रमेश खावाजु
सउल । दक्षिण कोरियामा रहेका महिलाहरूको साझा संस्था वोमन फर वोमनले निशुल्क स्वास्थ्य परिक्षण सेवा सञ्चालन गरेको छ । निशुल्क स्वास्थ्य परिक्षण सेवा कोरियाको राजधानीस्थित दोङ्देमुनको नमस्ते रेष्टुरेन्टमा शनिवार संचालन गरिएको थियो । 
निशुल्क स्वास्थ्य शिबिरमा लगभग ५५ जना नेपालीहरुले साधारण उपचार गराउनुका साथै विभिन्न स्वास्थ्य सम्बन्धि सल्लाहहरु पनि लिएको संस्थाकी सचिब बिमला श्रेष्ठले जानकारी दिनु भयो । उक्त स्वास्थ्य शिबिर कोरियन डाक्टर वी चाङ् ह्वाङ्ग, चार जना कोरियन नर्स तथा ९ जना अन्य कोरियनहरुको सहयोगमा संचालन गरिएको थियो । उक्त स्वास्थ्य शिबिर दिउसो १ बजे देखि बेलुका ६ बजे सम्म संचालन गरिएको थियो ।
वोमन फोर वोमनले प्रत्येक महिनाको अन्तिम आइतबार निसुल्क रुपमा स्वास्थ्य शिबिर संचालन गर्ने सो संस्थाकी उपाध्यक्ष मल्लिका थकालीले बताएकी छिन साथ साथै सो स्वास्थ्य सिबिरमा आफुलाइ लागेको रोगको उपचार तथा सल्लाह लिनको लागि कोरियावासी नेपालीहरुमा आमन्त्रण गर्नुभएको छ ।
Check garnoos hai doctor saap..Korean haroo ta nikai kroor hunchhan re sex ma!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]