नबराज पन्थी
कुवेत । नेपाल तामाङ घेदुङ कुवेतले २८४९ औं सोनम ल्होछार विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । कुबेतको आबासिया स्थित इन्डियन इन्टेर्ग्रेट स्कुलको हलमा भएको कार्यक्रममा नेपालका चर्चित गायक रोज मोक्तान र हास्य कलाकार विलसन बिक्रम राई “तक्मे बुढा” को साथमा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।
मन्जुश्री सम्बत २८४९ औ डुल ल्हो अर्थात सर्प बर्ग नयाँ बर्षाको अबसर पारेर आयोजना गरिएको ल्होछार साँस्कृतिक कार्यक्रम बौद्द परम्परा अनुशार लामाहरुद्वारा पुजाआजा गर्नुको साथै कुबेतको लागि नेपाली राजदुत मधुबन पौड्यालले दिपप्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । उद्दघाटन कार्यक्रममा पौड्यालले तामाङ्ग घेदुङ्गले आफ्नो कला सस्कृति परम्परा जोगाउन प्रबासीभूमिमा रहेर पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै दुतावाससँग समन्वय गरि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको भनि खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा कुबेत स्थित नेपाली संघसस्थाका प्रतिनिधि देखि लिएर समाजसेबी बुद्दिजिबी पत्रकार लगायतको सहभागिता रहेको थियो ।
Thank you so much newsko lagi panthi sir tamang ghedung kuwait family
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
ramro 6 .. afno culture lai jogayeko ma…shuvakaman loshar ko.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
oeyatas
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]