२ फागुन, काठमाडौं । डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब चौथो सिमरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्र क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधी नजिक मात्र पुगेन, ए डिभिजन लिगमा व्यहोरेको हारको बदला लिएको छ । ए डिभिजन लिगमा मच्छिन्द्रले २-१ को जित हात पारेको थियो ।
स्थानीय सिमरा रंगशालामा भएको खेलमा खेलमा मनाङका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा निराजन मल्लको क्रसमा हेड गोल गर्दै उनले मनाङलाई अग्रता दिलाएका हुन् ।
दोस्रो हापमा केही सुधारिएको प्रदर्शन गरेको मच्छिन्द्रले बराबरी गोल फर्काउने मौका गुमायो । नविन न्यौपानले मच्छिन्द्रको प्रहार गोल लाइनबाट बताए । खेलमा थप गोल हुन सकेन र मनाङ १-० ले विजयी भयो ।
Doobai team jitna ko laagi yogya chhan so can’t say anything right now..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
machindra is the best .I hope machindra wiil be win .Best of luck both teams.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
wao??manangle jityo hahahahah…best of luck manaag,aba upadhi timrai ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]