उत्पादन बढाऔं, एमाओवादी घटाऔं :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

उत्पादन बढाऔं, एमाओवादी घटाऔं

अरुण बराल

हेटौडामा सम्पन्न एमाओवादीको सातौं महाधिवेशनले उत्पादन बढाउने तथा जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने कार्यदिशा पारित गरेको छ । उत्पादन बढाउनु र जनताको आर्थिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु ज्यादै राम्रो कुरा हो । तर, उत्पादन बढ्यो र जनताको जीवनस्तरमा सुधार आयो भने जनतालाई कम्युनिष्ट पार्टीको कुनै आवश्यकता पर्ने छैन र देशबाट कम्युनिष्टहरु पनि एकाएक घटेर जानेछन् । जहाँ बेरोजगारी र गरीबी रहन्छ, त्यहीँ कम्युनिष्टहरु फस्टाउँछन् ।

इलाममा उत्पादन धेरै, एमाओवादी थोरै

माओवादीको चर्चित ६ दिने आम हड्तालका बेला एकजना इलामे माओवादी कार्यकर्ता काठमाडौं आएका थिए । त्यसबेला यस पङ्ितकारले उनलाई सोध्यो- ‘इलाममा माओवादीले संविधानसभाको चुनाव किन हार्‍यो ? देशभर माओवादीको प्रभाव बढेका बेला इलाममा कम देखिनुको कारण के हो ?’ माओवादीको शिक्षक संगठनमा रहेका ती इलामे कामरेडको जवाफ रोचक थियो- ‘इलाममा कृषि र पशुपालनले गर्दा उत्पादनको राम्रो विकास भएको छ, जनताको जीवनस्तर पनि राम्रो छ, यसले गर्दा हाम्रो जिल्लामा मध्यम र धनी वर्गको बाहुल्यता भएकाले मानिसहरु माओवादीतर्फ आकषिर्त नभएका हुन् ।’

इलामे कामरेडको विश्लेषणलाई मान्ने हो भने जहाँ उत्पादनको विकास हुन्छ, त्यहाँ माओवादीको विनास हुँदोरहेछ । तर, यसो भनेर उत्पादन बढाउनु नराम्रो होइन । हामी सबैले देशमा उत्पादन बढाऔं, र माओवादी घटाऔं । एमाओवादीको हेटौडा महाधिवेशनको सन्देश पनि यही हुनुपर्छ ।

एमाओवादी भन्छ- उत्पादन वृद्धिले समाजवादमा पुर्‍याउँछ

एमाओवादीले पारित गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ- ‘पार्टीले जनताको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने तथा सामन्ती अवशेष र नवऔपनिवेशिक शोषणको अन्त्य गरी पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभारलाई नयाँ र मौलिक ढंगले पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्नेछ ।’

दस्तावेजमा भनिएको छ- ‘स्पष्ट दृष्टिकोण र रणनीतिका आधारमा उत्पादन संघर्षमार्फत् जनता र राष्ट्रको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अभियानको नेतृत्व गर्दै जाँदा विकसित हुने नयाँ उत्पादक शक्ति र नयाँ उत्पादन सम्बन्धले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने अनुकूलता मात्र पैदा गर्ने छैन, अपितू त्यसबाट समाजवादी क्रान्तिको बलियो आधार पनि खडा गर्नेछ ।’

एमाओवादी पूर्वलडाकू ललितपुरको खोकनामा मल बोक्दै

माक्र्सले भनेकै पुगेन

माओवादीले आफनो दस्ताबेजमा भनेजस्तै कार्ल माक्र्सले पनि पुँजीवादको विकास भएपछि समाजवाद आउँछ भनेका थिए । तर, सबैभन्दा पहिले पुँजीवादको विकास भएको बेलायतमा अहिलेसम्म समाजवाद आएको छैन । अमेरिका, जर्मन र फ्रान्समा पुँजीवादको विकास भएर काठ पसिसक्यो, तर त्यहाँ समाजवाद आएन । पुँजीवादको विकासक्रममा पछाडि रहेको रुसमा समाजवाद आयो । जापानमा अहिलेसम्म समाजवाद आएन, तर पुँजीवादको विकास नभएको चीनमा समाजवाद आयो । माक्र्सको परिभाषाअनुसार युरोपका पुँजीवादी मु्लुकमा पहिले समाजवाद आउनुपर्ने हो, तर एशियाका गरिब एवं पिछडिएका ठाउँमा मात्रै कम्युनिष्ट मौलाए । अहिले दक्षिण अमेरिकामा समाजवादीहरु छन्, तर अमेरिकामा जति उत्पादन बढे पनि समाजवादको संकेत देखिएको छैन । त्यसैले उत्पादन बढाएर जनताको जीवनस्तरमा सुधार ल्याएपछि समाजवादको आधार तयार हुन्छ भन्नु एमाओवादीको ऐतिहासिक बाध्यता मात्रै हो । उत्पादन बढ्यो र जनताको जीवनस्तरमा सुधार आयो भने समाजवादको ढोका खुल्ने हैन, झन पो बन्द हुँदोरहेछ । के भारतमा नितीशकुमारले समाजवादको ढोका खोलिरहेका छन् ? हैन, त्यहाँ कम्युनिष्ट पार्टीको जनाधार र औचित्य समाप्त हुँदै गइरहेको छ । गरिवीको अन्त्यसँगै माओवादीको औचित्य पनि समाप्त हुन्छ भन्ने भारतीय संस्थापन पक्षको निश्कर्षअनुरुप भारतमा हरित क्रान्ति र कृषिमा औद्योगीकरण थालिएको हो ।

तर, उत्पादन बढाउनु राम्रो

उत्पादन बढाउनका लागि संघर्ष गर्ने कार्यक्रम जसले ल्याए पनि त्यसलाई स्वागत गर्नुपर्छ । जीवनलाई सिद्धान्तका लागि नभएर सिद्धान्तलाई जीवनका लागि बनाउने हो भने जनताको जीवनमा जुन सिद्धान्तले सुधार ल्याउँछ, त्यसैलाई सबैले मान्नुपर्छ । त्यसैले जनताको जीवनस्तरमा सुधार आयो र सिंगै देशले बेरोजगारी एवं गरीबीबाट उन्मुक्ति पायो भने हामीलाई माओवाद वा कम्युनिज्म नै किन चाहियो ? चाँहिदैन । त्यसैले एमाओवादीले उत्पादन बढाओस्, जनताको जीवनस्तरमा सुधार ल्याओस् र आफैंलाई घटाओस्, उसको यो ‘बलिदानी’लाई जनताले अवश्य श्रद्धाञ्लली अर्पण गर्नेछन् । पुष्पगुच्छा चढाउने छन् ।

प्रचण्डले विगतमा भन्ने गरेका थिए, नेपाललाई स्वीट्जरल्याण्ड बनाउन सकिन्छ, नयाँ नेपाल बनाउन सकिन्छ । हो, स्वीटजरल्याण्डमा उत्पादनको राम्रो विकास भएको छ, पुँजीवादको विकास भएको छ । तर, त्यहाँ कसैलाई पनि समाजवाद चाहिएको छैन । स्वीटजरल्याण्डलाई माओवाद र कम्युनिष्ट पार्टी पनि चाहिएको छैन । उत्पादन बढाउँदा समाजवाद आउने भए सिंगापुरमा अस्ति नै आइसक्नुपर्ने हो, आएको छैन । तर, सिंगापुर र स्वीट्जरल्याण्डलाई मात्रै पछ्याउन सकियो भने पनि हामी भाग्यमानी ठहरिने थियौं ।

यसरी बढ्ला र उत्पादन ?

माओवादीले उत्पादन बढाउने त भनेको छ, तर यसबारे उसित कुनै ठोस योजना देखिँदैन । माओवादी नेताहरु महंगो भाडा तिरेर शहरमा बसेका छन् । नेताका परिवारका सदस्यहरुको कुनै आर्थिक क्रियाकलाप छैन । चन्दा वा लेबीबाहेक उनीहरुको अर्को आयस्रोत छैन । यो जीवनशैलीमा परिवर्तन नल्याई उत्पादन बढ्दैन । राजधानीमै बस्ने नेताले पनि बडीखेल वा कुनै काँठ क्षेत्रमा डेरा सरेर दुईवटा बाख्रा, दुईवटा कुखरा वा कमसेकम एउटा गाई नपालेसम्म परनिर्भरताबाट मुक्त हुने अवस्था हुँदैन । नेताका छोराछोरी वा घर परिवारले राजधानीमा परनिर्भर भएर बस्नुभन्दा आ-आफ्नो पैत्रिक थलोमा गई उत्पादनमा भाग लिने र त्यहीँ जनतासँग घुलमिल गर्ने कार्यदिशा नलिई उत्पादनका लागि संघर्षको रामनामी जपेरमात्रै केही हुने देखिन्न । भैहाल्यो भने पनि इलामे कामरेडले भनेजस्तो यसले मध्यमवर्ग र धनी वर्गको संख्या बढाउने छ, जसले गर्दा माओवादीको प्रभाव घट्ने छ ।

9 Comments on “उत्पादन बढाऔं, एमाओवादी घटाऔं”
  • nepali babu wrote on 11 February, 2013, 4:57

    nahune kura china biswako sabai bhanda sabai thok utpadan garne desh ho teha sabai sommunist thiye ra chhan yeso bujhne kosis garnuhos

    Like or Dislike: Thumb up 10 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    kopila Reply:

    ए पत्रकार के बोलेको ?? तिमीलाई हेक्का रहोस अहिले एमोबदी घटाउनु देसको आबस्यकता हो कि देस लै चाहिने उत्पादन गर्नु ?? तेसै उत्पादन हुने भए आज सम्म किन भएन ? चीन लै हेरे हुन्छ क भएको छ ? रसिया लै पनि हेर ! येही सोच ले देस बिग्रेको हो ! तिमि पत्रकार हरु सहि सूचना दिएर राम्रो गरौला भन्दा झन् समाज लै नकारात्मक हुन प्रेरित गर्ने ? येही भएर देस बिग्रेको हो !

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Ritesh Thapa Reply:

    Yehi ho Jawaf!

    “माओवादीले आफनो दस्ताबेजमा भनेजस्तै कार्ल माक्र्सले पनि पुँजीवादको विकास भएपछि समाजवाद आउँछ भनेका थिए । तर, सबैभन्दा पहिले पुँजीवादको विकास भएको बेलायतमा अहिलेसम्म समाजवाद आएको छैन । अमेरिका, जर्मन र फ्रान्समा पुँजीवादको विकास भएर काठ पसिसक्यो, तर त्यहाँ समाजवाद आएन । पुँजीवादको विकासक्रममा पछाडि रहेको रुसमा समाजवाद आयो । जापानमा अहिलेसम्म समाजवाद आएन, तर पुँजीवादको विकास नभएको चीनमा समाजवाद आयो । माक्र्सको परिभाषाअनुसार युरोपका पुँजीवादी मु्लुकमा पहिले समाजवाद आउनुपर्ने हो, तर एशियाका गरिब एवं पिछडिएका ठाउँमा मात्रै कम्युनिष्ट मौलाए ।”

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Binod Reply:

    Pungbadi-Janabadi Kranti sampanna garna apnaine sangharsaka bibidh rupharu maddhe Utpadanma lagne karya pani huna sak6 . Tara sangharsako bidhi ‘Utpadan karaya’ (?) nirapek6 banaudai lagema Arungle bhane jastai emaobadi ghat6 aru communist party bad6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanjay shahi wrote on 11 February, 2013, 5:41

    i find the article interesting..because author has given support his article with reference… it is the truth..

    Like or Dislike: Thumb up 8 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Mahesh wrote on 11 February, 2013, 5:48

    Nahune kura bakbaas, YCL bhayera chanda ra lut garera khaneharu badhdaima utpaadan badhxa ra? utpadan badhna ta kaam garne jagar bhayeko haat badhnu paryo ni . arko kura, dui char jana maowadi neta haru chanda ra lut ko sampati bata dhani hundaima desh dhani hunxa ra?

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    prem Reply:

    mahesh ji nepalilai satta ko rajniti chaheyeko chaina nepalilai sambrida banaune rajneti chaheyeko chha. utpadanko lagi kam abashya grnu parchha, tara tapaiko jasto dimagma utpadanko lagi kam grnu parchha ra tesko lagi rajneti garnu prchha banee soch naaye samma 80 year rajneti gare pani maheshko desh nirmanma kunai yogdan hundaina so please maoust le utpadanko niti leyo eslai bebaharma kasri utarx ra hamile afno thaun bata kasto sahayog garna sakenchha garau,, eslai bakbaas banera hoina w\swagat garera sahayog garau esko alawa tapai saga desh nirmanko kunai formula chha bane lyaunus teshma sabai nepali le sahayog garne chhan…….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • भालु कान्छो wrote on 11 February, 2013, 6:00

    येही उत्पादन २०५२ सालदेखि बढाउन थालेको भए अहिले कति बढी सक्थ्यो ? साम्यवाद र कम्युनिस्ट सासन ल्याउन ज्यान दिएका बिचरा लडाकु योद्धा र सामान्य जनता अहिले स्वोर्ग मा उत्पादन बढाउदै होलान होइन ?

    Like or Dislike: Thumb up 26 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Rabin singh wrote on 11 February, 2013, 13:53

    yo lekha lekhak lai samaj bad bhane ko ke ho bhanne chetana nai chhaina .haina ramro kam lai ta protsan garnu paroni . Jeile pani aalochana matra garera patrakarita ko dharma nibhauneta .alochana pani positive hunu paro ni mula sag .

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु