मलेसियामा झण्डै १ हजार नेपाली अलपत्र :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मलेसियामा झण्डै १ हजार नेपाली अलपत्र

रामचन्द्र नेपाल

क्वालालम्पुर । मासिक करिव २५ हजार कमाउने सपना बोकेर एक लाख रुपैयाँभन्दा बढि लगानी गरी मलेसिया पुगेका करिव १ हजार नेपाली अलपत्र परेका छन् ।

शाहआलम सेक्सन-७ मा रहेको फलास्टोनिक कम्पनीमा कार्यरत करिव १ हजार १ सय २६ जना नेपाली अलपत्र परेका हुन् । काम नभएर कम्पनी बन्द हुने अवस्थामा पुगेपछि नेपाली कामदार खर्चबिहीन र कामबिहीन भएर बसिरहेका छन् ।

कम्पनीले हाल नेपाली श्रमिकहरुलाई चेरासको तामान लेल्सेनस्थित होष्टलमा राखिएको नेपाली श्रमिकहरुले बताएका छन ।

बिचल्लीमा परेका नेपाली श्रमिकहरुले गत बिहीवार नेपाली राजदूतावास पुगेर उद्दारका लागि निबेदन दिएका छन् । उनीहरुले कम्पनी बन्द भएपछि धेरैजसो नेपालीश्रमिकहरु नेपाल र्फकन चाहेको पिडीतमध्येका एक कृष्णप्रसाद पौडेलले वताए ।

नेपालका करिव एक दर्जन मेनपावरबाट उनीहरु मलेसिया आएका हुन । सुरुको तीन महिना कम्पनी राम्रै चलेको भएपनि त्यसपछि कम्पनी पूर्णरुपमा बन्द छ । कतिपय मेनपावरहरुले अन्य कम्पनीमा ल्याएका श्रमिकलाई पनि सोही कम्पनीमा कन्ट्रयाकमा राखेको कारण समस्या देखिएको छ । आएको दुई महिना बितिसक्दा पनि सयौं नेपाली श्रमिकले अझै भिषा नपाएको पिडीतहरुले बताएका छन् ।

कतिपय मेनपावरले भने नेपालीहरुलाई नेपाल फर्काउने काम समेत शुरु गरिसकेका वताईएको छ । बाँकीलाई कहिले र कसरी पठाउने हो भन्ने जानकारी नदिएको श्रमिकहरुले वताउँदै आएका छन । करीव चार सय नेपाली भने अन्य कम्पनीमा कन्ट्रयाक्टमा वस्ने भएको वुझिएको छ । कम्पनीमा मोवाईलका पाटपुर्जा, लेन्स र इलेट्रोनिक सामाग्रीहरु उत्पादन हुने गर्दछ ।

डिजिटल फर्निचर कम्पनीका श्रमिक आन्दोलित

मुहारमा रहेको डिजिटल फर्निचर कम्पनीमा कार्यरत श्रमिकहरु शुक्रवार कामकाज रोकि आन्दोलनमा उत्रिएका छन । मलेसियामा वेसिक सेलरी वढेको अवस्थामा पनि आफुहरुले काम गर्ने कम्पनीमा नवढेको भन्दै कामकाज रोकेको नेपाली श्रमिकहरुले वताएका छन । ‘नजिकका सवै कम्पनीहरुले नयाँ वेसिक तलव दिएको छ, हामीलाई भने दिएन त्यसैले काम रोकेका हौँ’ एक नेपाली श्रमिक भवानि किशोर शर्माले टेलिफोनमा अनलाइनखवरसँग भने । कम्पनीले भने आउँदो तीन महिनापछि सरकारी पत्र आएपछि मात्र दिने कुरा गरेको शर्माले बताए ।

हाल उक्त कम्पनीमा करीव साढे तीनसय नेपालीसहित भियतनामि र वंगलादेशि श्रमिकहरु कार्यरत छन ।

10 Comments on “मलेसियामा झण्डै १ हजार नेपाली अलपत्र”
  • लाजनेता Laajneta wrote on 10 February, 2013, 4:27

    श्रममन्त्री ले श्रममन्त्रालया का कर्मचारि बाट दैनिक रु ३ लाखका दर ले पाउने घुश को रकम बाट मलेसिया मा अलपत्र परेका पिडीत नेपाली हरु को उद्दार गर्नु पर्यो

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 10 February, 2013, 5:42

    Malaysia le doobayo Nepali lai!!

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • nabin tamang wrote on 10 February, 2013, 6:07

    malaysia khasai najada ramro ho sathi ho kinaki ma pani malaysia 4 barsha baseko malai sbai thaha chha malaysia ko barema tesaile malasyia ma najane ramro.baru hami samja padai lekhai ramro chha english ramro bolnu janeko chha bhane laita dubai ma dherai ramro chha..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj Waiba wrote on 10 February, 2013, 6:46

    Ho dubayo malaysia le matra hoina pray sabai country ma sabai testai cha…………dubaunu dubako cha nepali laiii sarkar nai gatilo chaina ani k garne sarkar le ramro pahal garepo hun6a…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhimsen chaulagain wrote on 10 February, 2013, 6:47

    अब मलेसिया मा रहेका सरमिक आन्दोलन मा उतृनु बाहेक अर्को बिकल्प नै छैन । तेत्रो अगाडी सर्कार्ले घोसना गरेको बेसिक ९०० रिङ्गएट कार्यानएन नगरेर १ हप्ता अगि मात्र सर्कार्ले उद्घोस गरेको लेभी धेरै कम्पनी बाट काट्न सुरु गरिसकेको छ । अहिले को पेरिसतिथी मा नेपाल सर्कार ले नै मलेसिया लाई प्रतिबन्धा गरे मात्र नया काम्दार फस्न बाट जोगिनेच्जन । हुन त हाम्रो देस को सर्कार्लाई आफ्नै कुर्सी कसरी जोगाउनु भएको छ खै के नै पो गर्न सक्ला र ।

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Babu Subedi wrote on 10 February, 2013, 7:18

    oh…………..meropani visa lako 6 k garau yesto abasthama nepal sarkarko role k rahan6??????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pradip ghimire wrote on 10 February, 2013, 7:19

    yesari vayena aba nepal ma pani kehi chaso dinu pareyo neta harulai khali afnai pet vardha thika chha . afnai pariwar ko ramro naramro herdi ma thika chha. he neta haru aba ta kehi gara

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dilkumarrai wrote on 10 February, 2013, 15:21

    अब मलेसिया मा रहेका सरमिक आन्दोलन मा उतृनु बाहेक अर्को बिकल्प नै छैन । तेत्रो अगाडी सर्कार्ले घोसना गरेको बेसिक ९०० रिङ्गएट कार्यानएन नगरेर १ हप्ता अगि मात्र सर्कार्ले उद्घोस गरेको लेभी धेरै कम्पनी बाट काट्न सुरु गरिसकेको छ । अहिले को पेरिसतिथी मा नेपाल सर्कार ले नै मलेसिया लाई प्रतिबन्धा गरे मात्र नया काम्दार फस्न बाट जोगिनेच्जन । हुन त हाम्रो देस को सर्कार्लाई आफ्नै कुर्सी कसरी जोगाउनु भएको छ खै के नै पो गर्न सक्ला र ।
    Like or Dislike: 3 0

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kishna gare wrote on 11 February, 2013, 6:19

    nepam roj gari nabhay pachhi yahi hunuho.dukhai dukha matra.bchara

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • robert adhikari wrote on 11 February, 2013, 10:19

    आन्दोलन मा उतृनु बाहेक अर्को बिकल्प नै छैन

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु