उमाकान्त पाण्डे गाउंले
आबुधाबी । संयुक्त अरब एमिरेट्स (युएर्इ )बाट करिव डेढ सय नेपाली स्वदेश फर्किएका छन । युएई सरकारले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै ती नेपाली घर फर्किएका हुन । युएईमा अबैधानिक रुपमा कार्यरत कामदारका लागि दिएको आममाफी एमनेस्टीको समय सकिन ५ दिन मात्र बाँकी छदा अहिले सम्म १ सय २० नेपाली नेपाल फर्किएका हुन् ।
नेपाली दूतावास आबुधाबीले अहिलेको एमनेस्टी अबधीमा १ सय २० जनालाई “आउट पास” दिएको दुतावासका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीले बताउनु भयो । आफ्नो देश फर्किन संयुक्त अरब इमिरेट्स (यूएई) को आन्तरिक मामला मन्त्रालयले स्थानिय भाषामा “खल्लीबल्ली” भनिने अन्य मुलुकका कामदारलाई एम्नेष्टी दिन फेब्रुवरी ३ अर्थात माघ २१ सम्मको अवधि दिएको थियो ।
आबुधावीस्थित नेपाली दूतावासका अनुसार युएर्इको दुबर्इ, शारजाह, रस-अल-खेमा, उमअलक्वैन, अजमन, फुजैरा लगायतका सात इमिरेट्समा १० वटा एम्नेष्टी केन्द्र निर्धारित छन् । नियमानुसार पासपोर्ट वा ट्राभल डकुमेन्ट तथा फिर्ती हवाइ टिकट लिएर एम्नेष्टी केन्द्र जाने जो कोही व्यक्तिले जरिवाना तिर्नुनपर्ने र एम्नेष्टी पाएर घर फिरेको व्यक्ति कुनै कठीनाई बिना फेरि युएर्इ फर्कन सक्ने प्रावधान तय गरिएको छ ।
‘दुतावासको आबुधावीमा मात्रै जानकारी, सूचना पहुँच रहेको तथा यस् बारे नेपाली समाज युएईले मात्र प्रेस बिज्ञप्ती जारी गर्दै सबैमा सुचना जारी गरे पनि अझैपनि नेपालीलाई यो आममाफी अवसरबारे थाहा नभएकाले अवसरको उपयोग हुन नसकिरहेको भन्ने गुनासो छ । यस् अघी सन् २००७ को अन्त्य तिर दिइएको तीन महिने एम्नेष्टी अवसरमा ३५ सय नेपाली घर फिरेका थिए । युएइमा करीब ३ लाख नेपाली रहेको अनुमानित तथ्यांकमा ५० हजारभन्दा बढी गैरकानूनीरूपमा काम गर्दै आएका छन् ।
Ramro vayechha..Kamsekum aafnoo ghar ta pooge Dajuvai haroo…
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
khalliballi basnu vanda sathi ho baru halo jotera khanus afnai desma.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]