अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन् । मेवाबाट विभिन्न प्रकारका सामाग्री तयार गर्न सकिन्छ जो सुन्दरता बढाउनका लागि सहायक सिद्ध हुन्छन् । ती हुन्:

१. पपया मिल्कः अनुहारको दाग तथा धब्बा हटाउन तथा गोरोपन बढाउन पपया मिल्कको प्रयोग गर्न सकिन्छ । काँचो मेवालाई पिसेर लेदो बनाउनुहोस् र त्यसमा दूध मिलाएर घोल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि पानीले धुनुहोस् । दिनहुँ यसो गर्नाले अनुहारको कालो दाग र धब्बा हट्नुका साथै छालामा चमक तथा गोरोपनामा वृद्धि हुन्छ ।

२. पपया पल्प प्याकः अनुहारमा चमक बढाउन यो निकै उपयोगी पदार्थ बन्नेछ । मेवाका गेडा निकालेर पिँधेर लेदो बनाउनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि धुनुहोस् । दिनहुँ यसो गर्दा अनुहारमा चमक बढ्छ ।

३. पपया हनी प्याकः जाडोमा अनुहारको छालाको हेरचाहका लागि यो सामाग्री निकै उपयोगी हुन्छ । मेवालाई पिँधेर लेदो बनाउने, त्यसमा एक चम्चा मह र एउटा अण्डाको सेतो भाग मिलाएर लेदो बनाउने । त्यो मिश्रण अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने अनि सफा पानीले पखाल्ने । यसो गर्दा जाडोमा अनुहारको छालाको सुन्दरता बिगि्रन पाउँदैन ।

मेवाबाट बनाइने यस्ता प्रकारका घरेलु सौन्दर्यका साधनको महत्व आफ्नै ठाउँमा छ । मेवाको नियमित सेवन समेत स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । मेवामा भिटामिन ए लगायतका विभिन्न पौष्टिक पदार्थ प्रचूर मात्रामा पाइन्छ । मेवामा पानीको मात्रा पनि उच्च हुन्छ जुन छालाको सौन्दर्यका लागि समेत निकै महत्वपूर्ण हुन्छ । तसर्थ मेवाका सौन्दर्य सामाग्रीका साथै नियमित सेवन समेत सुन्दरता बढाउन उपयोगी हुन्छ ।

 

One Comment on “अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु