जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन

पोष्टबहादुर बोगटी, महासचिव, एमाओवादी

एकीकृत नेकपा माओवादीका नयाँ महासचिव पोष्टबहादुर बोगटी लडाकूको भ्रष्टाचारसम्बन्धी छानविन आयोगका प्रमुख समेत हुनुहन्थ्यो । नवनिर्वाचित महासचिव बोगटीसँग महाधिवेशनले लिएका निर्णय, समसामयिक राजनीति तथा भ्रष्टाचारको छानविनका सम्बन्धमा अनलाइनखबरले गरेको कुराकानी:

हेटौडा महाधिवेशनका खास उपलब्धी के-के हुन् ?

–पहिलो, नेपाली क्रान्तिको कार्यदिशालाई हामीले नयाँ ढंगले संश्लेषण गर्यौं । दोस्रो, शान्ति प्रक्रिया र पार्टी एकता प्रक्रियामा आइसकेपछि हाम्रो पार्टीको संरचना ठूलो हुँदै गएको थियो, त्यसलाई सुदृढ गर्ने निर्णय भयो । तेस्रो, कार्यक्रमिक रुपमा कसरी अगाडि बढ्ने भन्ने विधि तय भयो । राजनीतिकरुपमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान निर्माणका लागि छिटोभन्दा छिटो संविधानसभाको चुनावमा जानुपर्छ भन्ने कार्यक्रम महाधिवेशनले तय गर्यो । योभन्दा महत्वपूर्ण अर्को कार्यक्रम भनेको वर्ग संघर्ष र उत्पादन संघर्षलाई एक-अर्काका पूरक र सहयोगी बनाएर लानुपर्छ र यसका लागि उत्पादन संघर्षमा जोड दिनुपर्छ भन्ने निश्कर्ष निकालिएको छ । पार्टीको आन्तरिक जीवन र सिंगो राष्ट्रलाई पनि नयाँ दिशा दिने हिसाबले उत्पादन संघर्षलाई अगाडि बढाएर लानुपर्छ भनेका छौं । महाधिवेशनका मुख्य उपलब्धीहरु यिनै हुन् ।

–महाधिवेशनमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार बनाउनुपर्छ भन्नुभएको थियो । तर, अहिले होइन भनिँदैछ, वास्तविकता के हो ?

यसलाई हाम्रो विकल्पको श्रृंखलाबाट हेर्नुपर्छ । तेह्रौं चौधौं मात्रै होइन, भोलि पन्ध्रौं विकल्प पनि आउन सक्छ । काँही न काहीँ निकासको उपाय त खोज्नै पर्छ । विकल्प भनेकै उपायहरुको खोजी हो । पहिले हामीले हाम्रै विकल्प भन्यौं, दोस्रो गठबन्धनबाट हुनुपर्छ भन्यौं । तेस्रोमा स्वतन्त्र भन्यौं । त्यसमा पनि कुरा नमिलिसकेपछि हामीले प्रधानन्यायाधीशकै नेतृत्वमा जाऔं न त भनेका हौं । त्यो हामी सबैले विश्वास गरेको संस्था हो । यो हाम्रो निर्णय भन्दा पनि प्रस्तावमात्र हो । यसमा हुँदैन भने अब विपक्षी दलहरुले विकल्प ल्याउनुपर्छ । विपक्षीहरु माओवादीले कुरा फेरिरहन्छ भनिरहनुभएको छ, यसमा माओवादीलाई नियोजितरुपमा लघार्ने काम भैराखेको छ । तर, हामीले चाहेको निकास हो । यताबाट सहमति हुँदैन भने उताबाट पो हुन्छ कि भन्नेहरुलाई बोलीको ठेगान नभएको भन्न मिल्छ ? यी गलत आरोप हुन् । नेपाली कांग्रेसमा जडता देखिएको छ । संसदवादीहरुमा पनि जडता हुँदोरहेछ । लेनिनले यसलाई जडमतीय संसदवाद भन्नुभएको छ । आफू पनि विकल्प दिन नसक्ने, अरुले लिएर गएको विकल्पलाई पनि हुन्न भन्ने । कांग्रेसभित्रको यो प्रवृतिले अहिले उसैलाई बेफाइदा गरिराखेको छ ।

तर, कांग्रेसको गुनासो के छ भने तपाईहरुले नै सुशील कोइरालालाई उमेद्वार तोक्न लगाउनुभएको होइन ?

–सुशीललाई हामीले प्रस्ताव गर्न लगाएको होइन । एमालेले कांग्रेसलाई समर्थन गर्छौं भनिराखेको थियो । कांग्रेसले उमेद्वार बनाइराखेको थिएन । हामीले त उमेद्वार दिएका थियौं । त्यसैले यो हाम्रो कुरो थिएन, एमालेको कुरो थियो । कांग्रेसले सरकारको जिम्मा लिन चाँहदैन कि क्या हो भन्ने कुरा हामीबाट भएकै हो । तयार हुनुहुन्छ भने उमेद्वार दिनोस् भन्ने कुरा हामीले गरेका हौं । गौशालातिर बसेको बैठकमा माधव नेपालले के भन्नुभयो भने कांग्रेसले उमेद्वार दिँदैन भने एमालेले उमेद्वार तोक्छ । त्यसपछि यो प्रक्रिया अगाडि आएको हो । यसमा पनि सुशील प्रधानमन्त्री बनाउनलाई हुँदैन भन्ने हाम्रो भनाइ हैन, प्याकेजमा सहमति हुनुपर्यो भन्नेमात्रै हो । सुशीलजीले बाहिर जे अभिव्यक्तिहरु दिइराख्नुभएको छ, त्यसले पनि अलिकति अप्ठ्यारो पारेको छ । समग्र एजेन्डामा सहमति हुन्छ भने हामीले कांग्रेसको नेतृत्व स्वीकारिसकेपछि सुशील हुन्न, फलानो हुन्छ भन्न मिल्दैन । तर, मुख्य प्रश्न प्याकेजमा सहमति हुनुपर्‍यो । प्याकेजमा वहाँहर सहमति गर्न मान्नुहुन्न, यो सरकार हट्नुपर्छ मात्रै भनिरहनुभएको छ । तर, जबसम्म दलहरुवीच सहमति हुन्न, त्यतिवेलासम्म यो सरकार हट्ने परिस्थति नै छैन । अन्दोलनले नै पल्टाए बेग्लै कुरा । जसले जे भने पनि यो सरकार संवैधानिक सरकार हो । अर्को निर्वाचन पनि यही सरकारले गराउनुपर्ने हो । संविधान संशोधन नगरी अर्को सरकार बन्नै सक्दैन । मलाई के लाग्छ भने अहिले कांग्रेस, एमालेका नेताहरु जे गरिरहनुभएको छ, यसबाट उहाँहरु चुनाव चाहनु हुन्न भन्ने देखिन्छ ।

विपक्षीले एमाओवादीलाई सरकारमै राखेर बद्नाम गराउन चाहिरहेका त होइनन् ?

–हामीले यो पनि एनालाइसिस गरेका छौं र यसप्रति सतर्क छौं । सरकार सञ्चालन गर्ने मनसाय अहिले वहाँहरुको छैन । वहाँहरुको मानसिकता भनेको कसरी माओवादीलाई बद्नाम गर्ने भन्नेमात्रै रहेको छ । यो वहाँहरुको खुट्टा तान्ने प्रवृत्ति हो । यस्तो लघुताभास बोकेर कुनै पनि पार्टीले राजनीति गर्नुहुँदैन । हामीले यसबारेमा सोचेका छौं । हामी यसलाई काउन्टर गर्न जनहितका कार्यक्रम बढाएर लैजान्छौं ।

दलहरुले दुईदिनमा सहमति नगरे राष्ट्रपतिले कदम चाल्ने भन्ने सुनिन्छ नि ?

–राष्ट्रपतिलाई अन्तरिम संविधानले जुन भूमिका दिएको छ, उहाँले त्यसमा तल-माथि गर्नुहुन्न भन्ने हामीलाई विश्वास छ ।

महाधिवेशनले केही महत्वपूर्ण विवादहरु हल गरेको देखिएन, जस्तै- राष्ट्रियताको विषयमा ६ महिनापछि विस्तारित बैठक बोलाउने भनिएको छ । यसलाई महाधिवेशनले किन टुंगाउन नसकेको ?

–पहिले हामी अलग-अलग पार्टीमा रहेकाले बुझाइमा केही जोड र कोण फरक पर्नु स्वाभाविकै हो । आधारभूत बुझाइ एउटै हुँदाहुँदै पनि यसलाई कतिबेला, कसरी प्रयोग गर्नेबारे आ-आफ्ना जोड र कोणहरु अलग-अलग हुन सक्छन् । हामीले आन्तरिक राष्ट्रियतालाई पनि सुदृढ बनाउनुपर्छ र बाह्य राष्ट्रियताको आन्दोलन पनि सकियो भन्ने होइन । तर, आन्दोलनको रुप कस्तो बनाउने र केलाई जोड दिएर अगाडि बढ्ने भन्नेमुख्य कुरा हो । यस विषयमा हामीवीच थोरै छलफल नपुगेको देखियो । पुँजीवादी-जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिमा जाने भन्नेवित्तिकै जनवाद र राष्ट्रियता एक अर्कासित अन्तरसम्बन्धित हुन्छन् । यो बुझाइमा हाम्रो एकमत छ । तर, कसरी जाने त भन्नेबारेमा अलिकति छलफल गर्न जरुरी देखियो ।

जोड-कोण नमिलेको विषय के हो ? उपाध्यक्ष नारायणकाजीले राष्ट्रियताबारे कस्तो फरक विचार राख्नुभएको छ ?

यसलाई क्रियान्वयन कसरी गरिन्छ भन्नेमा छ । राष्ट्रियताको आधारभूत बुझाइमा हाम्रो अन्तर हैन, तर यसको व्याख्या र क्रियान्वयन कसरी गर्ने भन्नेमा थप छलफलको आवश्यकता महसुस गरिएको मात्र हो । अलग्गै डकुमेन्ट ल्याउँछु त भन्नुभएको होइन, तर प्रकाशजीहरुले अहिले बिप्पालाई उठाइराख्नुभएको छ । र, भारतसँगको डिलिङ कसरी गर्ने भन्नेबारे उहाँसँग केही जिज्ञासाहरु छन् । आधारभूत बुझाइमा मतभेद नभए पनि यसलाई कसरी क्रियान्वयन गर्ने भन्नेबारे थप छलफल र थप व्याख्या गरौं भनेर विस्तारित बैठक गर्ने भनिएको हो ।

राष्ट्रियताको विषयमा महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको भनाइ के थियो ?

–उहाँहरुको प्रश्न थियो, पार्टी नेताहरुले फरक-फरक धारणा व्यक्त गरिराख्नुभएको छ, यो के हो ? कतै पार्टीले राष्ट्रिय स्वाधीनताको मुद्दा छाड्न लागेको त होइन भन्ने वहाँहरुमा जिज्ञासा थियो । यसमा हामीले स्वाधीनताको आन्दोलन छाडेको हैन । तर, कसरी अगाडि जाने भन्नेबारे थप छलफल जरुरी भयो, यो छलफल गर्छौं भनेपछि फेरि हाउस सन्तुष्ट भयो ।

लडाकू कमान्डरबाट भएको भ्रष्टाचारबारे छानविन गर्न गत साउनमा यहाँकै नेतृत्वमा छानविन समिति बनाएको थियो, त्यसको प्रतिवेदनमा पनि कार्यकर्ताले चित्त बुझाएनन् नि ?

–हामीले रिपोर्ट प्रस्तुत गरिसकेपछि केही साथीहरुले त्यहाँ प्रश्न उठाउनुभयो । त्यसलाई हामीले प्रष्ट पनि गर्यौं ।

भनेपछि कमान्डरहरुले भ्रष्टाचार गरेका रहेनछन् हैन त ?

–जसरी सरकारी लेखा प्रणाली हुनुपर्ने हो, त्यसैगरी सबै लेखा प्रणाली सेट भयो भन्ने त होइन । तर, पछिल्लो कालखण्डसम्म पनि शिबिरमा एउटा ढंगले हिसाबहरु गैराखेको थियो । पछिल्लो कालखण्डमा शिबिरभित्र जुनखालका अस्तव्यस्तताहरु भए, त्यसबाट केही आशंकाहरु पनि जन्मिए र केही कमीहरु पनि देखिए । यसबारे हामीले छानविन गर्यौं र कमीहरु कहाँ-कहाँ रहेका छन् भने रिपोर्ट दियौं । प्रवृत्तिगत रुपमा पनि कस्ता कमजोरी देखिए भन्ने हामीले रिपोर्ट दिएका छौं । तर, साथीहरुको भनाइ चाँहि महाधिवेशनमै त्यो सबै पेश गर्नुपर्छ भन्ने थियो, त्यो चाहिँ सम्भव हुँदैनथ्यो । किनभने केन्द्रीय समितिले समग्र छलफल गरेर निश्कर्षमा पुग्नुपथ्र्यो । यही कुरा हामीले त्यहाँ प्रष्ट गर्यौं । हामीलाई विश्वास छ, यसमा साथीहरु सन्तुष्ट हुनुभएको छ ।

पार्टीभित्रमात्रै सन्तुष्ट भएर भएन, बाहिर पनि सन्तुष्ट पारिदिनुपर्यो । १२ जना लडाकू कमान्डरले राजीनामा पनि दिइसकेका थिए । उनीहरुलाई कारवाही गर्नुपर्ने स्थिति हो कि हैन ?

–पार्टीलाई छानविनमा सजिलो पार्ने उद्देश्यका साथ १२ जना साथीहरुले राजीनामा दिन्छौं भन्नुभएको थियो । तर, जनमुक्ति सेनाका कमान्डरहरुको मूल्यांकन आंशिक घटनालाईमात्रै लिएर गरिनु हुँदैन । हामीले वहाँहरुलाई राजीनामा नदिनोस् भन्यौं । पहिले आयोग बनाऔं र कमी कमजोरी भएको रहेछ भने तपाईहरुले हट्नुपर्ने हुन्छ । होइन भने पार्टीले निर्णय लिन्छ, दोषी देखिए कारवाही हुन्छ भनेका थियौं । अहिले उठेको प्रश्न व्यक्तिगत भन्दा पनि जनमुक्ति सेनाको छविसँग जोडिएको विषय हो । यो हाम्रो पार्टीको समस्या हो ।

छानविन गर्दा उनीहरुलाई कारवाही गर्नुपर्ने देखिएन ?

–पछिल्लो कालमा अलि अस्तव्यस्तताको समयमा कमान्डरहरुले तलैबाट आ-आफ्नो ढंगले निर्णय गरेर गएको स्थिति पनि देखियो । त्यसले पनि केही कन्फ्युजनहरु पैदा गरेको निश्चित रुपमा छन् ।

आर्थिक हिनामिना नै भएको रहेछ कि छैन ?

–हिनामिना नै भनेर त त्यतिधेरै छैन । तर, स्वविवेकले निर्णयहरु गर्ने क्रममा चाहिँ अलिकति केही तलमाथि भन्दा पनि केही अस्तव्यस्तता र अनियमितताहरु देखिएको छ ।

छानविनमा परेकाहरुलाई छानविन नसकिँदै केन्द्रीय समितिमा ल्याइयो भन्ने गुनासो पनि सुनिन्छ नि ?

–मैले अघि नै राखिसकें । जनमुक्ति सेना र त्यसका कमान्डरहरुको समग्र इतिहास हेर्नुपर्छ । कमजोरी कमजोरी नै हुन्छ, योगदान योगदान नै हुन्छ । कमजोरीलाई योगदानले कटाउन त भएन । तर अहिलेचाहिँ यसबारे समग्र छलफल गरेर निर्णयमा नपुगिराखेको स्थितिमा अहिले वहाँहरुलाई केन्द्रीय समितिमा राखेर नजाँदाखेरि राम्रो म्यासेज जाँदैन । भोलि रिपोर्टले जे कारवाही गर्नुपर्छ भन्ला, त्यो आधारमा गरौंला । वहाँहरुलाई यो कुरो प्रष्ट गरिएको छ ।

उसोभए अहिले केन्द्रीय समितिमा परेका पूर्वकमान्डरहरुमाथि भोलि कारवाही पनि हुन सक्छ ?

–वहाँहरुको कमीकमजोरीका आधारमा स्तर अनुसारको कारवाही त हुन्छ, हुनैपर्छ ।

कतिपय पीएलएकै नेताहरुले पनि अनियमितताको प्रमाण छ भनिरहेका छन्, तपाईहरुले त्यस्तो पाउनुभएन ?

–हाम्रा प्रतिपक्षीहरुले राजनीतिक ढंगले जुन कुराहरु उठाएका छन्, यो चाहिँ ‘स्टन्ट’ हो भन्ने लाग्छ । किनभने जनमुक्ति सेना अहिले सरकारले दिएको पैसामा मात्रै अरबौंमा खेलेन । जनयुद्धमा सबैभन्दा बढी खर्च सेनाबाटै हुन्थ्यो । लजिस्टिकदेखि लिएर व्यवस्थापनसम्मको समग्र मुभ त आखिर जनमुक्ति सेनाअन्तर्गत नै थियो । म आफैंले पश्चिम कमान्डमा आउँदाखेरि मकहाँ अरबौं रुपैयाँ केन्दि्रत हुन आउँथ्यो । महिनामा आठ/दश करोड रुपैयाँ भनेको त सामान्य कुरा थियो । लडाइँ त आखिर खर्चिलै हुन्छ नि । आम्दानीको ६०/७० प्रतिशत सेनामै जान्थ्यो । त्यसकारणले कमान्डरहरु अहिले पैसा पाएर यस्ता भए भन्ने होइन, त्यो बेलामा पनि त्यसरी नै सञ्चालन हुन्थ्यो । त्यसैले अहिले बाहिर जनमुक्ति सेनाले यो गर्यो, त्यो गर्यो भन्ने जुन कुरा आइरहेको छ, योचाहिँ सिंगो जनमुक्ति सेनामाथिको अपमान हो भन्ने हामीलाई लाग्छ । यसभित्र ‘पोलिटिक्स’ छ भन्ने लाग्छ । तर, जहाँसम्म त्यहीँभित्र भएका अन्याय, अनियमितता र पार्टी नीति विपरीत भएका क्रियाकलापमाथि हामीले छानविन गरिराखेका छौं । यसलाई मैले महाधिवेशनमा सामान्य प्रस्तुत गरें । तर, केन्द्रीय समितिले यसलाई टुंगो नलगाउँदासम्म मैले गोपनीयतामा राख्नुपर्ने हुन्छ ।

अब प्रशंग बदलौं, महाधिवेशनले २ सय ४० जनालाई घटाएर ९८ जनालाई मात्रै केन्द्रीय सदस्य बनाएपछि धेरै व्यक्तिहरु असन्तुष्ट बनेका छन् भन्ने सुनिन्छ नि ?

–संगठन भनेको सन्तुष्टि र असन्तुष्टिकै वीचबाट बन्ने कुरा हो । हामीले १ सय ५१ जना पूर्ण सदस्य र १ सय ४९ जना वैकल्पिक सदस्यसहितको केन्द्रीय समिति बनाऔं, जसबाट भोलि नेतृत्व विकासमा पनि सजिलो हुन्छ भन्ने प्रस्ताव आयोजक समितिमा लग्यौं । तर, पार्टीलाई चुस्त बनाउने हिसाबले सोचियोस् भन्ने सुझाव आएपछि एक दिन हाम्रो महाधिवेशन लम्बियो । एकताको भाव नबिगि्रयोस् तर, एकताका नाममा पार्टीलाई बिगार्ने काम पनि नहोस् भन्ने सुझावहरु आए । यी सुझाहरुलाई कदर गर्दै हामीले विधानमा पनि अलिकत संशोधन गरेर वैकल्पिक सदस्यहरु केन्द्रीय समितिले नै राख्नसक्ने म्यान्डेट लिइसकेपछि हामीलाई विश्वास छ, साथीहरु कोही पनि असन्तुष्ट हुनुहुन्न । बरु फेरि पनि नेतृत्वले माथि बसेर उदारवादी हिसाबले पो काम गर्ने हो कि, पार्टी चुस्त हुन्न कि भन्ने चाँहि साथीहरुलाई शंका लागेको हुनसक्छ ।

अब ५२ जना केन्द्रीय सदस्यहरु कसरी मनोनयन गर्नुहुन्छ ? आयोजक समितिको सूचिमा रहेको रोलक्रम अनुसार नै मनोनयन गर्नुहुन्छ या त्यसभन्दा बाहिरबाट पनि ल्याउनुहुन्छ ?

–त्यो ‘नम्बरिङ’ पार्टीले बैठकै बसेर गरेको होइन । त्यसैले कोही आयोजक समितिका पनि पर्लान्, केही बाहिरबाट पनि ल्याइन्छ । आम्रो आधारभूत सिद्धान्त भनेको ‘भ्याङगार्ड’ -अग्रदस्ता) पार्टी निर्माण गर्ने हो । अहिले हामीले लिएको कार्यदिशालाई कार्यान्वयन गर्दाखेरि हामीले समावेशितालाई पनि ध्यान दिनुपर्छ । त्यसैले तत्तत् क्षेत्रका भेन्गार्डहरुलाई लिइनेछ । महिला क्षेत्रका अगुवा, मधेसी क्षेत्रका अगुवा, दलित अगुवा त्यस्तै जनजाति क्षेत्रका अगुवाहरुबाट छनौट गरेर हामी यो कमिटीलाई पूर्णता दिन्छौं । महिलालाई हामी विशेष प्राथमिकता दिनेछौं । पिछडिएको क्षेत्र, दलित र जनजातिलाई पनि हेरिने छ र केही सिनियरलाई पनि हेरिने छ । कम्पोजिसनमा जाँदाखेरि ‘जेनेरेशन ग्याप’ नहोस् भन्नका लागि हामीले ‘थ्री इन वान’ भन्ने गरेका छौं ।

केन्द्रीय कमिटी कहिले पूर्ण हुन्छ ?

–फागुन १ गते घोषणासभा सकिएपछि गृहकार्य गर्न थाल्छौं । सम्भवतः फागुनको पहिलो सातासम्म हामीले एउटा मोटामोटी खाका तयार गर्न सक्छौं भन्ने लाग्छ ।

प्रचण्डको उत्तराधिकारी बनाउने कुरा आएको थियो, उहाँको उत्तराधिकारी को हो ? उपाध्यक्षहरु हुन् कि महासचिव ?

–हामीले एक्काइशौं शताब्दीको जनवाद भनेका छौं । विश्व कम्युनिष्ट आन्दोलनमा हामीले के देख्यौं भने एउटा लिडर छउन्जेल केही नहुने, अनि ऊ मरिसकेपछि प्रतिक्रान्ति हुने । दोस्रो के भने एउटा नेता नमरुन्जेलसम्म पदमै रही राख्ने । यही भएर हामीले वैकल्पिक नेतृत्वको विकासमा पनि सोच्नुपर्छ भन्ने निश्कर्ष निकालेका छौं । त्यस्तै संघर्षमा त नेतृत्व दिएर जान सक्ने तर सत्तामा गैसकेपछि प्रतिक्रान्ति हुँदा पनि केही गर्न नसक्ने स्थिति पनि देखियो । त्यसैले एउटा पङ्ती जनतासँग गाँसिइराख्नुपर्ने र एउटा पङ्तीले सरकार सञ्चालन गर्नुपर्ने हिसाबले हामीले सोचेका छौं । हाम्रो भनाइ के हो भने हजारौं लिडरशीपको पङ्ती तयार गर्नुपर्छ । त्यसकार यसको रणनीतिक महत्व छ ।

कोरियातिरको जस्तो उत्तराधिकारी बनाउने भनिएको त होइन ?

–त्यस्तो होइन । हामीले यसबारेमा पनि समीक्षा गरेका छौं । माओ यस्तो अवस्थासम्म पार्टीमा रहनुभयो, जतिबेलासम्म उहाँले बोलेको केही पनि बुझिँदैनथ्यो । उहाँ सासले मात्रै बोल्नुहुन्थ्यो र एउटा यन्त्रमार्फत् माओले यो बोल्नुभएको हो भनिन्थ्यो । त्यस्तो अवस्थासम्म पनि माओ किन बसिराख्नुपरेको ? यस्तो स्थितिलाई हामीले कसरी व्यवस्थापन गर्ने प्रश्न छ । उत्तर कोरियामा हेर्ने हो भने त्यहाँ वंशाणुक्रम आयो । यो दुबैबाट हामीले सिक्नुपर्यो र अगाडि बढ्नुपर्यो ।

महाधिवेशनमा प्रचण्डले अब १० वर्षपछि राजनीति गर्दिँन भन्नुभएको हो ?

–वहाँले पार्टीको नेतृत्व गर्नुभएको २४ वर्षभन्दा बढी भयो । यसमा हामी अहिले छलफल गर्दैछौं । कसरी हामी लिडरसिप सहज ढंगले हस्तान्तरण गर्न सक्छौं ? स्टालिनले आफ्नै केन्द्रीय समितिका सदस्यलाई फाँसी दिनुपर्ने परिस्थिति जुन बन्यो, यो सबै लिडरशीपमा समस्याहरु हुन् । उत्तराधिकारी को बन्ने भन्ने कुरा व्यक्ति भन्दा पनि आवश्यकताले निर्धारण गर्ने कुरा हो ।

23 Comments on “जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन”
  • गर्ब छ नेपाली हुनुमा wrote on 10 February, 2013, 15:23

    जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन भन्ने टाइटल दिएर त्यो बिषय नै समाबेश नगर्नु पत्रकारिताको धर्म होइन! पार्टीगत स्वार्थ,पार्टीगत पूर्वाग्रह राखेर वा कुनै पार्टी मन पर्दैन भन्दैमा,उसको नभएको कुरा बाहिर ल्यायर बदनाम गराउनु पनि लोकतान्त्रत्रिक पत्रकारिता होइन…!!!

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 35 Thumb down 32

    [जवाफ फर्काउनुहोस्]

    DB Pun Reply:

    अरुलाई लोकतन्त्रको पाठ पढाउन भन्दा आफ्ना नेताहरूको व्यवहारलाई ठिकसँग बुझ्ने कोशिस गर्नु नै इमानदारीता हुने थियो ।

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 10 February, 2013, 15:59

    जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन….जनता बाट मावोबादिले लुटेको, थर्काएर चन्दा मागेको पैसामा पनि खेलेको हो ….!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 82 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    DOLAKAANTA Reply:

    kasle sikaako ho testo bolnalaai kee kasaile NGO baata paisaa bhareko cha, adhyen garera bolna sik

    Like or Dislike: Thumb up 4 Thumb down 23

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    sikaunu par6 desh ko lagi je ni garin6….rajnitik party vanekaa mero khutta kaa dhulo hun….yini haru sang kin daraune…!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    dalakaanta Reply:

    daraauna ta kina paryo ta gunda bhaye pachi rajnitikaa taauke harule samarthan gareehaalchan ni talaai.

    Like or Dislike: Thumb up 1 Thumb down 20

    dalakaanta Reply:

    tehi je panee gareko garei chas ra ta hamile hareerahekaa chau ni.

    Like or Dislike: Thumb up 2 Thumb down 14

    Raj Reply:

    ma yeuta student hu ani kunai pani rajnitik party sang related 6ain….malai je thik lag6 …jasle ramro kaam gar6 uaskai paksha maa bolne ho…..!!!!!!!!

    Like or Dislike: Thumb up 16 Thumb down 2

  • Deshbhekta sharma wrote on 10 February, 2013, 16:03

    Yinii haru Aja , arab ra kharab ko kura garchan, yaha aaja Barsaulagaauda pani Help nepal.net ko 10,000000 paropakaari fund ma 1 karod uthna muskil pareko chha, hare rama bidhatale kasari nimitanna pari sakyo ni bhasmasur maobaadile yo desh laai. Maaibaadile chhahe aaja 10 arab jamma hunchha, dur daraj kaa jantako laagi kholeko 10 karod ko paropakaari kos ko laagi 1000nrs collection garna gaaro pareko chha , dikkar chha hami nepali hunu ma, khayo desh bhasmaasurle !!!

    Like or Dislike: Thumb up 14 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Hom Bahadur wrote on 11 February, 2013, 3:27

    Ramro lagyo

    Like or Dislike: Thumb up 5 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Rojina Grg wrote on 11 February, 2013, 9:21

    “जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन” ठीक कुरा बोले बोगती सरले । जनमुक्ती सेना बैंक लुटेको, जनता लुटेको, छुरा-भाला-तरबार-बन्दुक इत्यादी देखाएर धम्काएर उठाएको चन्दा, रक्तचन्दन तस्कर गरेको पैसा, यारसागुम्बा तस्कर गरेर जम्मा गरेको पैसा, ठेक्का पट्टामा धम्काएर उठाएको पैसामा पनि खेलेको हो ।

    Well-loved. Like or Dislike: Thumb up 55 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

    Dipak Reply:

    Sahi ho

    Like or Dislike: Thumb up 12 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    Thakur Pd.Devkota Reply:

    Rojina ji jasari vannu vayo tyo ta sadhya nichatako parakasta ho. yuddha ma sistata khojnuvayo vane tyo tapainko vram ho tesbela luteko hoina tara kabja gareko chanhi ho. tapaiharulai swotantrata dine peoples liberation army parati galat bujhai pratigami bichar ho ra paribartan nachahane Amale ra congresh jasle kahilai paribartan chahena haruko biacar ho

    Like or Dislike: Thumb up 1 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    Nem Lal Reply:

    हो हो रक्तचन्दन, यार्सागुम्बा तस्कर त गरेकै हो नि, काली बहादुर खामको इतिहाँस पढे पछी थाहा हुन्छ पिपल्स लाइब्रेसन आर्मी हो कि प्रचन्ड लाइब्रेसन आर्मी हो या रक्तचन्दन तस्करि लाइब्रेसन आर्मी हो ।

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • paban wrote on 12 February, 2013, 23:31

    8 crore mahadhibesan ma kharchha garne paisa kaha baat aayo tyo paisa kasle diyo, nepali kukur janata ho chetana vaya

    Like or Dislike: Thumb up 13 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    lahapak lahad Reply:

    यहाँ माहानुभाव विदेसि पर्नु भो कि कसो हो नेपालीलाई कुकुर भन्ने ।

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • lahapak lahad wrote on 14 February, 2013, 4:14

    क्रिया प्रतिक्रिया आफ्नो ठाउँमा हुन्छ । तर नेपालिको शीर झुक्ने वोली बोल्ने के हो नि ।

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sudhir wrote on 16 February, 2013, 6:39

    १. इतिहासकै सबभन्दा ठूलो (५० सदस्यीय) मन्त्रिपरिषद्
    २. अहिलेसम्मकै सबभन्दा ठूलो (४६ सदस्यीय) निजी सचिवालय
    ३. पार्टीभित्रबाटैराष्ट्रघातीको आरोप सहँदै भारतसँग बिप्पा सम्झौता
    ४. विमानस्थल भारतीय कम्पनीलाई दिने सम्झौता
    ५. बालकृष्ण ढुंगेलसहितका अपराधीलाई उन्मुक्ति
    ६. लेनदेनकै आधारमा उपल्लो त्रिशूलीको क्षमता बढाउने स्वीकृति
    ७. नातेदारलाई सरकारी निकायमा नियुक्ति
    ८. कथित जनसत्तालाई मान्यता दिने दुस्साहस
    ९. पत्रकारका हत्यारा छुटाउन हरसम्भव कोसिस
    १०. अदालतको मानहानिको मुद्दाको सामना
    ११. संविधानसभाको अवसानमा मुख्य भूमिका निर्वाह
    १२. सूचनाको हकमा रोक लगाउने प्रयास
    १३. भारतलगायतका देशमा राजदूत नियुक्त गर्न असफल
    १४. श्रीमतीमार्फत नौवटा मन्त्रालयमा हालिमुहाली
    १५. गरिबको घरमा बासका नाममा लाखौं रकम खर्च

    Like or Dislike: Thumb up 21 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Sura Sundari wrote on 16 February, 2013, 17:24

    महाधिवेशनमा प्रचण्डले अब १० वर्षपछि राजनीति गर्दिँन भन्नुभएको हो ?
    प्रचण्डले त चुनावका बेला प्रधानमन्त्री पनि नबन्ने भन्या हो नि। नेपालमा कोही पनि पार्टी अध्यक्ष भए जिन्दगी भरलाई हुने हो गिरिजा जस्तै।

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • sangharsha wrote on 16 February, 2013, 20:24

    natra tero jasto bikaarriiii party..chanda uthaudai hidne partyy kosko paisama moj garyota..bogatii chorrr salehhhh..mukti senako namma brastachar vako hami nepalile dhekechainamra??..nepali latoo jasto lagcha timi harule..chor harruuu!!!!

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    bam Reply:

    sangharsha g jun khal ko japhab dinu bhayo tesma ma asahamat 6u ki na bhane partigat hisab le kunai bichar ra salla sujaba dinu ramro ho tara begtigat rup ma kasailai chor sale phata bhannu aphai ma laj mardo kuro ho teskaran bogati sir ko pristha bhumi lai tapai ali adhen garne kosish garda ramro huthyo kinaki comnista haru ma kehi galti bhaya pani 100 ma 75% sahi hun6n jastai biswa etihash lai herda

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kamal wrote on 18 February, 2013, 22:25

    “जनमुक्ति सेना सरकारले दिएको पैसामा मात्रै खेलेन” ठीक कुरा बोले बोगती सरले । जनमुक्ती सेना बैंक लुटेको, जनता लुटेको, छुरा-भाला-तरबार-बन्दुक इत्यादी देखाएर धम्काएर उठाएको चन्दा, रक्तचन्दन तस्कर गरेको पैसा, यारसागुम्बा तस्कर गरेर जम्मा गरेको पैसा, ठेक्का पट्टामा धम्काएर उठाएको पैसामा पनि खेलेको हो ।

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • nepal wrote on 20 February, 2013, 4:04

    कठित जन युद्धको नाउमा माओवादीले जनतालाइ उक्साएर परिवर्तन गर्ने खोक्रो भाषणबाटै, बहु विवाह रोक्न चार पाटा मेडेर श्रम कैदको नामा तीन चार महिला सम्म काम गर्न लगाउने, भ्रष्टाचार नियन्त्रणक नाममा विना कुनै अधार सामाजिक कार्यमा लागेका कैयौंलाई परिवारसँङ मिठो मसिनो आएर गुजारा र्ने लाई कन्चटमा गोलि ठोक्ने, जाड रक्सि नियान्त्रका नाममा त्यसैबाट निर्वाह गर्ने जनताको पेशामा नै बर्बाद पार्ने, पून: निर्माणका नामा विभिन्न ऐतिहासिक अस्तित्व बोकेका भौतिक संरचना भत्काउने ।
    जति पनि छन् यस्ता कहानी जो भनेर साध्य छैन ।
    आखिर के का लागि र किन ?
    माओवादी नेता प्रचण्ड पथका छोराले नै अर्काकी स्वास्न तप्काउन पनि मिल्ने कस्तो अचम्म ।
    जनमुक्ति सेना भित्रै करोडौ भ्रष्टाचार भएको कुरा जान्दा जान्दै पनि आखिर किन आनिएन उनका कन्चतमा गोली ? हिम्मत छ भने हानेर जनतालाई देखाउ, सक्दैनौ भने पशुपतिमा भएर उही भारितीइ भट्टलाई ढोग गर्दै खोक्रो धर्म कर्ममा लागे हुन्छ ।
    बडो परिवर्तनको कुरा गर्ने साला बकम्फुसे हो, आखिरमा न्याय पालिका र कार्यापालिका लाई एकैठाउँमा मर्ज गरेर खुब ठुलो कुरा गरेउ हैन ?

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु