जँड्याहा बानीले निद्रा बिथोलिएला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जँड्याहा बानीले निद्रा बिथोलिएला

पछिल्लोपटक गरिएको एक अध्ययनले मदिरा पिउने मानिसहरुको निद्रा बिथोलिने तथ्य पत्ता लगाएको छ । रक्सी पिउने मानिसहरुमा रातमा गहिरो निद्रा नलाग्ने र बिउँझिएपछि छटपटी छुट्ने र फेरी निद्रा नपर्ने समस्या बढि देखिने गरेको अल्कोहलिज्मः क्लिनिकल एण्ड एक्सपेरिमेन्टल रिसर्च नामको पत्रिकामा छापिएको अनुसन्धान समाचारमा उल्लेख छ ।

अनुसन्धानका क्रममा विज्ञहरुले विभिन्न २० वटा अध्ययनमा गरी ५ सय १७ जना मानिसहरुको ३८ पटकको निद्रालाई प्रयोगशालामै परीक्षण गरेका थिए । अध्ययनमा सहभागी गराइएहरुलाई फरक फरक मात्रामा रक्सी खान दिइएको थियो । एक समूहलाई एक वा दुइ प्रकारका रक्सी कम मात्रामा दिइयो । अर्को समूहलाई मध्यम स्तरमा २ देखि ४ प्रकारका रक्सी खान दिइयो भने अर्को समूहकाहरुलाई चार भन्दा बढि प्रकारका रक्सी मनग्गे खान दिइयो । यसरी अध्ययनमा लिइएकाहरु स्वस्थ युवावर्गका थिए जसमा त्यसअघि रक्सीको कुलत थिएन ।

यो अध्ययनबाट के देखियो भने रक्सीको मात्रा बढि दिइएका मानिसहरुलाई छिटै निद्रा पर्ने भएपनि निद्रा लामो र गहिरो भने नहुने रहेछ । यसको निष्कर्ष के रह्यो भने रातमा छिटो निद्रा नपर्नेहरुको लागि मदिराको सहारा छिटो निदाउन सहयोगी हुने भएपनि यसबाट मध्यरातमा निद्रा टुट्ने र त्यसपछि निद्रै नलाग्ने समस्या पैदा हुन्छ ।

शोधकर्ताहरुले निदाउनका लागि भन्दै रातमा रक्सी पिउनु निकै खराब बानी भएको भन्दै रक्सी पिउँदा मानिसलाई छिटै निद्रा लाग्ने भएपनि त्यस्तो निद्रा मध्यरात भन्दा पछिसम्म नरहने र त्यसपछि मानिस सुत्नै नसक्ने समस्या पैदा हुनसक्ने बताउँछन् । अल्कोहलले मानिसको सरीरमा पार्ने अन्य असर त छँदैछन् यसरी निद्राको लम्बाइ तथा गहिराइमा समेत नकारात्मक असर पारी मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पूराउने विज्ञहरुको भनाइ छ । अध्ययनले के पनि देखाएको छ भने रक्सी बढि पिउने मानिसहरु सपना कम देख्छन् ।

2 Comments on “जँड्याहा बानीले निद्रा बिथोलिएला”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु