेकेन्द्रका हत्यारालाई जोगाउन पूरा प्रयत्न गरिराखेका छन् । यसले गर्दा संयुक्त आन्दोलनमा कयौं जटिलताहरु छन् । तैपनि हाम्रो जोड कुनै खास इस्युमा मिलेर संयुक्त आन्दोलनमा जानुपर्छ भन्ने रहेको छ । शुरुमा कांग्रेस, एमालेले पनि हामीलाई संघीयता विरोधी भन्दै मिलेर जान अन्कनाएर आफूले मात्रै आन्दोलन घोषणा गरेका थिए ।

आन्दोलनमा देखिएको यस्तो जटिलताको फाइदा एमाओवादीलाई पुग्छ होला होइन ?

–यसको फाइदा एमाओवादीलाई पुग्छ, एमाओवादीभित्रको अन्तरविरोधको फाइदा अरुलाई पुग्छ ।

कसरी ?

माओवादीभित्रको एउटा समस्या बाबुराम र प्रचण्डवीचको विवाद हो । बाबुराम सत्तामा छन् । तर, उनी सत्तामा भएको प्रचण्डलाई राम्रो लागेको छैन । आफ्नो क्यारिअरिस्ट चरित्रअनुसार प्रचण्ड आफैं प्रधानमन्त्री हुन चाहन्छन् । उनीहरुवीचको यो अन्तरविरोध बाहिरै देखापर्ने गरेको छ । हालै प्रचण्डले सबैले मान्छन् भने म प्रधानमन्त्री हुन तयार छु भने । बाबुरामले यो त ठट्टामात्रै हो भनेर यसलाई अवमूल्यन गरेर प्रचण्डलाई निषेध गरिदिए । बाबुरामलाई हटाएर आफू प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्ने प्रचण्डलाई छ भने बाबुरामचाँहि पार्टीमा आफ्नो पकड कमजोर भए पनि, संविधानसभा नभए पनि भारत र मधेसवादीहरुको समर्थनले टिक्न सकिन्छ भनेर ढुक्क लागेको छ । प्रचण्डले केही पनि गर्न सक्दैनन् भन्ने छ । यो कुरा प्रचण्डले पनि बुझेका छन् । यसले गर्दा उनीहरुवीच भोलि नयाँ प्रकारको अन्तरविरोध पैदा हुने स्थिति देखिन्छ । यही कारण उनीहरु आफ्नो स्थिति मजबुद पार्ने कोशिसमा छन् । बाबुराम लामो समय रहे भने स्थिति मजबुत पार्छन्, त्यसैले यिनलाई हटाउन पाए हुन्थ्यो भन्ने प्रचण्डलाई लागेको छ । यही भएर प्रचण्डले कयौंपटक विकल्प ल्याए, तर बाबुराम सरकारमा रहिरहने पक्षमा छन् ।

एमाओवादी र माओवादीमा के फरक छ ?

–यिनीहरुमा केही वैचारिक भिन्नता छ । तर, यो नै एकमात्रै प्रमुख कारणले पार्टी फुटेको होइन । राजाको प्रश्नलाई लिएर विगतदेखि नै माओवादीभित्र मतभेद रह्यो । विगतमा राजाले विभिन्न कम्युनिष्टहरुलाई आफ्नो नजिक ल्याउने प्रयत्न गरे, जसबाट सबैभन्दा बढी माओवादी प्रभावित बन्यो । राजासँग हाम्रो कार्यगत एकता थियो भनेर माओवादीका नेताहरुले नै स्वीकारिसकेका छन् । वास्तवमा राजाले उनीहरुलाई बहुदलीय व्यवस्थाविरुद्ध उपयोग गरेकै हुन् । त्यसैले माओवादीले बहुदलीय व्यवस्थाविरुद्ध प्रहार गरे, कांग्रेस, एमालेका कयौं कार्यकर्ताहरुको अपहरण र हत्या गरे ।

माओवादीले राजाविरुद्ध दलहरुसँग मिलेर गणतन्त्र ल्याएको हैन र ?

–यिनीहरुले राजाले बढी नै सहुलियत दिन्छन् भन्ने सोचेका थिए । तर, पछि राजाले उपयोग गरेको मात्रै हो भन्ने प्रष्ट भयो । त्यसपछि माओवादीहरु इण्डियातिर झुक्न थाले । इण्डियाले यिनीहरुलाई उपयोग गर्न थाल्यो । माओवादीको अवसरवादी चरित्रले गर्दा उनीहरुलाई कहिले राजाले उपयोग गरे, कहिले इण्डियाले उपयोग गर्यो । तर, त्यसभित्र बाबुराम भट्टराईचाँहि अलिकति गणतन्त्रको पक्षमा देखिन्थे । त्यसपछि चुनवाङ बैठकबाट उनीहरुमा महत्वपूर्ण परिवर्तन भयो । त्यसपछि उनीहरु बहुदलीय व्यवस्थाको विरुद्ध नभई यसको पक्षमा आए । राजतन्त्रको विपक्षमा आए । माओवादीहरु आफ्नो यही नीतिले गर्दा देशमा गणतन्त्र आएको हो भन्ने दाबी गर्छन्, तर हाम्रो दाबी के छ भने उनीहरुको नीति सफल भएको भए नेपालमा गणतन्त्र आउने थिएन, राजतन्त्र नै कायम रहन्थ्यो । किनभने उनीहरुको जोड राजासँग मिलेर बहुदलीय व्यवस्थालाई खत्तम पार्ने थियो । तर, उनीहरुको यो नीति असफल भयो र यतापट्टी आए । उनीहरुको राजनीतिक पराजय भयो । तर, उनीहरुभित्रको ठूलो फोर्सले आन्दोलनलाई मद्दत पुर्‍याएको पक्ष पनि छ ।

यहाँको विचारमा वैद्य, प्रचण्ड र बाबुराममा को ठीक ?

वैद्यहरुको असन्तुष्टि ०६२/०६३ को आन्दोलनप्रति पनि थियो । चुनवाङ बैठक, बाह्रबुँदे सम्झौता सबैमा उनीहरुको असन्तुष्टि थियो । संविधानसभामा वैद्य चुनिएका थिए, पछि राजीनामा दिए । पछि उनीहरुले हामी लोकतान्त्रिक संविधान बन्न दिन्नौं भन्न थाले । अहिले पनि उनीहरु संविधान बनाउने, संविधानसभाको चुनावमा जाने आदि कुरालाई निषेध गरिरहेका छन् । अहिले पनि उनीहरु जनवादी संविधान चाहिन्छ भनिरहेका छन् । यसरी उच्च क्रान्तिकारी कुराहरु गरेर अहिलेका उपलब्धीलाई निषेध गर्ने नीति सही छैन । हामीले के भनेका छौं भने तपाईहरुले जति क्रान्तिकारी कुरा गरे पनि यसले राजावादीलाई मद्दत पुग्छ । र, यही विन्दुमा गएर राजावादी र मोहन वैद्यहरु एकठाउँमा उभिन्छन् । उनीहरुवीच अघोषित कार्यगत एकता हुन्छ । राजावादीहरु पनि यसैगरी अहिलेका उपलब्धीलाई समाप्त गर्न चाहन्छन् । वैद्यहरु पनि यही विन्दुमा जान्छन् र दुबै मिल्छन् ।

प्रचण्ड, बाबुराम नि ?

–प्रचण्ड-बाबुरामहरु माक्र्सवाद लेनिनवादबाट धेरै तल झरिसकेका छन् । जुन प्रश्नमा माओ र खु्रश्चेभवीच वैचारिक संघर्ष भएको थियो, त्यसमा प्रचण्डले माओको पक्ष छाडेर खु्रश्चेभको पक्ष लिइसकेका छन् । प्रचण्डले शान्तिपूर्ण तरिकाले जनवादमा जान सकिने बताएका छन् । दोस्रो, प्रचण्डले बहुदलीय व्यवस्थालाई रणनीतिक हिसाबले समर्थन गछौर्ं भनेका छन् । यो बहुदलीय व्यवस्थालाई समाप्त पारेर नौलो जनवादतिर जानेे हाम्रो प्रयत्न हुनुपर्ने हो । यो वैचारिक प्रश्नमा बैद्यहरुचाहिँ केही सही ठाउँमा भएकाले हामीले उनीहरुलाई समर्थन गरेका छौं । तर, कार्यनीतिक प्रश्नमा अहिले बहुदलीय व्यवस्थालाई समर्थन गर्नुपर्छ । त्यसैले यसमा हामीले बाबुरामको लाइनलाई समर्थन गर्छौं । प्रचण्डको चाहिँ आफ्नो लाइन कहिल्यै रहेन । कहिले वैद्यतिर, कहिले बाबुरामतिर मिलेर आफ्नो स्थिति मजबुद पार्ने खेलमा मात्रै लागे प्रचण्ड । कार्यनीतिक प्रश्नमा सही लाइन भए पनि बाबुरामको लाइन भारतपरस्त छ, त्यसलाई हामी आलोचना गर्छौं । सैद्धान्तिक रुपमा पनि बाबुराम प्रचण्ड तल गिरिसकेका छन्, राष्ट्रियतामा पनि उनीहरुको दृष्टिकोण सही छैन ।

प्रचण्ड, बाबुराम क्यारिअरिष्ट चरित्रका छन् । उनीहरु पदलोलुप छन् । सिद्धान्त र नीतिलाई भन्दा आफ्नो निजी स्वार्थलाई बढ्ता ध्यान दिन्छन् । तल्लो तहका कार्यकर्ताहरु इमान्दार क्रान्तिकारी भए पनि प्रचण्ड, बाबुराममा यसको कमी रहेको छ । प्रधानमन्त्रीबाट राजनीनामा दिएपछि प्रचण्डको नारा एउटै रह्यो, जवसम्म हाम्रो नेतृत्वमा सरकार बन्दैन, तबसम्म संविधान बन्न दिँदैनौं । पछि पनि उनीहरुले संविधान बनाउने कार्यमा बाधा हाल्ने काम गरे ।

दुईवटै माओवादीसँग मिल्ने कुरा पनि छन् कि ?

–प्रचण्ड पक्ष र वैद्यपक्ष दुबै जातिवादमा गएका छन् । अर्को, उनीहरु दुबैपक्षमा सामाजिक फासीवादी प्रकारको प्रवित्ति र शैली छ । उनीहरुले सर्वसाधारणा जनतामाथि जुन ढंगको अत्याचार गरे, त्यो सामाजिक फासीवादी प्रकारको थियो । अहिले दैलेख प्रकरणमा पनि उनीहरु दुबै पक्षको दृष्टिकोण एउटै छ । डेकेन्द्र हत्याका अभियुक्तलाई बचाउन दुबैपक्ष एकै ठाउँमा गएर उभिएका छन् ।

अहिलेको जटिल अवस्थाबाट राजावादीले फाइदा उठाउने सम्भावना कति छ ?

–राजावादीहरु आफैं फाइदा उठाउन सक्ने स्थितिमा छैनन् । तर, अरु दलहरु भन्दा राजाबाट बढी फाइदा उठाउन सकिन्छ भन्ने विस्तारवादी शक्तिले सोच्यो र सामर्थन दियो भनेमात्रै राजावादीहरु अगाडि आउन सक्छन्, अन्यथा आफ्नै बुँतामा आउने स्थिति छैन ।

एमाओवादीलाई निषेध गरेर सिध्याउनुपर्ने कुरो उठ्न थालेको छ, के अब देशमा अतिवाद बढेको हो ? सहमतिको साटो दलहरु सडकमा उत्रिएका छन्…..

–सडकमा कांग्रेस, एमाले आएका होइनन्, एमाओवादीको नीतिले गर्दा यस्तो भएको हो । माओवादीले सहमति हुनै दिएन । उनको सरकारको निरन्तरता हुनुपर्ने र उनीहरुले भनेको मानेमा मात्रै सहमति हुनुपर्छ रे । यो त सहमति हुने कुरै होइन । त्यसैले अहिलेको स्थिति भनेको माओवादीले पैदा गरेको हो । उसले यसो गरिसकेपछि उसका विरुद्ध संघर्षमा जानुबाहेक अर्को के उपाय छ ?

अब सडकबाटै हिसाब-किताब हुन्छ ?

–तार्किक निश्कर्ष त यही हो । तर, आन्दोलन शक्तिमाथि निर्भर गर्छ । आन्दोलनमा जनताको शक्ति आएन भने देश अन्यौलपूर्ण स्थितिमा जान्छ र गलत प्रकारका तत्वहरु अगाडि आउने सम्भावना हुन्छ ।

यहाँको विचारमा नेपालको अबको राजनीतिक भविश्य के हो ?

–देशमा यो स्थिति कायम रहिरह्यो र देश सही समाधानतिर जान सकेन भने अहिलेका सबै राजनीतिक पार्टीहरु असफल सावित भएपछि भावी पिँढीले शायद लामो बलिदान गर्नुपर्ने हुन सक्छ । अहिलेका राजनीतिक शक्तिहरुकै भूमिकाले गर्दा देशमा यस्तो हुन सक्छ । एकातिर माओवादीले देशलाई निकास नदिएर अघि बढ्न नदिने, अर्कातिर अन्य राजनीतिक शक्तिहरुले सशक्तरुपमा आन्दोलन बढाउनका लागि व्यापक जनसमर्थन प्राप्त नहुने स्थितिले देशलाई कठिन अवस्थामा पुर्‍याउन सक्छ ।

27 Comments on “प्रचण्ड र बाबुराम दुबै पदलोलुप”
  • Raj wrote on 28 January, 2013, 14:44

    ‘कुमारजी आज्ञा गर्नुहुन्छ, ए अगस्त्यमुनि ।
    यी बाबुराम कस्ता भने सबैभन्दा धेरै
    मन्त्रीहरुले
    घेरिएका,
    जनताको लागि बिप्पाको जुवा खेल्न
    सक्ने, आर्थिक
    क्रान्तिको माला पहिरिएका,
    भ्रष्टाचारीलाई तकिया बनाई सुत्ने,
    जसलाई
    वैद्यको ओखति चाहिएन, प्रचण्ड
    घाममा चम्किएका यिनीलाई बादलले छेक्न
    सकेन,
    १५ हजारको बलिदानले निथु्रक्क
    भिजेका यिनीलाई
    प्रतिपक्षको ढुंगाको बाणले
    के छुन सक्थ्यो र ? एकदम सादा जीवन उच्च
    विचार महापुरुष १५ लाखको मुस्ताङ चढेर
    २७
    लाखको चियापान गराउने भया……
    यी महापुरुषको व्याख्या गर्न १०
    जिब्रा भएका पुष्पकमलले त सक्दैनन् भने म
    के
    सकुँला । इतिश्री बाउराम पुराने, कलियुग
    सम्बत्, नेपाल खंडे, ४९ औं अध्याय ।

    Well-loved. Like or Dislike: Thumb up 177 Thumb down 28

    [जवाफ फर्काउनुहोस्]

    ram karki Reply:

    yo raj ta pakai pani pandita hunupar6 yar …kato khane bahuna

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 9 Thumb down 78

    [जवाफ फर्काउनुहोस्]

    स्वतन्त्र व्यक्ति Reply:

    dear Raj kunaie pani darmik book ko khili udauni i hope you dont have mind

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 9 Thumb down 42

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    just kidding sathi…..khilli udayeko hain….comedy je sukai subject maa garda pani hun6…jaha samm malai lag6…!!!!!

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 2

    Raj Reply:

    i thought this comment suits here so i copy it from somewhere……100 % right 6 ni ??????

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Rajendra Reply:

    OLI Ko Pandit ho Yo Chor……………

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 4 Thumb down 53

    Nepali Reply:

    yo rajendra vanne ko bau hola chor……teio vayer chor van6….!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 2

  • Manoj wrote on 28 January, 2013, 20:02

    Nepali communist andolan lai samsodhan bad tira dhakelera badnam vaka le gareko bakwas kasle sunidelara???kunai bela mao vaninthyo mohanbikram lai Nepal ma aba ti din sakiye ta mohan bikram ji

    Like or Dislike: Thumb up 4 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

  • kurgheli chapain wrote on 29 January, 2013, 6:13

    लाल गुरुका मन गढ़ंते कुरा, साएद बुढ्यौली ले छोएर हो कि ?

    Like or Dislike: Thumb up 7 Thumb down 37

    [जवाफ फर्काउनुहोस्]

  • KP wrote on 29 January, 2013, 6:55

    well said Mohan Bikram ji…but immediate steps should be taken to chase away these Cogress, UML, Maoists and Rajabadis from the country. They have destroyed the country. New party must come into the existance to handle New Generation….present parties are completely failed.

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 29 January, 2013, 7:58

    Yasle abasar napaera kehi upaay na lagera yasto lekhdai6

    Like or Dislike: Thumb up 1 Thumb down 17

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 29 January, 2013, 7:59

    Yo pani aruko nakkal ho

    Like or Dislike: Thumb up 1 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

  • Cmaleku wrote on 29 January, 2013, 8:51

    BHUMIGAT KURA/LEKHALE MATRA COMMUNEST NETA HUNASAKDAINA>KHALI AALOCHANAGARDAI BUDHO BHAISAKYO SABAI CO.NETAHARULAI MILAYARA AKAI PARTI BANAWNA AGRASAR HUNUHOS>GALIGARNEKAM BANDAGARNUS.

    Like or Dislike: Thumb up 2 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Lila GC wrote on 29 January, 2013, 12:16

    Mohan Bikramjee always tris to brainwash people. He is right all others are wrong. People know you thats why your party is nowhere, you are only in the history of communist movement in Nepal. Now another person named Mohan Baidhya is following their path. If these two groups want change in Nepal they should come together with Baburam and Prachanda. They can do anything they like now. Why can’t they work together? You can’t expect UML, they are out of context, Oli already said “Goat’s Lurka” but other smaller communist parties should join forces if they want to change the country!

    Like or Dislike: Thumb up 3 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

    tika Reply:

    yestai lila GC jasta bheda haru nepalma dherai bhayera ta Nepal sayeu barsa dekhi yesto aabasthama chha. ramra manchhelai ramra dekhne nafuteka aankha bhaka manchhe bhayeko bhayeta Mohan bikram jasta Mahan Netale des Banaune thiye. Sala yo Nepal ta sachchi BHedaiko des raichha

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • त्रीलोक ठाकुर , महोत्तरी wrote on 30 January, 2013, 10:32

    नरपिशाच “गणतन्त्र” भन्दा त सुन्दर, शान्त ” राजतन्त्र ” नै धेरै राम्रो । “गणतन्त्र” त लुटेराहरुको लागी मात्र राम्रो हो । देश र जनताको लागी “गणतन्त्र” अभिषाप हो ।

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Gopal Adhikari wrote on 31 January, 2013, 2:51

    Hohan Bikram Singh ko bislesan yekdam thik lagyo

    Like or Dislike: Thumb up 13 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 31 January, 2013, 12:35

    यो बुढोले केहीपनी जान्दैन।अरुलाई भने खुब उपदेश दिन खोज्दो रहेछ आफ्नै पाटी समाल्न नसकेर तिन टुक्रा भयो र पनि चेत खुल्दैन यो यौन पिपासु बुढाको।पहिला आफ्नो धोती समाल र मात्र अरुलाई उपदेश दे आफै अफलताको चांगमा सुतेर अरुलाई असफल भयो भन्नु यो भन्दा हास्यसपद के हुन सक्छ?आफुले मर्ने बेला सम्म केही गर्न सक्यो?यस्ता मरनचासे बुढो छि छि छि छि छि छि

    Like or Dislike: Thumb up 12 Thumb down 24

    [जवाफ फर्काउनुहोस्]

    tika Reply:

    YO nabin Bhendako buddi, yestai ramrolai kahile ramro nadekhne bhendaharule garda des yesto bhako ho.

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • birendrakhadka wrote on 3 February, 2013, 11:06

    baje pahila timle pa6adi farker herata timri jiban parti ko mahamantri vayepa6i ahile samma 6odeka 6au tehi timro karad le aaba timro sath ma 2 4 jana matra 6n arulai vannu bhanda pahi aafno anuhar hera hai baje

    Like or Dislike: Thumb up 1 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • gautama wrote on 7 February, 2013, 9:11

    yo manche ra sushil koirala malai maan naparne 2 nepali..

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • kiran wrote on 7 February, 2013, 11:46

    नेपाली राजनीतिमा मोहन बिक्रम ले जस्तै निस्वार्थ रुपमा विचार ससंस्लेशन गर्ने र सत्ता भन्दा बाहिर बाट पनि आवाज दिन सकिन्छ भन्ने आँट गर्ने कुनै नेता छैनन् !

    Like or Dislike: Thumb up 7 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 7 February, 2013, 18:34

    सत्तामा जाने हैसियत यो बुढाको भएपो जानुत।केही गर्न नसक्नेलाई केको निस्वार्थ?यसले अहिले सम्म नेपाली समाजलाई केहीपनि दिन सकेको कुनैपनि ईतिहास छैन।योगदान दिन सक्नेलाईपो नेता र निस्वार्थी मान्ने केही दिन नसक्नेलाईत जोगी भनिन्छ जोगी हुति नभएका हुतियारा नेता केको त्यगी।

    Like or Dislike: Thumb up 2 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Sabin Sharma wrote on 8 February, 2013, 4:07

    मोहनविक्रमको विचार संग सहमत असहमत हुने कुरा एउटा ठाउमा छ , तर कुर्सि र पैसाको लागि जे जसो पनि गर्ने र राजनीतिलाई उद्योगको रुपमा संचालन गर्ने बर्तमान दुनियामा मोहनविक्रम को निस्वार्थ र निष्ठाको राजनीति एउटा अनुकरणीय नमुना नै हो भन्दा अत्युक्ति नहोला | कोहि मान्छे र उसको बिचार मन नपर्दैमा उसको राम्रो पक्षको कदर गर्न नसक्नु पनि एउटा कमजोरी नै हो | राजनीति सत्ता र कुर्सिको लागि मात्र होइन भन्ने कुरा राजनीति गर्छु भन्ने सबैले मोहनविक्रम बाट सिक्नु जरुरि छ |

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 9 February, 2013, 11:02

    सायद मोहन बिक्रम सत्तामा जाने हैसियत बनाए भने सत्तामा जादैननत?अवश्य जान्छन।राजनीति गर्ने भनेको जनताको अधिकार प्राप्त गर्ने सत्ता लिनको लागी हो।राजनीतिमा सत्ता बाहेक अरु सबै भ्रम हो र सत्ता प्राप्तको लागी होईन भन्नु जोगीवाद हो।मोहन बिक्रम जिन्दगी भरि जनताको परिवर्तन अधिकारको लागी भन्दा पनि सधैभरि आफुले सिन्को पनि नभाँच्ने गर्नेहरुलाई पनि ध्वँशात्मक बिरोध गर्ने पात्र हुन उनि कसरी भए त्यागी र पाठ सिक्न लाएक?सधैभरि चार जनाको पाटी भएपनि त्यसको नेता बनि रहन पर्ने बाचुन्जेल अरु कसैलाई माथि बढन नदिने जनताको सत्ता ल्याउन नेतुत्व गर्ने र अरुलाई सत्तामा पठाउने गरेको भएपो उदारणिय काम गरे भन्नु त्यसतो उनले केही गरेका पनि छैनन।हैन निस्वार्थ र निष्ठा भनने सब्द निकै सस्तो रहेछकी क्या हो जाहा पनि प्रयोग गर्न मिल्ने?उनि कस्ता हुन भनने कुरा बिगत देखी बर्तमान सम्मको ईतिहास पढे काफी छ

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Db Pun wrote on 10 February, 2013, 8:06

    नविन भन्ने साथीको शब्द उपयोगिताको सवाललाई हेर्दा उनी राजनीतिको ‘रा’ लाई अलिअलि अध्ययन गरेको जस्तो लाग्यो । तर उनलाई एक पटक नराम्रो लागेको अथवा कसैले उनको कान भरिदिएको बारेमा ठिकसँग मुल्यांकन गर्ने क्षमता भने देखिएन । मलाई लाग्छ, उनी मोहनविक्रम सिंहको एउटा रौं बराबर पनि छैनन्, तर पनि मोहनविक्रम सिंहलाई गालिगलोज गर्न मामलामा आफुलाई निकै अग्रसर देखाउन चाहने रहेछन् । यदि उनको त्यो क्षमतालाई राम्रो र नराम्रो पाटोलाई ठिकसँग मुल्यांकन गर्ने खुबीमा परिणत गरेमा उनको भविष्यको राजनीतिक क्षमतामा निकै महत्वपूर्ण स्थान हुने थियो ।
    सवाल मोहनविक्रम ठिक छन् भन्ने होइन, सवाल के मात्रै हो भने तपाईले अहिले जुन शब्दको उपयोग गर्नुभएको छ, भविष्यमा तपाईको ‘नविन पुन’ भन्ने नाम सार्वजनीक अथवा पहिचान खुल्न आएको अवस्थामा त्यसको परिणाम के हुन्छ ? सवाल त्यो प्रमुख हो । अहिले तपाई जुन पार्टीको आडमा अभद्र शब्द र व्यवहार प्रयोग गर्दै हुनुहुन्छ, भोली त्यही पार्टी सानो र शक्ति हिन हुनेछ, त्यसका प्रसस्त आधारहरू पनि देखिंदै गएकाछन् । त्यती वेला ? मुसा जस्तै प्वालमा लुकेर बस्न नपरोस । तपाईको आलोचना तथा टिप्पणिले तपाईलाई एउटा नयाँ उचाईसम्म पुÚयाओस त्यो नै एउटा राजनीतिकर्ताको नयाँ उचाई बनाउंछ ।

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • SK Paudyal wrote on 13 February, 2013, 7:23

    Nepalkai Neta hun Kadar gare k farak par6 ra MB ko B4 lai

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु