एमाओवादी : भाइ एमाले :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एमाओवादी : भाइ एमाले

गणेश पाण्डे
नेपालका बामपन्थीहरु गर्ब गर्छन्, नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी अग्रपंक्तिमा छन् । तर, विडम्वना पनि छ कम्युनिष्ट पार्टीबीच एकता छैन । ६२ प्रतिशत भन्दा बढी मत पोल्टामा राखेका कम्युनिष्ट पार्टीबीच अघोषित शत्रुता छ । खासगरि वितेको एकदशक नेकपा एमाले र माओवादीबीच सबैभन्दा बढी द्वन्द्व, असली कम्युनिष्ट को ? भन्नेमै देखियो । एमालेलाई बुर्जुवा, दक्षिणपन्थी र माओवादीलाई अग्रबामपन्थीको आरोपमा हिलो छ्यापाछ्याप गरियो । तर, एमालेलाई कम्युनिष्ट पार्टी नै नस्वीकार्ने त्यही एकीकृत माओवादी अहिले २० बर्ष अघि नै -२०४९ सालको राष्ट्रिय महाधिवेशनबाट) एमालेले पारित कार्यदिशामा फर्किनुले नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा रोचक बहसको सुरुवात भएको छ ।
दशबर्षे तुफानी सशस्त्र युद्ध र संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको एकीकृत नेकपा माओवादीले हटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट जुन कार्यदिशा लिएको छ, त्यो एमालेपथ हो । सर्वहारावर्गको राज्यसत्ता स्थापनार्थ हतियार उठाएको पार्टी अब पुँजीवादी क्रान्तितर्फ मोडिनुले एमालेको जनताको बहुदलीय जनवादको नयाँ संस्करणको उदय भएको भएको छ । समग्रमा अर्को एउटा एमाले पार्टीको जन्म हुनु हो । पार्टी निर्माण, क्रान्ति वा संघर्षको सबालमा माओवादी अब एमालेपथमा पर्दापण भएको छ ।
माओत्सेतुङले भनेका छन्, व्यापक जनताको संयुक्त मोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसको मातहतमा चल्ने सशस्त्र सेना, क्रान्तिका तीन जादुमय हतियार हुन । क्रान्ति गर्न यी तीनवटै हतियार चाहिन्छ । एउटा व्यापक संयुक्त मोर्चा जहाँ देशभक्त, मजदुरदेखि बुद्धिजीविसम्म हुन्छन, जो परिआउँदा लड्नका लागि तयार हुन्छन् । र, क्रान्तिकारी कम्युनिष्ट पार्टी जसको नेतृत्वमा सशस्त्र सेना हुन्छ । माओसेतुङलाई पछ्याउँदै माओवादीले विगतमा त्यही भनेको थियो, गाउँगाउँमा गएर ।
एमालेजनलाई पनि लाग्यो, एमाले कम्युनिष्ट पार्टी कसरी हुन्छ ? एमालेले राजालाई कहिले फाल्छ ? जोसँग सेना छैन, जसले हतियारै उठाउँदैन । एमालेबाट फुटेर माले बनेका अधिकांश कार्यकर्ता त्यही भ्रमले पुरानो घर फर्किनुको सट्टा थन्सारतिर सरे । तर, माओसेतुङको आदर्शलाई लात मार्दै माओवादी कालान्तरमा संशोधनवादतर्फ उन्मुख भएको छ । कुनैबेला शान्तिपूर्ण वर्गसंघर्ष नस्वीकार्ने माओवादी अहिले सेनाविहीन छ, उसको जनमुक्ति विघटन भएर राष्ट्रिय सेनामा मिसिइसक्यो । हतियार पनि सरकारलाई बुझाइसक्यो । हिंसाको संघर्ष छाडेर एमालेले अंगाल्दै आएको शान्तिपूर्ण क्रान्तिको बाटोमा आइपुगेको छ । हतियारबिना कम्युनिष्ट पार्टी हुन्छ भन्ने पार्टी एमाले नै थियो, अहिले त्यहीं आइपुगेको छ माओवादी ।
जनताको बहुदलीय जनवाद (जबज)ले बहुदलीय प्रतिस्पर्धामा भाग लिने कम्युनिष्ट पार्टीलाई व्यापक जनताको माझबाट अनुमोदित पार्टीको रुपमा व्याख्या गरेको छ । त्यो पार्टी जुन काँग्रेस जस्तो भीडमा आधारित होइन, न त क्याम्पमा बस्ने होलटाइमर कार्यकर्ताको पार्टी । पार्टीका आफ्ना प्रशिक्षित कार्यकर्ता, जो हरेक जनता माझ पुग्छन । र, व्यापक जनताबाट अनुमोदित हुन्छन् । त्यो एक अर्थमा ‘मास’ आधारित पनि हुन्छ, कार्यकर्ता आधारित पनि । हरेक मोर्चामा यस्ता असल र बफादार कार्यकर्ता हुन्छन, जसलाई ‘मास’ले पत्याएको हुन्छ । कार्यकर्ताको सबालमा त माओवादीले यसअघि नै आˆनो नीति बदलिसकेको थियो । अधिकांश कार्यकर्ता अहिले क्रमशः होलटाइमरबाट पलायन हुँदैछन, शान्तिप्रक्रियामा आएताका जस्तो क्याम्पमा पनि बस्दैनन । बरु, घरगृहस्थी, व्यापार व्यवसाय गरेर पार्टीका लागि जेनतेन समय निकाल्छन् । हो, पार्टी निर्माणको सबालमा होस, क्रान्तिको सबालमा या संघर्षको सबालमा माओवादीले जबजलाई पछ्याउँदै एमालेको भाई बनेको छ । माओवादीले त क्रान्ति नै पूरा भयो भनिसक्यो, क्रान्ति पूरा हुनु भनेको समाजवादतर्फ जानुपर्छ भन्ने हो । जबकी एमालेले त अहिलेसम्म क्रान्ति सकियो समेत भनेको छैन । क्रान्तिपूर्वक सरकार र जनता माझमा जान सकिन्छ भन्ने एमाले नीतिलाई अहिले माओवादीले अंगालिरहेको छ । ३० बर्ष सरकारमा रहने कार्यनीति पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पछिल्लो भनाइ कार्यनीतिक रुपमा जनताको बहुदलीय जनवादकै नीति हो । सिधा रुपमा भन्ने हो एमालेको नीति हो । सरकारमा लामो समय बस्दा शक्ति संचय गर्न सकिन्छ । राज्यसत्ता केबल सरकार, संसद र अदालतमात्र मात्रै होइन, सरकारमा रहँदा राज्यसत्ता टिकाउन आवश्यक एउटा बिचारधारा पनि टिकिरहेको हुन्छ । त्यहीकारण माओवादी सरकारमा टिकिरहन चाहन्छ, जसबाट तल्लोस्तरमा आफ्नो पकड कायम गर्न सकियोस । माओवादीमा देखिएको चरम सत्ता मोह र पूँजीवादी राजनीतिक दृष्टिकोण दार्शनिक अर्थमा दक्षिणपन्थी सुधारवाद, अवसरवाद र संसदवाद हो ।
१० बर्षे सशस्त्र बर्गसंघर्षको न्यूनतम राजनीतिक कार्यक्रम थियो, आम सर्वहारावर्गको पूर्ण अधिनायकत्वसहितको जनवादी शासन व्यवस्था स्थापना गर्ने । भूमिगत पार्टी, अग्रपंक्तिमा लडेको सशस्त्र सेना, मोर्चा र श्रमजीवि वर्गमा चलाइएको स्कूलिङमा जनवाद हुँदै साम्यवादमा पुग्ने सपना बाँडिएको थियो । राज्यसत्ताबाहेक सबै भ्रम हुन् भन्ने माओवादी मान्यता पथप्रदर्शक सिद्धान्त थियो । माओवादीको गुलियो सर्वहरावर्गीय क्रान्तिकारी राजनीतिक दर्शनबाट प्रशिक्षित कार्यकर्ताको दिनरातको दुःख हैरानी, बलिदानीबाट पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई सिंहदरबारसम्म पुर्‍याएको हो । तर, प्रचण्डपथ जिन्वादवाद भन्दै मृत्यु या मुक्तिपथमा हिंडेका कार्यकर्ता सामु माओवादी नेतामा देखिएको वैचारिक राजनीतिक विचलन, अन्यौल, शिथिलता, निराशा, कुण्ठा र अकर्मण्यताले १० बर्षे युद्धकै खिल्ली उडाइरहेको छ । माओवादीले अब भने हुन्छ, १० बर्षे सशस्त्र युद्ध गलत थियो, शान्तिपूर्ण संघर्ष नै देशको अचुक औषधि हो । माओवादीले लिएको कार्यदिशाबाट एमालेले मात्र होइन, शान्तिपूर्ण संघर्षमा विश्वास गर्ने सबैले जितेका छन् । शान्तिपूर्ण संघर्षबाटै क्रान्ति सम्भव छ भन्ने एमालेकै पथमा मिसिएको माओवादीले अब एमालेलाई आफ्नो गुरु घोषणा गरे हुन्छ ।
तर, यसो भन्दैमा माओवादी बिगि्रहाल्यो भन्ने चाँहि होइन । समयलाई चिन्न नसक्ने राजनीतिक दल इतिहासको पानामा मात्र सीमित हुन्छ । त्यही मझधारमा उभिएको छ माओवादी पनि । हतियार, बम, गोला र बारुदले गरिबी र अभाबले जनताको पेटमा दन्किएको आगो निभाउन सकिन्न भन्ने निष्कर्षमा अहिले जसरी माओवादी आइपुगेको हो, जुन जनताको हितमा पनि छ । नेपाली जनताले हिंसा चाहेका छैनन्, न त ध्वंश । उग्रवामपन्थी भड्काव र जडसूत्रवाद चिर्दै ढिलै भएपनि एकीकृत माओवादीका नेताको घैंटोमा घाम लागेको छ । आफूमात्र अब्बल र समयसापेक्ष क्रान्तिकारी रहेको ढ्वाङ पिट्नुभन्दा जनजीविका, अशिक्षा, भोकमरी, बेरोजगारी, विभेदविरुद्ध स्पातिलो बन्न माओवादीले भूमिका बढाउन जरुरी छ ।

23 Comments on “एमाओवादी : भाइ एमाले”
  • Raj wrote on 13 February, 2013, 7:51

    यिनीहरुको नाम मात्र फरक हो….यिनीहरु पनि काँग्रेस कै बाटोमा हुन्….यी दुवै पार्टी काँग्रेसका दुइ छोरा हुन्……!!!!!!!!

    Like or Dislike: Thumb up 23 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

  • satyamohan PALPA wrote on 13 February, 2013, 8:10

    ab comunist haru ekjut bhayar desh r janatako lagi ramro garna sakema matra uniharuko bishwas jitna sakinchh . akhir emaobadi pni cpn uml ko batoma aypchhi bhinnata kxr , khali bishwasko ko kami matra ho . udeshya r karyaniti eutai bhay pxi kin namilne ? yastir sochera agadi badnu parne bela bhayekox .

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • milan gurung wrote on 13 February, 2013, 8:27

    emale guru ani congresh maha guru manna parchha maobadile

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kiran wrote on 13 February, 2013, 8:54

    ” माओवादीले अब भने हुन्छ, १० बर्षे सशस्त्र युद्ध गलत थियो, शान्तिपूर्ण संघर्ष नै देशको अचुक औषधि हो । ” यो गणेश पाण्डे भन्ने मान्छे पनि मलाई पाखण्डी नै लाग्यो । माओबादीको नेतृत्वमा त्यति धेरै जनताले बलिदानी नदिएका भए कुन त्यसका बाउले ल्याइदिन्थ्यो नि गणतन्त्र? माओबादीले त्यति ठूलो रिस्क नमोलेका भए अहिले कति राजाका झोले त कति जेलमा खोले खाएर बसिरहेका हुन्थे । अब फेरि राजा र राजतन्त्र समाप्त पारेपछि पनि १० वर्ष अघिकै धंगधंगीमा बन्दुक बोकेर के तेरा बाउको टाउकामा हान्नु त? अब त बिकासको काम गरेर देश र जनताको हित गर्नुपर्छ भन्ने कुरो ठीकै त हो नि । तर त्यसको अर्थ फेरि जनयुद्द गलत र बेठीक थियो भन्ने अर्थ लाउने हो भने कुनै जमानामा राजाको बिरोध गर्नुको पनि तुक नै के रह्यो त? झारपात कुरा लेख्छ यार ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 27 Thumb down 30

    [जवाफ फर्काउनुहोस्]

    BP Koirala Reply:

    Please respect others while commenting!!

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Kibha Reply:

    Yo pakhandi Ke lekheko cha chor sadai hatiyar uthaye des khatam bhayo ni gadha je gare pani kura kateko cha pahila hatiyar bhayeko parti bhanyo ahile hatiyar bujayo bhanera teri maki sakinaka

    Like or Dislike: Thumb up 0 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Bikash Rai wrote on 13 February, 2013, 9:29

    ” माओवादीले अब भने हुन्छ, १० बर्षे सशस्त्र युद्ध गलत थियो, शान्तिपूर्ण संघर्ष नै देशको अचुक औषधि हो । ”

    Like or Dislike: Thumb up 18 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • daman wrote on 13 February, 2013, 11:18

    झारपात कुरा लेख्छ यार

    Like or Dislike: Thumb up 7 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

  • Rabindra wrote on 13 February, 2013, 12:49

    You are 100% right ganesh sir. Maoist is a small brother of UML.

    Like or Dislike: Thumb up 10 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    laagneta lai thok neta Reply:

    माओबादी एमाले तिर फर्केको केहि हद सम्म ठिक पनि हो , हतियार बिहिन कम्युनिष्ट भएको मा तर,… बिस वर्ष अगाडी लिएअको सान्ति पूर्ण बाटो ले , सात दल ले रत्न पार्क र सुन्धारा मा देउसी भैलो को कार्य कर्ता को टोलि बनाएर नाची रहेको हुन्थियो … गण तन्त्र को ग पनि भन्न सक्दैन थिएओ … समाजबाद त कुरै छोडौ . त्यसै ले एमाओबादी ले लिएअको बाट समयॆ सपेक्छिक छ / समय भन्दा अगि र समय भन्दा पछि भएर उही कांग्रेस र एमाले जस्तो कार्यकर्ता मा मात्र सिमित हुन्थियो … नो ideology … प्रतिक्रिया मात्र…/

    Like or Dislike: Thumb up 5 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • p[radip pariyar wrote on 13 February, 2013, 14:03

    maobadi ko riksy kaam le garda ganatantra aayo vane,tyae riksy ko mole ahile vrastachar garera uthako ho ki k ho ?

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • B niraula wrote on 13 February, 2013, 16:52

    Ho Ab sabai (cpnuml) haru ek hunu par6
    Ektama nai bal hun6 bhanne kura parchanda ra makune le bujhnu par6.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • प्रेम लामा wrote on 14 February, 2013, 7:32

    के सुमार्गीको विगतको अवस्था बुझौ र जनयुद्दाकालमा लुडेका संम्पती अजयमार्फत नेपालमा मात्र होईन लण्डन देखि भेलारुससम्मा कहाँ कहाँ लगानी गरेको छ,केलाउ।लूडन नपाएपछि उत्पादनको नाममा फेरी सोझा सिधा नेपालीआमाका छोरा छोरीलाई भेडा बनाउलान्। प्रचण्ड”मानवरक्तपिचास”

    Like or Dislike: Thumb up 6 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • krishna chaudhary wrote on 14 February, 2013, 9:00

    malai ta lagdaina

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 14 February, 2013, 14:27

    यो भाईले राजनीतिक लेख लेख्न खोजेको रहेछ तर नछेउ मिलेको छ नटुप्पो मिलेको छ।भाई राजनीतिक ब्याख्या बिष्लेशण गर्न धेरै मेहनत गर्नु पर्ने देख्छु।सतही लेखको कुनै औचित्य हुदैन।भाईले माओवादीको म पनि बुझेको देखिन यि भाईले बिरालो र बाघलाई एउटै देख्नु भएछ।नेपालमाअहिले जे जति परिवर्तन र उपलब्धिहरु हाँसिल भएका छन सबैको मुख्य भुमिका माओवादी हो।माओबादीले शसश्त्र संर्घष त्यो हाईटमा नगरिदिएको भए सामन्तको नाईके राजतन्त्र ढल्ने थिएन गणतन्त्र धर्म निरपेक्षता संघिएता जस्ता उपलब्धिहरु हासिल हुन सम्भव थियो?एमाले त सामन्त संग घुडा टेकेर अश्तित्व लोप हुने अवश्थामा थियो बरु एमालेलाई माओवादीले बचाईदिएको भन्दा उपयुक्त हुन्छ सायद माओवादीले सशस्त्र र शान्तिपुर्ण संघर्ष गरेर सामन्तको नाईके नढलाईदिएको भए एमालेको हालत दिउसै लाईट बालेर खोज्दा पनि भेटीदैन थियो।सापलाई दुध पिलाउनु र एमालेलाई गुण लाउनु एकै भएको छ।माओवादी तिमले भने जस्तो तरिकाले आएको होईन पुजिवादी क्रान्तिको केही कार्यभार पुरा भएको र बाँकी कार्यभार पुरा गर्दै जनवाद हुदै समाजवादमा जाने भनेको के हो भाई अलि गहिराई पुर्वक अध्ययन गर।एमालेले कुन दस्तावेजमा लेखेको छ?उत्पादन ब्रिगेड बनाई उत्पादन गरि राष्टलाई आर्थिक समपन्नता बनाउदै समाजवादमा जाने भनेर एमाले जवजको कुन धारामा लेखेको छ?माथि र तलबाट हस्तक्षेप गर्दै क्रान्ति सम्पन्न गर्नु पर्छ भन्ने जवजको कुन धारामा लेखेको छ?अहिलेलाई यति कुराको पुष्टि गर भाई अरु कुरा अझै धेरै बाँकी छन पछि गरौला।एमाओवादी र एमालेमा आकाश जमिनको फरक छ सबैलाई चेतना होस।

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    Baru nabin bro maobadi sangai timi pani rachi jada hunchh ! Maobadi ka karan des 50 bars pachhadi pareko chh bishwo kaha chh timilai thaha chh cummunist haru kaha safal bhayako chhh timra futeko aakha le dekheka chhau ????

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Binod Reply:

    आदरणीय बुद्धीजीवी बर्ग नविन ज्यु ,
    हुनत तपाँइ माओबादीको मान्छेले आफ्नो पार्टीको बचाउ गर्नु माओबदीको मुल मन्त्र नै हो त्यसमा आपत्ती भएन । माओबादी को इतिहास मलाइ पनि थाहा छ जती हजुरलाइ थाहा छ । तपाइलाइ थाहा छ तपाइका नाइके प्रचण्ड के कारणले माओबादीमा लागे ? उनको कुरा छाडौ, आफ्नो बाउले छोरालाइ नराम्रो काम नगर छोरा भन्दा बाउलाइ मार्न माओबादीमा लाग्ने तीगे्रहरु धेरै छन माओबादीमा । आफ्नो व्यक्तिगत स्वार्थ पु्रागर्न दुनीया नाटक गरेर देश लुट्न पाए माओबादीलाइ हुने रहेछ । यसकै लागि हो माओबादीको १० बर्षे जनयुद्ध ? युद्धको बेलामा व्यक्तिगत ऋषिबीको कारण माओबादी भनौदाले कति मान्छे मारे तीन लाइ कारबाइ गर्नका सट्टा राजनैतिक छाता ओढाएर अपराधी लाइ डोकाले छोप्नु माओबादको सीद्धान्त हो महोदय ?? दोषीलाइ कारवाही नगर्नु, चन्दा नदिए हत्या गरीदिनु, भ्रष्टाचार लाइ बढबा दिनुु, आफ्नो अनुकुल नभए कानुन नै कुल्चनु , यसरी आउछ समाजबाद ? माओबादीका २—४ जनालाइ आउला तर अरु माओबादी भनौदालाइ नै आउदैन , देशमा विकास थप्पो भा छैन विकासको बजेट भ्रष्टाचारीलाइ ठिक्क, जनताले १ छाक खान पाएका छैनन, अनि यसरी समाजबाद आउछ भन्ने लागेको छ भने मित्र माक्र्सको समाजबादलाइ परिबर्तन गर्ने चेष्टा नगर्नु ल तपाइलाइृ थाहा होला बादर बढी बाढो भयो भने के हुन्छ ???? तपाइको समाजबाद पनि त्यस्तै होला ।

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Laxmi sunuwar, Kerabari, Morang Reply:

    एमाओवादी र एमालेमा आकाश-जमिनको फरक छ । एमाओवादी र एमालेमा ‘एमा’ चाहिँ मिल्छ, एउटा ‘ओवादी’ हो भने अर्को ‘ले’ मात्रै हो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • indraman devkota wrote on 14 February, 2013, 16:44

    between moist and cpnuml maney kind of diffrencies so i don,t agree with u,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • can wrote on 14 February, 2013, 16:52

    नकारात्मक सोच को उपज जस्तो लाग्यो मलाई त यो लेख । हामी किन बच्चा कै रुप्मा बसेनोउ बद्नु गलत हो भनेर लेख्छ यो काशिराम ले एक्दिन .

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 14 February, 2013, 20:17

    Yo pande le bekar bakbas k lekheko hola kasko nakkal gareko ho bhai

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Swatantra Nepali wrote on 15 February, 2013, 5:30

    समयलाई चिन्न नसक्ने राजनीतिक दल इतिहासको पानामा मात्र सीमित हुन्छ । त्यही मझधारमा उभिएको छ माओवादी पनि । हतियार, बम, गोला र बारुदले गरिबी र अभाबले जनताको पेटमा दन्किएको आगो निभाउन सकिन्न भन्ने निष्कर्षमा अहिले जसरी माओवादी आइपुगेको हो, जुन जनताको हितमा पनि छ । नेपाली जनताले हिंसा चाहेका छैनन्, न त ध्वंश । उग्रवामपन्थी भड्काव र जडसूत्रवाद चिर्दै ढिलै भएपनि एकीकृत माओवादीका नेताको घैंटोमा घाम लागेको छ । आफूमात्र अब्बल र समयसापेक्ष क्रान्तिकारी रहेको ढ्वाङ पिट्नुभन्दा जनजीविका, अशिक्षा, भोकमरी, बेरोजगारी, विभेदविरुद्ध स्पातिलो बन्न माओवादीले भूमिका बढाउन जरुरी छ ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabindra wrote on 15 February, 2013, 9:56

    के गर्नु र सवै कुराको औषधि हुन्छ मूर्खको हुंदैन नत्र एक डोज दिनु हुन्थ्यो ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु