बिजय तामाङ
बोस्टन । अमेरिकाको बोस्टनमा पशुपतिनाथको मन्दिर र बुद्धको स्तुपा सहितको कम्युनिटी सेन्टर निर्माण हुने भएको छ । पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यूइङ्गल्याण्डको टाउन हलमा सम्पन्न बैठकले पशुपतिनाथको मन्दिर र बुद्धको स्तुपा सहितको कम्युनिटी भवन बनाउने प्रमुख लक्ष्य सहित यस अघि बनार्इएको तदर्थ कार्य समितिलाई निर्बिरोध अनुमोदन गरेको छ ।
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) का वर्तमान अध्यक्ष श्री मिलन गुरुङ चेयरम्यान सहित जिबिएनसीकै उपाध्यक्ष श्री बिष्णुमणी आचार्यको अध्यक्षतामा ३७ जनाको कार्यसमिति गठन गरिएको थियो र सोही कार्य समितिले काम अघि बढाउने म्याण्डेट पाएको छ ।
नयाँ कार्य समितिले कम्युनिटी भवन कस्तो हुनेछ भनेर भवनभित्र बन्ने फ्लोर प्लान र गाडी पार्किङ सहितको प्रारम्भिक नक्सा समेत सार्वजनिक गरेको थियो । करीब ५,७०० वर्गफिटमा बन्ने कम्युनिटी सेन्टरमा करीब ७५ वटा कार अट्ने पार्किङ लट, स्टेज सहित ४४१ दर्शक सीट क्षमताको मल्टीप्रपोज हल, किचन, महिला र पुरुष शौचालय र दुईवटा अफिस प्रयोजनको कोठाहरु हुनेछ । मिटिङमा बोस्टन लगायत रोड आइल्याण्ड र न्यूहृयाम्सायर राज्यबाट समेत नेपालीहरुको उपस्थिति रहेको थियो ।
फाउण्डेशनका महासचिव महेश्वर पन्तले सञ्चालन गर्नुभएको उक्त मिटिङको अध्यक्षता फाउन्डेशनकै चेयरम्यान तथा स्थानिय नेपाली संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) का वर्तमान अध्यक्ष मिलन गुरुङले गर्नुभएको थियो । मिटिङमा उपस्थित सबैलाई स्वागत गर्नुहुँदै कम्युनिटी सेन्टर स्थापना एउटा ठूलो कार्य भएकोले यसलाई सम्पन्न गर्न उचित योजनाको साथै दृढ सकंल्प गर्नु पर्नेमा फाउण्डेशनका मिडिया प्रमुख यम पौडेलले जोड दिनु भयो । फाउण्डेशनका अर्का महासचिव बिरोचन नेपालले फाउण्डेशनको अवधारणा पत्र पढेर सुनाउनुभयो ।
ramro karya ko suruwat ho .tan man dhan le sahayog garne chhu.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
it is a very positive effort of nepali community in the North USA. But I like to know some more.
so, how much it is going to cost ? where is the fund coming from ? Is it going to begin soon ? Any estimated date of beginning building and date of completion.
Pashupati nath le sabai ko valo garuun
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]